सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव तानसेन नगरपालिकाको निर्णयप्रति प्याब्सनको आपत्ति सांसद पाण्डेयद्वारा दशैं खर्च काेभिड काेषमा जम्मा पूर्वखोला र बगनासकाली प्रवेश गर्न पीसीआर रिपाेर्ट चाहिने पाल्पा अस्पताल अनिश्चित समयका लागि बन्द मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम माथागढीको समीक्षा

पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र

विजयकुमार बौडेल –
माघ २ – पाल्पा महोत्सव २०७६ मा स्थानिय महिलाहरुले सञ्चालन गरेको खानाघर आकर्षणको केन्द्र बनेको छ ।


स्थानिय महिलाहरुले मेला सञ्चालनको बेला आयोजक र स्टल सञ्चालकहरुलाई सुलभ मुल्यमा खाना खुवाउने व्यवस्था गरेपछी खानाघर आकर्षणको केन्द्र बनेको हो । महिला समुहले बुफे सिस्टममा आयोजक तथा स्टल सञ्चालकहरुलाई सादा खाना एक सय रुपैंया र मासु खाना १ सय ८० रुपैंयामा खुवाएका छन् ।


खानामा दाल, भात, २ थरी तरकारी, २ थरी अचार, सलाद, पापड समावेश गरेका छन् । महिला समुहकी सञ्चालक विनिता लुँईटेलले स्टल सञ्चालकहरु सस्तो मुल्यमा ताजा र राम्रो खाना खान पाएकोमा खुसी भएको बताउनुभयो । लुँईटेलले व्यवसायिक रुपमा भन्दा पनी सेवाभावले खानाघर सञ्चालन गरेको बताउनुभयो ।


खानाघरमा खाना खाईरहनुभएका महोत्सव मुल आयोजक समिति सांस्कृतिक विभाग प्रमुख थानेश्वर गैरेले खानाघरले दिएको सेवा निकै प्रशंसनिय भएको बताउनुभयो । गैरेले मदनपोखराका महिलाहरु स्वाभिमानी र आतिथ्यमा निै अगाडी रहेको बताउनुभयो ।


गुल्मी बाट फेन्सी स्टल सञ्चालनका लागी आउनुभएका राजेश तिमिल्सेनाले अनेक होटलहरुमा चाहार्दै खाना खाने झण्झट गरिरहनु पर्ने समस्या टरेको बताउनुभयो । तिमिल्सेनाले पाल्पा महोत्सवको प्रमुख व्यवस्थापनको रुपमा रहेको खानाघरले व्यवसाय गर्न आउने सञ्चालकहरुलाई हौसला मिलेको बताउनुभयो । उहाँले यो समुदायको मिलनसार प्रवृत्ती खानाघरले दर्शाएको भन्दै सबै समुदायलदे सिको गर्नुपर्ने बताउनुभयो ।


तानसेन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष हरीसुमर रेग्मीले महिलाहरुले सञ्चालन गरेको यो खानाघरमा खाना खाँदा घरकै खानाको झल्को महसुस गर्ने बताउनुभयो । रेग्मीले टाढाटाढा बाट आएका स्टल सञ्चालकहरु निकै सन्तुष्ट भएको बताउनुभयो ।


महिलाहरुले सञ्चालन गरेको खानाघरमा दैनिक २ सय भन्दा धेरैले खाजा तथा खाना खाने गरेका छन् ।