
माघे संक्रान्तीका आहारहरु लाभदायक छन्
नेपाली समुदायले माघे संक्रान्ति पर्व विशेष रुपमा मनाउँछन् । माटो मुनी फलेको बालीको रुपमा तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु, खिचडी पनि खाने प्रचलन छ। जाडो मौसममा शरीरलाई धेरै पौष्टिक आहार चाहिने भएकाले माघे संक्रान्तिमा खाइने यी आहारहरुले शरीरलाई आवश्यक शक्ति दिई रोगसँग लड्ने क्षमता समेत बढाउँदछ। माघे संक्रान्तीका यीआहारहरु धेरै लाभदायक छन् । […]

पूर्वखोलाले चालु वर्षमै विद्यालय समायोजन टुंग्याउने
पूर्वखोला । पूर्वखोला गाउँपालिकाले संस्थागत विद्यालय समायोजनको प्रक्रियालाई चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने योजना अगाडि सारेको छ । पूर्वखोला गाउँपालिकाको आठौँ गाउँसभामा जनप्रतिनिधिहरुले राखेका जिज्ञासकाको जवाफ दिदै गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा समायोजन प्रक्रिया चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी योजना बनाइएको बताउनुभयो । शिक्षा नियमावली २०७७ जारी भएसँगै संस्थागत विद्यालयको नाममा […]

भैरवनाथ मन्दिरको जिर्णोद्वारको काम सुरु
रिब्दीकोट । पाल्पाको भैरवनाथ मन्दिरको मुख्य मन्दिर जिर्णोद्वारको काम सुरु भएको छ । मन्दिर व्यवस्थापन समितिले पञ्चवलीसहित वैदिक विधिबाट क्षमापूजा गरी मन्दिरको गजुर निकाल्ने र मन्दिरको छानो भत्काउने काम सुरु गरेको छ । भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले मन्दिरको जिर्णोद्वारको काम हुँदा पनि मन्दिरको नियमित पूजापाठ, दर्शन र पूजाअर्चनाको काम नरोकिने गरी […]

प्रतिनिधिसभा विघटनको विरूद्ध पाल्पामा प्रर्दशन
तानसेन । प्रतिनिधिसभा विघटनको विरूद्ध नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समूहले पाल्पाको तानसेनमा बृहत् प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले संसद विघटन गरेको र त्यो कदम गैरसंवैधानिक भएको भन्दै प्रचण्ड नेपाल समूहले विरोध प्रदर्शन गरेका हुन् । तानसेन टुँडीखेलबाट सुरु भएको विरोध र्याली आन्दोलनचोक, लहरेपिपल हुँदै हुलाकचोकमा पुगेर सभामा […]

विकास गतिलाई न्यून आंकलन गर्न मिल्दैन: मुख्यमन्त्री पोखरेल
मुख्यमन्त्री शंकर पोखरेलले संविधान जारी भएपछिको विकास गतिलाई न्यून आंकलन नगर्न चेतावनी दिनुभएको छ । रुरुक्षेत्रको गुरुयोजनामा आधारित कार्यक्रमको शिलान्यास गर्ने क्रममा मुख्यमन्त्री पोखरेलले नेपालको कुल ग्राहस्थ उत्पादन वृद्धि दर, विकास निर्माणका योजनाको संख्या र त्यसको तिव्रता, कोरोना अघि र कोरोनापछिको स्वास्थ्य सुविधा केलाएर हेनुपर्ने बताउनुभएको हो । सरकारको काम कारवाहीलाई बहुदलकाल र पञ्चायतकालीन समयसँग […]

मुख्यमन्त्री पाेखरेलद्वारा रूरूक्षेत्रमा नदी नियन्त्रण आयोजनाको शिलान्यास
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको शिलान्यास गर्नुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलले तटबन्ध निर्माणको सुरूवात गुरूयोजना कार्यान्वयनको चरण भएको बताउनुभयो । उहाँले रूरू क्षेत्रको ऐतिहासिक महत्त्व भए तापनि जब कोदारी राजमार्ग बन्यो तब कालीगण्डकी करिडोरबाट भारत चीन जाने मार्ग प्रभावित भयो त्यसको असर रूरूक्षेत्रमा पर्न थालेको हो भन्नुभयो […]

दमकडा माविमा जस्तो शैक्षिक वातावरण हामीले अन्त पाउँदैनौँ – दृष्टिविहीन विद्यार्थीहरू
पाल्पा । अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा दमकडा माध्यमिक विद्यालय तानसेन ९ पाल्पाले अन्तक्रिया कार्यक्रम गरेको छ । विद्यालयको दृष्टिविहीन छात्राबासमा आयोजित कार्यक्रमका सहभागीहरुले कोरोना महामारीको अवधिमा ४० प्रतिशत अपांगता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चित हुनुपर्ने विचार व्यक्त गरेका छन् । कार्यक्रममा दृष्टिविहिन शिक्षक कृष्णप्रसाद पराजुलीले अपांगता भएका व्यक्तिमा फरक क्षमता हुने र त्यो […]

पाल्पाको मित्याल, विरकाेट र माथागढीमा अस्पताल शिलान्यास
पाल्पाको निस्दी, पूर्वखोला र माथागढी गाउँपालिकामा १५ शैयाको अस्पताल स्थापना भएका छन् । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित पाल्पाका तीन स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको हो । यो कार्यक्रमसँगै निस्दीको मित्याल, पूर्वखोलाको विरकोट र माथागढीको झडेवा स्वास्थ्यचौकी अस्पतालमा रूपान्तरण भएका छन् । यहाँ १५ शैयाका अस्पताल निर्माण गरिनेछन् । अस्पतालमा ३ मेडिकल […]

सञ्चारविज्ञ कसजूको वार्षिकीमा स्मृतिसभा, तीन वटा कृतिको विमोचन
पाल्पा । सञ्चार विज्ञ तथा साहित्यकार विनय कुमार कसजूको वार्षिक तीथिका अवसरमा आज वेभिनारमा स्मृतिसभा सम्पन्न भएको छ । स्मृतिसभाका प्रमुख अतिथि बालसाहित्यकार शान्तदास मानन्धरले नेपाली जनतालाई सुसूचित गर्ने, चेतनाको विकास गराउने र ज्ञानको संस्कार बसाल्ने काममा कसजूले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । बालबालिका र युवा पुस्तालाई सिर्जनशील बनाउन सधै उत्प्रेरित गर्ने कसजूलाई सञ्चार, पत्रकारिता […]

बगनासकालीमा विद्यालय सञ्चालन
बगनासकाली । कोभिड–१९ को संक्रमणका कारण बन्द रहेका पाल्पाको बगनासकाली गाउँपालिकाभित्रका विद्यालयहरू मंसिर ८ गते देखि सञ्चालन भएका छन् । गाउँपालिकाले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालयमा हुने सिकाई क्रियाकलालाई सूचारु गर्न विद्यालयलाई निर्देशन दिएको हो । गाउँपालिका शिक्षा समिति र सरोकारवालाहरूको बैठक बसी कोरोना महामारीको कारण […]