विजयकुमार बौडेल –
३० भाद्र – नेतृत्व मिडिया प्राईभेट लिमिटेड द्धारा सञ्चालित नेतृत्व त्रैमासिकको पहिलो अंक सार्वजनिक गरिएको छ ।
नेपाल पत्रकार महासंघको समन्वयमा महासंघकै सभाहलमा एक कार्यक्रमको आयोजना गरि नेतृत्व त्रैमासिकको पहलिो अंक सार्वजनिक गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंक प्रसाद भट्टराई, तानसेन बहुमुखी क्याम्पसका प्रमुख पुष्करराज रेग्मी, नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अध्यक्ष रेखीराम रानालगाएतले पहिलो अंक सार्वजनिक गर्नुभएको हो । सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले नेतृत्व त्रैमासिक पठनिय र दस्तावेजको रुपमा प्रयोग गर्न सकिने खालको भएको बताउनुभयो । खनालले पाल्पामा यस्ता खालका पत्रिका कमै मात्रामा प्रकाशन हुने गरेको भन्दै निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंक प्रसाद भट्टराईले पछिल्लो समय नेपाली भाषामा बाह्य शक्तिको आक्रमण हुँदै गईरहेको भन्दै पत्रकारीता र पत्रकारहरुले यसको बचावटमा लाग्नुपर्ने बताउनुभयो । त्यस्तै तानसेन बहुमुखी क्याम्पसका प्रमुख पुष्करराज रेग्मीले पछिल्लो समय हरेक व्यक्ति र प्रकाशनहरुमा राजनैतिक आस्थाको गन्ध आउने गरेको देखिएपनी नेतृत्व त्रैमासिकमा समावेशी आलेख रहेको बताउनुभयो ।
पहिलो अंकको चर्चा गर्दै लेखक तथा साहित्यकार टंक पन्तले समाचारमुलक भन्दा पनी दस्तावेजको रुपमा प्रयोग गर्न सकिने भन्दै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा गोपाल प्रसाद बश्याल, कृष्ण कार्की, देव पचभैया, माधव अर्याल, भिमसेन कार्की, भरत शर्मालगाएतका विभिन्न पत्रकार, लेखक तथा साहित्यकारहरुले नेतृत्व त्रैमासिकको सफलताको कामना गरेका थिए ।
कार्यक्रममा नेतृत्व त्रैमासिकका प्रकाशक तथा सम्पादक गोविन्द भट्टराईले धेरै बर्ष पहिले नेतृत्व सञ्चालन हुँदा विभिन्न खोजमुलक विषयबस्तु समेटिने गरेको स्मरण गर्नुभयो । नेतृत्व २०५५ सालमा सञ्चालित थियो । बिशेष कारणवश त्यसको निरन्तरता नभएको भन्दै पुनः यसको निरन्तरता दिन लागिएको र यसमा सबैको सहयोगको अपेक्षा राखेको सम्पादक भट्टराईले बताउनुभयो ।