सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव बैंक ब्याजदर विरुद्ध अर्थमन्त्रीलाई उद्योग वाणिज्य संघ पाल्पाको ज्ञापन पत्र प्रेस चौतारी पाल्पाकाे घुम्ती बैठक रम्भामा सम्पन्न तिनाउमा लैंगिक सचेतना कार्यक्रम सम्पन्न इन्फिनिटि लघुवित्तको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न हल्ट प्राइस पोखरा विश्वविद्यालयको २०२२/०२३ का लागि आयोजक कमिटी गठन

तानसेनका एक सय दश पसलमा अनुगमन, ६३ हजार रुपैंयाको सामग्री जफत गरि नष्ट

विजयकुमार बौडेल – 

५ असोज – चाडवाड नजिकिँदै गर्दा तानसेन बजारका एक सय दश वटा पसलमा गनुगमन गरिएको छ । अनुगमनका क्रममा अधिकांश पसलहरुमा म्याद नाघेका वस्तुहरु फेला परेका छन् ।

संयूक्त बजार अनुगमन समितिले बुधबार र बिहिबार तानसेन बजारका पसलमा अनुगमन गर्दा ६३ हजार ४ सय १५ रुपैंया बराबरको सामग्री जफत गरेको छ । सदरमुकाम तानसेनमा अनुगमन गर्दा व्यापारी तथा व्यावसायीले उपभोक्तालाई म्याद नाघेका अखाद्य पदार्थ तथा शृंगारका सामान बिक्री गरेको फेला परेको हो ।

जिल्ला प्रशासन कार्यालय, तानसेन नगरपालिका, खाद्य तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको संयुक्त अनुगमन टोलीले तानसेनमा गरेको अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देवीराम भण्डारीले बताउनुभयो ।

टोलीले तानसेनको कैलाशनगर, भगवतीटोल, असलटोल, नारायणस्थान, मखनटोल, बसपार्क, लहरेपिपल, वसन्तपुरलगाएतका स्थानमा बजार अनुगमन गरेको थियो । अनुगमन टोलीले केही वर्षअघि नै म्याद गुज्रेका, नरिवल जुस, कुरकुरे, कुकिज, मसला, फ्रुटी, ओरेन्ज जुस, बदाम जुस, कोक, फेण्टा, स्प्राईट, सुजी, बियरलगाएतका सामग्री व्यापारीले उपभोक्तलाई बिक्री गरेको फेला पारेको खाद्य तथा गुण नियन्त्रण कार्यालय पाल्पाका नरेश श्रेष्ठले बताउनुभयो ।

यस्तै, म्याद नाघेर पनि प्रयोग गर्न नमिल्ने शृंगारका सामग्री क्रिम, तेललगायतका वस्तुसमेत टोलीले जफत गरेको जिल्ला पशासन कार्यालय पाल्पाका यज्ञश्वर पन्थीले बताउनुभयो । प्रयोगका लागि उपयुक्त नभएका सामग्री जफत गरेर नष्ट गरिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा मूल्यसूची टाँस नभएको, पसल दर्ता नगरी सञ्चालन गरेको, होडिङ बोर्ड नराखेको जस्ता कमजोरी भेटिएको तानसेन नगरपालिकाका बरिष्ठ अधिकृत दुर्गा बहादुर थापाले बताउनुभयो ।

घरेलु कार्यालयले तयार गरेको कार्ययोजना अनुसार उपभोक्ताको खाद्य अधिकार स्थापित गर्न र बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्न बजार अनुगमन गरिएको तानसेन नगरपालिकाका बरिष्ठ अधिकृत भरत प्रसाद आचार्यले जानकारी दिनुभयो । चाडपर्व नजिकिएसँगै बजारमा धेरै सामग्रीको माग हुने गर्छ । यही मौका पारी चाडपर्वका बेला म्याद गुज्रिएका सामानहरू धेरै मात्रामा बिक्री वितरण हुने गरेको वडा नं. २ का वडा सचिव जिवन नेपालीले जानकारी दिनुभयो ।