सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव नुवाकोटमा युद्ध स्मारक पार्कको शिलान्यास पाल्पामा १७ बैशाखदेखि निषेधाज्ञा पाल्पा अस्पतालमा पन्ध्र बेड थपिने पाल्पामा कोरोना संक्रमण दर बढ्दाे मैत्रीपुर्ण खेलमा नेपाली क्रिकेट समर्थक समाज पाल्पा विजयी

प्रहरीले खाने सोमरसको टाईटल स्पोन्सर : मोटे साहु

“नियम, कानुन भन्ने कुरो पनी हुन्छ नी । जे मन लायो त्यही गर्ने ? गलत ठाउँमा पार्किङ गर्ने । खै ? कागजपत्र ल्याउनुस् ।” फ्याट्ट भुँडि लागेका हवल्दार साप कड्किए । बिरामी भेट्न स्कुटी सापट मागेर गाको मान्छे कागजपत्रको पत्तै भएनछ, यसैमाथी लाईसेन्स नभाको म । अक्कबक्क परें । सापले बुझीहाले यो मान्छे संग कागजपत्र छैन भन्ने । धेरै अनुभव रैछ, आफ्नो अनुभव फ्याट्ट प्रयोग गरिहाले महामहिमले :– “सुर परे कागज नै छैन होला ?” मैले नढाँटी भने :– “लाईसेन्स त छैन सर, ब्लुबुक चाँही स्कुटीको डिक्कीमा छ । साथीको मागेर ल्याएको स्कुटी हो ।” उनले बुझीहाले :– “कुरो मिलाउने हो भने मेरो पछी पछी आउनुस् ।” चावि र हेल्मेट चाँही नजिकैको होटलमा राख्न गए । ब्लुबुक चाहीँ आफ्नै खल्तीमा राखे । मलाई थाहा थियो हरेक प्रहरी र चौकीको त्यस्तो ब्रोकर स्थान हुन्छ जसले उनीहरुको घुस कलेक्सन गरिदिएको हुन्छ । त्यसबापत उ प्रहरीको प्यारो त हुन्छ नै । होटल हो भने त अझै गज्जव, राती अवेर सम्म भट्टी चलाउन पाईने, माथीबाट चेकिङ आयो भने पुर्व सुचना पाईने । यो कुरा प्राय सबैलाई थाहा हुन्छ तर बोल्न सक्दैनन् कोही । किनकी प्रहरी भनेको यो देशको कानुन पालना गराउने विना वर्दीका नागरिक हुन् । उनीहरुले जे गर्न पनी पाउँछन् । उही हल्सापको पछी लागिरहें, उनी सरासर हस्पिटलको गेट भित्र छिरे । ब्लुबुक दिँदै भने :–“ट्वाईलेटमा जानुस्, त्यसको विचमा पाँच सय रुपैंया राखेर त्यो ब्लुबुक मलाई दिनुस् ।” मलाई बिरामी भेट्न र घर फर्कन हतार थियो, आफैले आफैलाई अली अली जान्ने बुझ्ने पल्टेको पनी ठान्ने म प्याच्च बोलीहालें :–“रसिद त पाईन्छ नी सर ?” “रसिद खोज्ने हो भने त प्रक्रिया मिलाउनै एक हप्ता लाग्छ । पठाईदिउँ त चौकी ?” एउटा स्कुटी पनी आफै किन्न नसकेर आएको हेर्दै निमुखा देखिने मेरो अनुहारमा थुकका छिटा उछिट्याउँदै मोटे पुलिस कड्कियो । साथीको मागेर आएको, आफ्नै भए त प्रक्रियामै जान हुँदो हो । पाँच सय रुपैंयाको लागी एक हप्ता त कसरी स्कुटी चौकीमा राख्नु भनेर खुरुखुरु ट्वाईलेटमा गएर ब्लुबुकमा पाँच सयको नोट पट्याएर राखें अनी मोटे हल्सापलाई बुझाएँ । उनी फेर त्यो ब्लुबुक लिएर ट्वाईलेट गए, पाँच सयको नोट आफ्नो खल्तीमा जिप्ट्याए, अनी मेरो ब्लुबुक मलाई थमाए । म स्कुटी स्टार्ट गरेर हिँड्नै लागेको थिएँ, उता फेरी अर्को मुर्गा फँसिसकेछ । उसलाई पनी हल्साप नियम र कानुन पालना गर्न सिकाउँदै थिए :–“नियम, कानुन भन्ने कुरो पनी हुन्छ नी । जे मन लायो त्यही गर्ने ………………………….।” अली अवेर भयो भने बाटोमा फेरी अर्को प्रहरीले नियम कानुन सिकाउला भन्ने डरले टाप कसिहालें । “घुस लिन्या र दिन्या दुवै यो देशका सत्रु हुन्” भन्ने पृथ्वीनारायण साहको भनाई झ्याप्प सम्झें । घुस दिएकोमा आजबाट थप एउटा सत्रु देशले पायो । तर उनी हल्साप भने यो देशको शत्रु गनिन्नन् है । किनकी उनी त राष्ट्रसेवक पो हुन् त । …………………………………………………………………………… एकपटक हतार हतारले सदरमुकाम जाँदै थिएँ । गाउँकै दाईले चलाउने मोटे साहुको एउटा बोलेरोमा तिन जना बसेर आएका रहेछन् । कच्ची बाटो हिँड्नु पर्ने, धुलो बाटो भएकाले ति दाईले पनी टिठाए, आईज बस् बाबु पछाडी भए पनी । पक्की बाटो सम्म छोड्दिन्छु । म खुरुखुरु बोलेरो पिक अप को पछाडी बसें । बाटोमा जाँदा जाँदै दुईजना प्रहरी सापहरु भेटिनु भो । सुरु भो उहाँहरुको नियम र कानुनको कुरा ः– “मान्छे बोक्ने गाडि हो यो ? के हो ताल ? खै कागजपत्र ल्याउनुस् ।” दाईले खुरुखुरु काजगपत्र बुझाए, म धुलो बाटो हिँड्न थाले । केही दिनपछी उनै दाई बाटोमा भेट भए, मैले आफ्नै कारणले कागजपत्र पक्रिएको भन्दै सोधें :–“कागज पत्र छुटायौ त दाई ?” दाह्री मुसार्दै उनी बोले :–“जावो त्यती नी गर्न सकेनन् भने त ति मुलाहरुलाई जाँड खुवाउने मेरो साहुको के काम ?” पछी थाहा पाएँ, ति दाईको साहुजी संग ति प्रहरीको राम्रो सम्बन्ध रहेछ, राम्रो सम्बन्ध भन्नाले साँझमा प्रहरीले खाने सोमरसको टाईटल स्पोन्सर । ……………………………………………………………… प्रहरी संग देखेका, भोगेको सुनेका, पढेका धेरै घटनाहरु मेरो मनस्पटलमा उब्जीरहेका हुन्छन्, जुनसुकै बेला । कत्ती पटक त आफै जाँड खाएर मादक पदार्थ सेवन चेकिङमा बसेको देखेको छु । यसरी कानुनको पालना गराउने वर्दीसहितका प्रहरी देखेरै कहिल्यै पनी प्रहरी हुने ईच्छ्या भएन । कहिले काँही त हाँसो पनी लाग्छ, यो प्रहरीहरुको कपडामा धेरै र ठुला ठुला गोजी त्यही घुस खाने ठाँउ धेरै बनाउन होला भन्ने लागेर । यसो भनिरहँदा धेरै निष्ठावान प्रहरीहरु पनी होलान्, जसले ईमान्दारिता अझैसम्म नतोडेका होलान । तर जस्को कसम खाएर भन्नु परे पनी म तयार छु, खाने र लुट्ने मानसिकता नभएको पहरी मैले भेटेको छैन । यसमा मलाई निकै नकारात्मक सोंचाई भएको व्यक्ती भन्लान्, तर मलाई यसमा केही गुनासो छैन, किनकी अहिलेसम्म मैले देखेकै छैन त के गरुँ ? लाईसेन्स नभई स्कुटी चलाउने म जस्ता नियम मिच्नेलाई प्रहरीले नियम अनुसार कारबाही गरोस्, न कि ट्वाईलेटमा लगी लगी पैसा दिएर उम्किने वातावरण आफै सिर्जना नगरोस् । प्रहरीको तलब कम हुन्छ, त्यसैले प्रहरी घुस खान बाध्य हुन्छ । प्रहरी दिनभरी घाम र धुलोमा खटिईरहन्छ अनी तलब पनी अरु कर्मचारी भन्दा कम पाउँछन् । त्यसैले घुस खान बाध्य हुन्छन् । ए बाबा । तलब कम लाग्छ भने मेरा बाउले जस्तै हलो जोत न । मेरा छिमेकी काकाले झैं जुत्ता सिलाउ, मेरा दाई झैं घर बनाउने काम गर । तर तलब कम भएको नाममा कहिल्यै पनी नागरिक संग पैसा असुल्ने छुट तिमिलाई छैन । मैले अहिले सम्म * चुनावका बेला चौकी चौकीका प्रतिनिधी प्रहरीलाई बोत्तलका बोत्तल महंगा रक्सी छोड्न राजनैतिक दलक युवा नेता गएको देखेको छु । ति पार्टीका व्यक्तीलाई कस्ले छुने ? * हरेक सामाग्री बोक्ने बोलेरो पिक अपहरुले प्रत्येक खेपमा सय पचास रुपैंया या जे सामान बोकेका छन् त्यो प्रहरीलाई बुझाउनु पर्छ । ति व्यापारीहरुलाई कुन कानुनले छुने ? * हरेक होटलवालाहरुले प्रहरीलाई बेलाबेलामा सोमरस र सितन सहित केही दक्षिणा दिएका हुन्छन् । ति होटल सुहुहरुलाई कुन कानुनले छुने ? * हरेक ठुला जुवाको खालबाट प्रहरीको लागी केही भाग छुट्टिन्छ । ति जुवाडेहरुलाई कुन कानुनले छुन सक्ने ? * हरेक खानी उद्योगहरुले प्रहरीको लागी बिशेश व्यवस्था गरेका हुन्छन् । ति उद्योगीहरुलाई कुन कानुनले छुन सक्ने ? यसमा साना दर्जाका प्रहरीहरुलाई भाग भने नपरेको हुन सक्छ है । यस्ता हजारौं उदाहरणहरु मैले देखेको छु । यो सुधार्न मैले मात्रै पनी सक्दिन । तर सबैले सुधार्ने कोसिस गर्यो भने पक्कै पनी सुध्रिने छ । कानुन पालना गराउन भनेर जागिर खाएका तपाँई प्रहरी साथीहरु एकपटक आफैले नैतिकतामा रहेर काम गर्नुस् । तपाईंको तलब कती भनेर सोध्नेले बाही कमाई पनी त हुन्छ होला नी भनेर सोध्ने आाट नगरुन, त्यस्तो छवि बनाउनुस् । आफुभन्दा माथिल्ला प्रहरी, नेता, व्यापारी, कालोबजारी, उद्योगपती, पत्रकार कसैलाई पनी नछाड्नुस् । अनी बेलुकी सुत्दा पनी हरेक दिन आनन्दको सास फेर्नुहुनेछ । अनी हरेक आमा बाबुले प्रहरीमा जागिर खुवाउने बेला छोरालाई आफ्नो शिरमा हात राखेर कसम खुवाउनुस् की बरु एक छाक खाउँला तर तेरो घुसको कमाई खान नपरोस् ।