सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव कहाली लाग्दो गरिबी : बाल्यकाल संस्मरण वरिष्ठ पत्रकार कसजूलाई राष्ट्रिय पत्रकारिता पुरस्कार कोभिड १९ महामारीमा पत्रकारको आर्थिक संकट र सिर्जित चुनौतिहरू पाल्पाकाे भैरवस्थानमा फागु महाेत्सव सुरू गोपालप्रसाद बस्यालको घरदेखि परसम्म विमोचन

लुम्बिनी प्रदेश

पाल्पाकाे भैरवस्थानमा फागु महाेत्सव सुरू

पाल्पा । रिब्दीकाेट गाउँपालिकाेकाे भैरवस्थानमा फागु महाेत्सव सुरू भएकाे छ । लुम्विनी प्रदेशका प्रमुख धर्मनाथ यादवले महाेत्सवकाे उद्घाटन गर्नुभएकाे हाे । प्रदेश प्रमुख यादवले नेपाली माैलिक परम्परा र संस्कृतिकाे जगेर्ना गर्न यस्ता महाेत्सवले याेगदान दिने बताउनुभयाे । उहाँले पुराना पुस्ताले नयाँ पुस्तालाई संस्कृति र संस्कार हस्तान्तरण गर्न सकेको अवस्था मात्र संस्कृतिको संरक्षण हुने बताउनुभएकाे छ […]

पाल्पाली समाज पोखरामा रेशम

पोखरा । पाल्पाली समाज पोखरा अध्यक्षमा रेशम थापा रचक सर्वसम्मत अध्यक्ष चयन हुनुभएकाे छ । समाजको शनिबार १८ औं साधारणसभा तथा १० औं अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । समाजको निवर्तमान अध्यक्षमा कुलप्रसाद घिमिरे, प्रथम उपाध्यक्ष बालचन्द्र परियार, द्वितीय उपाध्यक्ष श्रीधर पराजुली, तृतीय उपाध्यक्ष अनन्त अधिकारी, महासचिव केशव नेपाल, सचिव सञ्जय […]

रानीमहलमा होटल सञ्चालन गर्न दिदैनाैं

पाल्पा । नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटल बनाउन सरकारलार्ई प्रस्ताव गरेपछि स्थानीय सरोकारवालाबाट बिरोध भएको छ । पर्यटन विज्ञ मनमोहन श्रेष्ठले पुरानो भवन मात्र नभएर ऐतिहासिकता जोडिएको दरबार भएकाले रानीमहलमा होटल बनाउन दिन हुँदैन भन्नुभयो । लुम्बिनी प्रदेशकै महत्वपूर्ण आइकोन बनेको रानीमहललाई उपयोग गर्ने भन्दै व्यावसायिक प्रयोजनमा होटल राख्न दिन नहुने श्रेष्ठको भनाई […]

पूर्वखोलाले चालु वर्षमै विद्यालय समायोजन टुंग्याउने

पूर्वखोला । पूर्वखोला गाउँपालिकाले संस्थागत विद्यालय समायोजनको प्रक्रियालाई चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने योजना अगाडि सारेको छ । पूर्वखोला गाउँपालिकाको आठौँ गाउँसभामा जनप्रतिनिधिहरुले राखेका जिज्ञासकाको जवाफ दिदै गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा समायोजन प्रक्रिया चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी योजना बनाइएको बताउनुभयो । शिक्षा नियमावली २०७७ जारी भएसँगै संस्थागत विद्यालयको नाममा […]

विकास गतिलाई न्यून आंकलन गर्न मिल्दैन: मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री शंकर पोखरेलले संविधान जारी भएपछिको विकास गतिलाई न्यून आंकलन नगर्न चेतावनी दिनुभएको छ । रुरुक्षेत्रको गुरुयोजनामा आधारित कार्यक्रमको शिलान्यास गर्ने क्रममा मुख्यमन्त्री पोखरेलले नेपालको कुल ग्राहस्थ उत्पादन वृद्धि दर, विकास निर्माणका योजनाको संख्या र त्यसको तिव्रता, कोरोना अघि र कोरोनापछिको स्वास्थ्य सुविधा केलाएर हेनुपर्ने बताउनुभएको हो । सरकारको काम कारवाहीलाई बहुदलकाल र पञ्चायतकालीन समयसँग […]

मुख्यमन्त्री पाेखरेलद्वारा रूरूक्षेत्रमा नदी नियन्त्रण आयोजनाको शिलान्यास

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको शिलान्यास गर्नुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलले तटबन्ध निर्माणको सुरूवात गुरूयोजना कार्यान्वयनको चरण भएको बताउनुभयो । उहाँले रूरू क्षेत्रको ऐतिहासिक महत्त्व भए तापनि जब कोदारी राजमार्ग बन्यो तब कालीगण्डकी करिडोरबाट भारत चीन जाने मार्ग प्रभावित भयो त्यसको असर रूरूक्षेत्रमा पर्न थालेको हो भन्नुभयो […]

बगनासकालीमा विद्यालय सञ्चालन

बगनासकाली । कोभिड–१९ को संक्रमणका कारण बन्द रहेका पाल्पाको बगनासकाली गाउँपालिकाभित्रका विद्यालयहरू मंसिर ८ गते देखि सञ्चालन भएका छन् । गाउँपालिकाले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालयमा हुने सिकाई क्रियाकलालाई सूचारु गर्न विद्यालयलाई निर्देशन दिएको हो । गाउँपालिका शिक्षा समिति र सरोकारवालाहरूको बैठक बसी कोरोना महामारीको कारण […]

विदेशमा प्रकाशित पुस्तकमा लगाउने कर उचित छ: मुद्रण संघ रूपन्देही

बुटवल । मुद्रण उद्योग संघ रुपन्देहीले पुस्तकमा लगाएकाे कर हटाउने मन्त्रीपरिषद्काे निर्णय सच्चाउन अनुराेध गरेकाे छ । संघले हिजाे प्रेस विज्ञप्ति प्रकाशित गरी १० प्रतिशत भन्सार कर लगाउने नीति पास भएपछि नेपालका मुद्रण व्यवसायीले राहतकाे महशुस गरेकाेमा पछिल्लाे मन्त्रिपरिषदकाे बैठकले भन्सार करमा छुट दिने निर्णयले स्वदेशी उद्याेगलाई धरासायी बनाउने बताएकाे छ । नेपाल सरकार मन्त्रिपरिषदकाे कार्तिक […]

भौतिक पूर्वाधार मन्त्री चौधरीद्वारा माडीफाँटको बँधवारी पुल शिलान्यास

पाल्पा । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले माडीफाँटको बँधवारीमा पक्की पुलको शिलान्यास गर्नुभएको छ । माथागढी गाउँपालिकाको वडा नं. १ र बगनासकाली गाउँपालिकाको वडा नं. २ जोड्ने बँधवारीको तिनाउ खोला पुलको आज मन्त्री चौधरीले शिलान्यास गर्नुभएको हो । बँधवारीमा पुल निर्माण भएपछि रुप्से, कसेनी, चिदीपानी र पोखराथोकका जनतालाई प्रत्यक्ष आवतजावत गर्न सजिलो हुनेछ । […]

पूर्वखोला र बगनासकाली प्रवेश गर्न पीसीआर रिपाेर्ट चाहिने

पाल्पा — पाल्पाको पूर्वखोला र बगनासकाली गाउँपालिकाले गाउँपालिका प्रवेश गर्ने नागरिकहरुलाई पीसीआर परीक्षणको नतिजा अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागू गरेका छन् । मुलुकका विभिन्न भागका साथै छिमेकी स्थानीय तहमा कोरोना भाइरसका संक्रमित संख्या बढ्दै गएकाे भन्दै आफ्नाे पालिकामा आवतजावत नगर्न स्थानीय तहले आग्रह गरेका हुन् । गाउँपालिका प्रवेश गर्ने नागरिकको संख्यामा वृद्धि भएपछि ७२ घण्टा […]