सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव बैंक ब्याजदर विरुद्ध अर्थमन्त्रीलाई उद्योग वाणिज्य संघ पाल्पाको ज्ञापन पत्र प्रेस चौतारी पाल्पाकाे घुम्ती बैठक रम्भामा सम्पन्न तिनाउमा लैंगिक सचेतना कार्यक्रम सम्पन्न इन्फिनिटि लघुवित्तको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न हल्ट प्राइस पोखरा विश्वविद्यालयको २०२२/०२३ का लागि आयोजक कमिटी गठन

बगनासकालीमा टोल विकास संस्थाको नेतृत्वका लागी चुनाव

विजयकुमार बौडेल –

भाद्र ८ – पाल्पाको बगनासकालीमा टोल विकास संस्थाको नेतृत्व चयनका लागी निर्वाचन भएको छ ।

बगनासकाली गाउँपालिका वडा नं. ५ को लाङघाली टोल बिकास संस्थाको नेतृत्व चयनका लागी दुई समुह बीच निर्वाचन भएको हो । बगनासकाली गाउँपालिकामा यसभन्दा अघि ७५ वटा टोल विकास संस्थाको गठन भईसकेको बगनासकाली गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले जानकारी दिनुभयो । अन्तिम टोल विकास समिति गठन गर्ने क्रममा दुई समुह बीच सहमती हुन नसक्दा निर्वाचन प्रणालीमै गएर नेतृत्व चयन भएको वडाध्यक्ष ओम प्रकाश गैरेले जानकारी दिनुभयो ।

निर्वाचन मार्फत लाङघाली टोल बिकास संस्थाको अध्यक्षमा रन बहादुर खाम्चा चयन हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी भुवन सिंह खाम्चालाई पराजित गर्दै रन बहादुर विजयी हुनुभएको हो । ६० जना टोलबासीले नेतृत्व चयनका लागी मतदान गरेका थिए । जसमा ४० मत ल्याएर रन बहादुर खाम्चा विजयी हुनुभएको हो । भुवन सिंह खाम्चाले १९ मत प्राप्त गर्नुभयो भने १ मत बदर भएको वडा कार्यालय दर्लमडाँडाका वडा सचिव गोपाल न्यौपानेले जानकारी दिनुभयो ।

बगनासकाली गाउँपालिकाले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४ स्वीकृत गरे पछि पालिकाका ९ वटै वडाका टोलहरुमा टोल बिकास संस्थाहरु गठन गरिएको हो ।