सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव नुवाकोटमा युद्ध स्मारक पार्कको शिलान्यास पाल्पामा १७ बैशाखदेखि निषेधाज्ञा पाल्पा अस्पतालमा पन्ध्र बेड थपिने पाल्पामा कोरोना संक्रमण दर बढ्दाे मैत्रीपुर्ण खेलमा नेपाली क्रिकेट समर्थक समाज पाल्पा विजयी

सबै वडामा सचिव नहुँदा कसरी चलेको छ निस्दी गाउँपालिका

निस्दी गाँउपालिका

बोली । माघ २९ – निस्दी गाउँपालिकाका सातै वडामा सचिव नहुँदा सेवाग्राही नागरिकहरु समस्यामा परेका छन् ।
निस्दी गाउँपालिका भित्र भएका ७ वटा वडामा वडा सचिव नहुँदा विभिन्न प्रशासनिक कार्यसम्पादनमा नागरिकलाई समस्या परेको हो । वडा सचिवको जिम्मेवारी विभिन्न शाखाका कर्मचारीले धान्दै आएका छन् । वडा कार्यालय संग सम्बन्धित अनुभव र विषय समेत नमिल्ने कर्मचारीले कार्य सम्पादन गर्नुपर्ने भएकाले काममा समेत ढिलाई हुने नागरिकहरुको गुनासो छ । धेरेजसो प्रविधिक बिषय संग सम्बन्धित कर्मचारी र कार्यालय सहायक वडाको काममा आफै स्पष्ट छैनन् ।
निस्दी गाउँपालिका वडा नं १ मा खानेपानी प्राविधिकले वडा सचिवको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । त्यस्तै वडा नं. २, ३, ६ र ७ मा स्वास्थ्यकर्मीले वडा सचिवको काम गर्दै आएका छन् । वडा नं. ४ मा गाउँपालिकाका जिन्सी शाखाका नायब सुब्बाले जिम्मेवारी लिएका छन् । वडा नं. ५ मा भने कार्यालय सहायकले वडा कार्यालयको कामकाज सम्हालिरहेका छन् ।
गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले कर्मचारी पदपूर्ति नहुँदासम्म विभिन्न शाखाका कर्मचारी परिचालन गरेर काम गरिरहेको बताउनुभयो । अध्यक्ष सारुले कार्यालयमा हुने कुनैपनी कामकाज नरोकिएको बताउनुभयो ।
स्थानीय तहमा निर्वाचन भएको लगभग २ बर्ष भईसक्दा पनी कर्मचारी समायोजन गर्न नसक्दा नागरिकको काम गर्न समस्या भएको छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा भनिए पनि स्थानीय सरकारलाई सेवा प्रवाहमा चुनौति देखिएको हो । स्थानीय तहका प्रत्येक वडाबाट जनताले सेवा पाउनुपर्ने भएपनि कर्मचारी अभावका कारण त्यसो हुन सकिरहेको छैन ।
वडामा कर्मचारी नहुँदा नागरिकले अपेक्षा गरेअनुसार काम गर्न नसकिएको जनप्रतिनिधिहरुको समेत गुनासो छ । पाल्पा जिल्लाका ८१ वटा वडा मध्ये ३० वटा वडामा वडा सचिव छैनन् । वडामा सचिव नहुँदा नागरिकहरुले स्थानीय सरकार पाएको महसुश गर्न सकेका छैनन् ।