सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव बैंक ब्याजदर विरुद्ध अर्थमन्त्रीलाई उद्योग वाणिज्य संघ पाल्पाको ज्ञापन पत्र प्रेस चौतारी पाल्पाकाे घुम्ती बैठक रम्भामा सम्पन्न तिनाउमा लैंगिक सचेतना कार्यक्रम सम्पन्न इन्फिनिटि लघुवित्तको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न हल्ट प्राइस पोखरा विश्वविद्यालयको २०२२/०२३ का लागि आयोजक कमिटी गठन

‘मेरो ईतिहासमा अर्को एउटा शब्द थपिएको छ’ – बम बहादुर कार्की

असोज ४, पाल्पा
“नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिताˮ गोर्खालिभ्वाईस लोक दोहोरी प्रतियोगिता सीजन १ को समापन गरीएको छ । लोक दोहोरीका पिता बम बहादुर कार्कीले कार्यक्रमको समापन गर्नुभयो ।
विजेता प्रतियोगिहरुलाइ पुरस्कार बितरण गर्दै लोक दोहिरीका पिता कार्कीले मेरो ईतिहासमा अर्को एउटा शब्द थपिएको छ इतिहासमा पहिलो र पृथक “नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिताˮ भनेको सुन्दा निकै खुशी भएको छु उहाँले थप्नुभयो अनलाइन प्रविधिको माध्यामवाट पनी प्रतियोगिता सफल वनाएकोमा आयोजकलाइ धन्यवाद दिन चाहान्छु । 
प्रतियोगितामा विभिन्न चरण पार गरेर नारायण पौडेल र विमला सुनुवारको जोडीले प्रथम स्थान हासिल गरेका छन् । वसन्त तिमिल्सेना र संगिता तामाङको जोडी द्वितीय भएका छन् । यस्तै दिलु मगर र लक्ष्मण घिमिरेको जोडीले तृतिय स्थान हासिल गरेका छन् । लोक दोहोरीको इतिहासलाइ सम्झिदै विजयी कलाकारलाइ शुभकामना दिनुभयो । विजयी हुने प्रथम जोडीले ५० हजार द्वितीय जोडीले ३० हजार र तृतिय हुने जोडीले नगद २० हजार सहित प्रमाणपत्र तथा सिल्ड प्राप्त गरेका छन् । 
गत वैशाख देखि आयोजित अनलाइन लाइभ लोकदोहोरी प्रतियोगितामा ५० जोडीको सहभागिता रहेको थियो । कार्यक्रममा निर्णायकको भुमिकामा लोक श्रजक तथा गायक रामचन्द्र चन्द, सुर्य खड्का र गायिका टिका सानु रहनुभएको थियो । 
आयोजकवाट कार्यक्रम निर्देशक संजय पौडयाल, निर्माता विश्वास आचार्य, कार्यक्रम संयोजक कमल पन्थी, कार्यक्रम प्रस्तोता दिनेश गौतम, परिकल्पनाकार तथा अवधारणा, भाका चयन, बिषयबस्तु निर्माण, तथा अतिथि आह्वानको लागि सहजकर्ता को भुमिका निर्वाहमा हेमनाथ खराल र भबिन्द्र गौतम को अध्यक्षतामा प्रतियोगिता चलेको थियो ।
गोर्खाली भ्वाइसको कार्यालय स्थापना 
जेएन सनराइज मिडिया प्रा.लि.द्वारा सञ्चालित गोर्खाली भ्वाइस डट कमको काठमाडौं स्थित डिल्लिबजारमा सम्पर्क कार्यालयको औपचारिक समुद्घाटन भएको छ । लोकश्रस्टा, सर्जक, संस्कृतिबिद लोकगायक बम बहादुर कार्कीबाट रिवन काटी सञ्चार गृहको स्थापना गरेको छ । प्रा.लि को रजिष्ट्रड कार्यालय पाल्पाको तानसेनमा रहेको छ ।
ईतिहासमा पहिलो कार्यक्रम 
जेएन सनराइज मिडिया प्रा.लि. को आयोजनामा सञ्चालन भएको गोर्खालिभ्वाईस लोक दोहोरी प्रतियोगिता अनलाइन माध्यामवाट आयोजना भएको पहिलो कार्यक्रम भएको लोकगायक बम बहादुर कार्कीले वताउनुभएको छ । कार्कीले भन्नुभये मेरो ईतिहासमा अर्को एउटा शब्द थपिएको छ जो नेपाल र नेपालीको पहिलो अन्लाईन प्रतियोगिता भन्ने सुन्दा निकै खुशी भएकोछु ।
प्रतियोगिता भनेकै हारजित सँगै अनुभव बटुल्नको लागि गर्ने गरिन्छ । टाइटल कसले लग्यो भन्दा महत्वपूर्ण कुरा मैले के सिकें जो भबिस्यमा मलाइ काम लाग्छ भन्ने हो। यदि ऐतिहासिक दोहोरी प्रतियोगीता जितेको कलाकार ले भबिस्यमा आफुलाई थप दक्ष र अनुभवी बनाउदै लगेन भने आफु मात्र होइन आयोजक, निर्णायक तथा हजारौं शुभ चिन्तक हरुको मनमा पनि बिझाउने छ तर फाइनलमा नपुगेका कलाकार हरु मद्धे बाट कसैले यहाँ बाट सिकेर अन्य प्रतियोगिता हरुमा बिजेता बन्दै निरन्तर अभ्यास गरेर कुसल श्रजक गायक बन्न सक्दछ भने उ सबैको मन जित्दै रास्ट्र को बिभुती बन्न सक्ने सम्भावना रहन्छ । प्रतियोगीहरुलाई हार्दिक बधाई तथा उत्तरोत्तर साँगितिक प्रगतिको लागी अनन्त शुभकामना। ।