
रिब्दीकोट गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न
रिब्दीकोट गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ। गाउँसभाले सहकारी ऐन २०७७ संशोधनसहित विभिन्न कार्यविधि, निर्देशिकाहरू पारित गरेको छ । कृषिकर्जा अनुदानसम्बन्धी कार्यविधि २०७७, स्मार्ट टोलविकास संस्था सम्बन्धी कार्यविधि, रिब्दीकोट गाउँपालिकाको विपद व्यवस्थापन कार्यविधि २०७७ अनुमोदन गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । योसँगै रिब्दीकोट गाउँपालिकाको साझेदारी कार्यक्रम तथा व्यवस्थापन कार्यविधि २०७७ र उत्पादनमा आधारित […]

तिनाउ गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न
दाेभान । तिनाउ गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले तीन वटा कार्यविधि र गाउँपालिकाकाे बजेट समेटिएकाे विधेयक पारित गरेकाे हो । लैंगिक निवारण कोष कार्यविधि २०७७, जलश्रोत उपयोग तथा मुहान दर्ता सम्बन्धी कार्यविधि, २०७७ र संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७७ पारित भएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताउनुभयाे । सभामा […]

प्रतिनिधिसभा विघटनको विरूद्ध पाल्पामा प्रर्दशन
तानसेन । प्रतिनिधिसभा विघटनको विरूद्ध नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समूहले पाल्पाको तानसेनमा बृहत् प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले संसद विघटन गरेको र त्यो कदम गैरसंवैधानिक भएको भन्दै प्रचण्ड नेपाल समूहले विरोध प्रदर्शन गरेका हुन् । तानसेन टुँडीखेलबाट सुरु भएको विरोध र्याली आन्दोलनचोक, लहरेपिपल हुँदै हुलाकचोकमा पुगेर सभामा […]

पहिरोको ढुंगा गिट्टी चोरी निकासी
पाल्पा । सिद्धार्थ राजमार्गमा पहिरो खसेर सडक छेउमा जम्मा भएका ढुंगा गिट्टी चोरी निकासी हुने गरेको छ । पाल्पा बुटवल सडकअन्तर्गत गौडेपुल र डुम्रेको बीचमा खसेको पहिरोको ढुंगा र गिट्टी चोरी निकासी भएको हो । सडकका कर्मचारीले अघोषित रुपमा बिक्री गरेपछि चोरी निकासी भएको स्थानीय बासिन्दाको भनाई छ । सडक डिभिजन कार्यालयका इन्जिनियर राम पियारी […]

तानसेन श्रीनगरमा विग बुद्धको संरचना निर्माण अगाडि बढाउने
पाल्पा । तानसेन नगरपालिकाले श्रीनगरमा विग बुद्धअन्र्तगत वाटर फाउन्डेसनका लागि नेपाल सरकार अर्थ मन्त्रालयसँग बजेट माग गर्ने निर्णय गरेको छ । तानसेन नगरपालिकाको आठौं कार्यपालिका बैठकले विग बुद्धको विस्तृत सम्भाव्यता अध्ययन डिपिआर अन्तिम चरणमा रहेको र वाटर फाउन्डेसनका लागि नेपाल सरकारसँग बजेट माग गर्ने निर्णय गरेको हो । कार्यपालिकाले विग बुद्धको फाउन्डेसन निर्माणअन्तर्गतको संरचना निर्माणको […]

पाल्पामा थप १५ जनामा कोरोना संक्रमण
तानसेन । पाल्पा जिल्लामा आज १५ जनामा कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिकामा ८, रामपुर नगरपालिकामा ३, निस्दी गाउँपालिकामा २, रिब्दीकोटमा १ र बगनासकालीमा १ जनामा कोरोेना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये ७ जना महिला र ८ जना पुरुष रहेका छन् । बुधबार मात्र २२ जनामा कोरोना संक्रमण देखिएको थियो । तानसेन नगरपालिकाको वडा […]

पीसीआर परीक्षण पछि मात्र पूर्वखाेला जान पाइने
रिङ्नेरह । पूर्वखोला गाउँपालिकाले प्रत्येक नागरिकलाई पीसीआर परीक्षण गराएर मात्र गाउँपालिकाभित्र प्रवेश गर्न दिने भएको छ । बडादशैं लगत्तै गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्ने स्थिति देखेपछि गाउँपालिकाले आज यस्तो सूचना जारी गरेको हो । पूर्वखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन ढकालले ७२ घण्टाभित्रको अनिवार्य पीसीआर रिपोर्ट र स्वास्थ्य मापदण्ड पालना गरेर आउने नागरिकालाई गाउँपालिका […]

तानसेन नगरपालिकाको निर्णयप्रति प्याब्सनको आपत्ति
तानसेन । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन प्याव्सनले तानसेन नगरपालिकाले शैक्षिक शत्र २०७७ का लागि निर्धारण गरेको शुल्कप्रति आपत्ति प्रकट गरेको छ । प्याव्सनका पदाधिकारी र निजी विद्यालयका सञ्चालकहरुले आज तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीलाई भेटेर तोकिएको शुल्क सच्याउन ध्यानाकर्षण गराएका हुन् । प्याब्सनका नगर समितिका अध्यक्ष दुर्गाप्रसाद बस्यालले अभिभावकसँगको सहमतिमा ५० प्रतिशत र असोज […]

सांसद पाण्डेयद्वारा दशैं खर्च काेभिड काेषमा जम्मा
पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले दशैं खर्च जिल्ला कोभिड कोषमा जम्मा गरिदिनुभएको छ । सांसद पाण्डेयले आज संघीय संसद सचिवालयमा पुगेर दशैं खर्च वापत भनी पठाइएको रकम जिल्ला कोभिड कोषमा पठाउन अनुरोध गरी निवेदन दर्ता गराउनुभएको हो । संसदको लेखा प्रमुखलाई सम्बोधन गरी दर्ता गरेको निवेदनमा उहाँले पाल्पा क्षेत्र नं २ […]

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम माथागढीको समीक्षा
गजेन्द्र पन्थी, झडेवा । माथागढी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको आर्थिक वर्ष २०७६।२०७७ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशसभाका सदस्य नारायणप्रसाद आचार्यले आचार्यले गत बर्ष सम्पन्न भएका कार्यक्रमहरुको उपलब्धीलाई समीक्षा गरी आगामी वर्ष प्रभावकारी बनाउन अनुरोध गर्नुभयो । उहाँले यस बर्षको कार्यक्रम रोजगारीका कार्यक्रमहरु थपेर कृषिलाई प्राथमिकतामा पार्नुपर्ने बताउनुभयो । कार्यक्रममा […]