सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव नुवाकोटमा युद्ध स्मारक पार्कको शिलान्यास पाल्पामा १७ बैशाखदेखि निषेधाज्ञा पाल्पा अस्पतालमा पन्ध्र बेड थपिने पाल्पामा कोरोना संक्रमण दर बढ्दाे मैत्रीपुर्ण खेलमा नेपाली क्रिकेट समर्थक समाज पाल्पा विजयी
[pt_view id=9affe526c9]

रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन

विजयकुमार बौडेल – चैत १२ – रम्भा गाउँपालिकाले विश्वभर फैलिएको कोभिड १९ बाट बँच्न तयारी स्वरुप ५० जना क्षमताको क्वारेन्टाईन स्थापना गरेको छ । गाउँपालिकाले फैलँदै गएको कोरोना भाईरसको संक्रमण बाट संभावित व्यक्तिहरुको उपचार र निगरानीका लागी ५० जना क्षमताको क्वारेन्टाईन स्थापना गरेको हो । गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले क्वारेन्टाईनमा २५ जना महिला र […]

रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी

विजयकुमार बौडेल – चैत्र ९ – रिब्दीकोट गाउँपालिकाले आफु मातहतका सबै कार्यालयहरुलाई विद्युतिय हाजिरी बन्द गर्न निर्देशन दिएको छ । गाउँपालिकाले विश्वभर फैलिएको कोरोना भाईरस कोभिड १९ को सम्भावित संक्रमण बाट बँच्न मातहतका कार्यालयहरुलाई निर्देशन दिएको हो । गाउँपालिकाले अर्को सुचना नभएसम्मको लागी गाउँपालिकाको कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था मातहतका कर्मचारीहरुलाई विद्युतिय हाजिरी नगर्न नगराउन […]

रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा

विजयकुमार बौडेल – फागुन ७ – रम्भा गाउँपालिकाले आधारभुत तहमा अध्ययन गर्ने सबै विद्यार्थीहरुको दुर्घटना विमा गरेको छ । गाउँपालिकाले नर्सरी देखी कक्षा ५ सम्म अध्ययन गर्ने सबै १ हजार ८ सय ५४ जना विद्यार्थीहरुको दुर्घटना विमा गरेको हो । रम्भा गाउँपालिकाले प्रत्येक विद्यार्थीहरुको १० हजार रुपैंया बराबरको दुर्घटना विमा गरेको हो । रम्भाका विद्यार्थीहरुको […]

रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण

चैत ५ – रिब्दीकोट गाउँपालिका स्वास्थ्य साखाले विश्वभर फैलिएको कोरोना भाईरस सम्बन्धी सचेतना तथा दु्रत प्रतिकार्य अभिमुखिकरण गरेको छ । अभिमुखिकरणमा गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले कोरोना भाईरसबाट जोगिनका लागी पुर्वतयारी रहन सबै वडाहरुलाई निर्देशन दिनुभयो । जिसीले वडाका हरेक संयन्त्र परिचालन गर्न अनुरोध समेत गर्नुभयो । प्राथमिक स्वास्थ्य केन्द्रका अमृत भट्टराईले कोरोना भाईरस संक्रमणका […]

रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री

विजयकुमार बौडेल – फागुन २९ – उत्पादित कृषी सामग्री सङ्कलन गरी बेमौसममा बिक्री गर्न रिब्दीकोट गाउँपालिका वडा नं. ३ हार्थोकमा निर्माण भएको चिस्यान केन्द्रको सफल परिक्षण गरिएको छ । सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिने रिब्दीकोटमा सुन्तला भण्डारणको अभावका कारण सस्तो मूल्यमा बिक्री गर्दा किसान मर्कामा पर्दै आएका कारण चिस्यान केन्द्रलाई चुस्त व्यवस्थापन सहित सञ्चालन गरिएको […]

शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी

फागुन २७ – लालीगुराँश वचत तथा ऋण सहकारी संस्था लिमिटेड रम्भा ४ हुमिनले माथागढीको खहरेमा शाखा कार्यालय खोलेर गैरकानुनी कारोवार सञ्चालन गर्दै आएको छ । सहकारीकर्मीहरुले गाउँपालिका र केही जनप्रतिनिधिको आडमा विगत ६ महिनादेखि गैरकानुनी रुपमा कारोबार गरेको आरोप लगाएका छन् । लालीगुराँश सहकारीको खहरे शाखाले १ सय ७३ जनालाई सदस्यता समेत वितरण गरेको छ […]

कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव

पाल्पा – फागुन २३ – ‘कोरोना भाइरस’को त्रास बढेपछि पाल्पाका विभिन्न अस्पताल तथा मेडिकल हलहरूमा मास्कको अभाव भएको छ । ‘कोरोना भाइरस’को संक्रमण फैलने हल्ला बढेपछि पाल्पामा पनि केही दिनदेखि मास्क अभाव भएको हो । बजारमा र मास्क बिक्री गर्ने डिलरले समेत मास्क दिन नसक्दा मास्क अभाव भएको मेडिकल हलहरुले बताएका छन् । एक साता […]

पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध

पाल्पा – फागुन २३ – जिल्ला प्रशासन कार्यालय पाल्पाले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरू संघसँग पर्यटकलाई गर्ने आतिथ्यता र सेवालाई सुधार गर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफल कार्यक्रममा होटल तथा रेष्टुरेन्टहरूले सेवा, सत्कार र मर्यादित व्यवहार कायम गर्ने प्रतिवद्धता गरेका हुन् । होटल व्यवसायी संघका अध्यक्ष मोहन श्रेष्ठले सबै होटल १० बजेसम्म […]

बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता

गुणवती केसी – फागुन २२ – तानसेन नगरपालिका वडा नं. ११ बन्दिपोखराले सामाजिक सुरक्षा भत्ता वितरणको लागी सबै सेवाग्राहीको घरदैलोमै गएर बैंक खाता खोलेको छ । नेपाल बैंक लिमिटेड संगको सहकार्यमा वडा नं. ११ ले ४ सय ७५ जनाको टोलटोलमै गएर खाता खोलेको हो । लक्षित नागरिकहरुको भत्ता वितरण कार्यलाई व्यवस्थित र सुरक्षित गर्ने उद्देश्यले […]

रम्भामा एक घर एक धारा अभियान तिव्र

गोपिकृष्ण बस्याल – फागुन २२ – रम्भा गाउँपालिकाले एक घर एक धारा कार्यक्रमलाई तिव्रताका साथ अघी बढाएको छ । गाउँपालिकाले स्वच्छ खानेपानी नागरिकको आधारभुत आवश्यकता भएकाले खानेपानी योजनालाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । रम्भा गाउँपालिका वडा नं. ३ पिपलडाँडाको साविक ६ र ९ नं. वडाको छाङगादि लिफ्टिङ खानेपानी योजनाको काम तिव्रताका साथ सञ्चालन […]

बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण

भोजराज तिमिल्सेना – फागुन २२ – कृषी सञ्जाल चापपानीले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मौरीपालनका लागी आवश्यक सामग्री वितरण गरेको छ । सञ्जालले वडा भित्रका मौरिपालक कृषकहरुका लागी मौरिको घार, गोला तथा टोपी ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । कृषकहरुलाई ३ हजार ६ सय रुपैंयाको दरले गोला सहित २४ घार, १ हजार ८ सय रुपैंयाको […]

एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान

पाल्पा । एन आई सी एशिया बैंक पाल्पा शाखाले एक कार्यक्रमका बिच ग्राहकको विमा बापतको दावि रकम प्रदान गरेको छ । सुपर चमत्कारीक बचत खाता योजना अन्र्तगत खाता खोल्नुभएका तानसेन नगरपालिका ११ का प्रकाश बहादुर कार्कीलाई स्वास्थ्य उपचार बापतको दुर्घटना विमा रकम प्रदान गरिएको हो । खातावाल कार्कीका छोराको दुर्घटनामा लागेको कुल खर्च बापतको विमा […]

मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध

विजयकुमार बौडेल – फागुन २२ – जिल्ला प्रशासन कार्यालय पाल्पाले भेला, सभा, सम्मेलन, मेला, उत्सव तथा महोत्सव लगाएतका कार्यक्रमहरु नगर्न अनुरोध गरेको छ । विश्वभरीका करिव ७७ मुलुकमा फैलिएको नोभल कोरोना भाईरसको प्रभाव कम गर्न र सुरक्षित रहन भिडभाड हुने कुनैपनी कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले सबै नागरिक तथा संघसंस्थाहरुलाई अनुरोध गरेको हो । […]

पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन

पोखरा । पाल्पा चिनाउन पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडमा डिजिटल स्क्रिन स्थापना गरिएको छ । पाल्पाली समाज पोखराको पहलमा लेकसाइडस्थित बाराहीचोकमा स्थापित डिजिटल स्क्रिनको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । पाल्पा र पोखरा दुवैको समग्र पर्यटन प्रवद्र्धनको लागि २२ लाख रुपैयाँ लागतमा यो स्क्रिन स्थापना गरिएको […]

पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड

विजयकुमार बौडेल – फागुन – पाल्पा महोत्सव २०७६ मा किसानहरुले निशुल्क माटो परिक्षणको लाभ लिएका छन् । प्रदेश नं. ५ को माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेले पाल्पा महोत्सव स्थलमा माटो तथा मल परिक्षण घुम्ती शिविर राखेपछी किसानहरुले लाभ लिएका हुन । प्रयोगशालाले प्रदेश ५ का १२ वटै जिल्लामा घुम्ति शिविर सञ्चालन गर्ने गरेको […]

पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई

विजयकुमार बौडेल – फागुन ७ – पाल्पा महोत्सव २०७६ मा होटल स्टल सञ्चालन गरि टपरिमा स्वादिष्ट मम बिक्रि गर्नुभएका डुम्रे ममका सञ्चालक कमल दर्लामी सन्तुष्ट हुनुहुन्छ । महोत्सवमा ममको उत्कृष्ट स्वाद दिएर ग्राहकहरुलाई सन्तुष्ट बनाएरै दर्लामी व्यापारमा सन्तुष्ट हुनुभएको हो । अरु बेला तानसेन नगरपालिका वडा नं. ८ डुम्रेमा होटल व्यवसाय गर्दै आउनुभएका दर्लामी महोत्सवमा […]

पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर)

विजयकुमार बौडेल – फागुन ०४ – पाल्पा महोत्सव २०७६ मा गोरु नारेर पेलेको उँखुको खुदो खानेको भिड लागेको छ । गुल्मी जिल्लाबाट गोरु, उँखु ल्याई परम्परागत तरिकाले तयार पारिएको खुदो खाने भिड लागेको हो । मेलाका सहभागीहरुले गोरु नारेर मेसिन घुमाई उँखु पेलेको अनौठो मानेर हेर्दै अर्गानिक उँखुको जुस, खुदो चाख मानेर खाईरहेका छन् । […]

पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र

विजयकुमार बौडेल – माघ २ – पाल्पा महोत्सव २०७६ मा स्थानिय महिलाहरुले सञ्चालन गरेको खानाघर आकर्षणको केन्द्र बनेको छ । स्थानिय महिलाहरुले मेला सञ्चालनको बेला आयोजक र स्टल सञ्चालकहरुलाई सुलभ मुल्यमा खाना खुवाउने व्यवस्था गरेपछी खानाघर आकर्षणको केन्द्र बनेको हो । महिला समुहले बुफे सिस्टममा आयोजक तथा स्टल सञ्चालकहरुलाई सादा खाना एक सय रुपैंया र […]

दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन

दमकडा । तानसेन नगरपालिका ९ दमकडामा पाल्पा महोत्सव सुरु भएको छ । स्वास्थ्य, जनसंख्या र कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ड्रोनले राष्ट्रिय उडाएर महोत्सवको उद्घाटन गर्नुभएको हो । अन्न भण्डार माडी उपत्यकाको दमकडामा बिहीबार बाट सुरु भएको पाल्पा महोत्सवको उद्घाटन गर्दै मन्त्री ढकालले अहिलेसम्म एक जना नेपालीमा पनि कोरोना भाइरस नभएको बताउनुभयो […]

ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना

पाल्पा । जापानी समाजसेवी काजुमासा काकिमी ओके बाजेले उत्कृष्ट उद्यम गर्ने उद्यमीलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने गरी सामुदायिक रेडियो मदनपोखरामा अक्षयकोष स्थापना गर्नुुभएको छ । पाल्पा जिल्लामा कृषि, घरेलु उद्योग, पर्यटन र रोजगारी सिर्जना गर्ने जस्ता उद्यम गरेका व्यक्तिलाई पुरस्कृत गर्ने गरी अक्षयकोष स्थापना गर्नुभएको हो जापानी समाजसेवी बाजे र सामुदायिक रेडियो मदनपोखरा सञ्चालक समितिका […]

सहकारिको तरकारि बोकेको जिप दुर्घटना

माघ २९ – मदनपाेखरा संगम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको तरकारी लिएर बुटवलतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको छ । तानसेन ९ तिन्टीअाँपबाट तरकारी लिएर हिंडेको लु २ च ३१४ नम्बरको बलेरो गाडी तानसेन ९ बाहुनखोला सालघारीमा दुर्घटना भएको हो । सहकारीका सहसचिव एवम बजार प्रतिनिधि चिन्तामणि भट्टराई र अनिल थापा सकुशल हुनुहुन्छ । गाडी सडकबाट […]

पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस

बाेली । माघ २३ – नेपाल पत्रकार महासंघ पाल्पाको बैठकले नयाँ सदस्यको लागी ९ जनालाई सदस्य सिफारिस गरेको छ । बैठकले जनता टेलिभिजन र श्रीनगर एफ.एममा कार्यरत सुनिल कार्की, न्यूज २४ मा कार्यरत सुमन कार्की ,नेपाल टेलिभिजनमा कार्यरत कमल अधिकारी जनचेतना दैनिकका रामचन्द्र रायमाझी, मेचिकाली दैनिका नेत्र गैरे पत्रकार महासंघ पाल्पाको सदस्यमा सिफारिस भएका हुन् […]

फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा

विजयकुमार बौडेल – माघ २३ – रिब्दीकोट गाउँपालिकाले भवानी मावि कुसुमखोलाका फरक क्षमता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम कार्यान्वयन सिफारिस समितिको आयोजनामा फरक क्षमता भएका ११ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । विद्यार्थीहरुलाई न्यानो कपडा सिरक, डसना, ब्लाङ्केट, ज्याकेट लगाएतका सामग्री वितरण गरिएको हो । न्यानो […]

पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन

विजयकुमार बौडेल – माघ २३ – संगिता फाउण्डेशन नेपालले विद्यार्थी र वृद्धहरुलाई सहयोग गरेको छ । फाउण्डेसनकी अध्यक्ष संगिता भट्टराईले नवदुर्गा माध्यमिक विद्यालय रामपुर ६ तिलकपुरका ३० जना विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान गर्नुभएको हो । त्यस्तै राधादामोदर आरोग्य वृद्धाआश्रम चापाकोट ६ केलादी धामका वृद्धहरुलाई एक दिनको लागि खाद्यान्न हस्तान्तरण गर्नुभएको हो । भट्टराईले वृद्धाश्रममा आवश्यक […]

छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार

विजयकुमार बौडेल – माघ १६ – वैदेशिक रोजगारका क्रममा ज्यान गएपछी पाल्पा झिरुबासका चम्पी बयम्बु र टेक बहादुर बयम्बुको जिउने आधार नै हरायो । उमेर छँदैको छोरा वैदेशिक रोजगारको क्रममा ज्यान गएपछी बुढा बाबुआमालाई छोरा गुमाउनुको पिडा संगै आर्थिक अभाव समेत झेल्नु पर्यो । छोराको जिवन विमा बुढा बाबुआमाको सहारा बन्यो । नेशनल लाईफ ईन्स्योरेन्स […]

रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा

विमला ज्ञवाली – १६ माघ – रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले आउँदो आर्थिक बर्ष सम्म गाउँपालिकाका सबै घरमा एक घर एक धारा पुर्याउने बताउनुभएको छ । वडा नं. ७ मा सञ्चालित खानेपानी योजनाको अनुगमन गर्दै अध्यक्ष जिसीले एक करोड रुपैंयाको लगानीमा सञ्चालित योजना सञ्चालन गर्न वडालाई प्राथमिकता दिएको बताउनुभयो । अध्यक्ष जिसीले पालुङमैनादीमा भएका […]

चापपानीको पिपल काण्ड नालीबेली

विजयकुमार बौडेल – माघ १६ – बगनासकाली गाउँपालिका वडा नं. ९ लाङडाँडाको चौपारीको पिपल गैरकानुनी रुपमा काटीएको र चौपारी जिर्ण बनाएको भन्दै चौतर्फी आलोचना भएको छ । कुनै एक व्यक्तिको घडेरी बनाउने कामको सहजताको लागी वडाध्यक्ष ठानेश्वर तिमिल्सेनाले गैरकानुनी रुपमा पिपलको बोट काट्ने निर्णय गरेको भन्दै चौतर्फी आलोचना भएको हो । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण […]

श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ

पाल्पा । प्रायः सरकारी विद्यालयमा श्रीपञ्चमीका दिन विद्यालय बन्द हुने गर्दछन् । तर दमकडा नमूना माध्यमिक विद्यालय पाल्पाले भने सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रमको आयोजना गरेर राम्रो सन्देश दिएको छ । विद्यालय प्रवेश नगरेका बालबालिकालाई विद्यालय ल्याउने, कलम नसमातेका हातहरुमा कलम कापी थमाउने र अक्षर लेख्न सिकाउने कार्य गरेको छ । विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा […]

पाल्पा महोत्सव २०७६ को तयारी तिब्र

विजयकुमार बौडेल – माघ १६ – पाल्पा महोत्सव २०७६ को तयारी तिब्र रुपमा अगाडी बढेको आयोजक व्यापार संघले जनाएको छ । मेला स्थल निर्माण तथा स्टल बुकिङ लगाएतका काम तिब्र रुपमा अगाडी बढिरहेको आयोजकले जनाएको हो । तानसेन नगरपालिका वडा नं. ९ को दमकडा खेल मैदानमा हुन लागीरहेको महोत्सव तयारीका लागी विभिन्न उपसमिति बनाएर जिम्मेवारी […]

स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी

विजयकुमार बौडेल – १२ माघ – रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले स्थानिय तहहरुले गरेका नमुना कामहरुको प्रचारप्रसार हुन नसकेको बताउनुभएको छ । गाउँपालिका अध्यक्ष जिसीले स्थानिय तहहरुले निर्वाचन यता स्थानिय तहहरुले शिक्षा, स्वास्थ्य, कृषी र पर्यटन जस्ता क्षेत्रमा धेरै नमुना काम भएपनी नागरिकहरु माझ पुग्ननसकेको बताउनुभएको हो । जिसीले रिब्दीकोट गाउँपालिकाले धेरै क्षेत्रमा नमुना […]

विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर)

विजयकुमार बौडेल – ११ माघ – पर्यटन बर्ष २०२० को प्रवद्र्धनका लागी सञ्चालन भएको विजय दौड पाल्पा २०७६ अन्र्तगत २१ किलोमीटर खुला दौड तर्फ काठमाण्डौका नरेन्द्र सिंह रावत प्रथम हुनुभएको छ । रावतले १ घण्टा १६ मिनेट ९ सेकेण्डमा निर्धारित दुरि पार गर्दै ५० हजार रुपैंया प्राप्त गर्नुभएको हो । दोश्रो हुन सफल रुकुमका दुर्गाराज […]

पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने

विजयकुमार बौडेल – ४ माघ – नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पाल्पामा विजय दौड पाल्पा २०७६ सञ्चालन हुने भएको छ । स्थानिय, राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको प्रर्वद्धन र हौसलाको लागि यही माघ ११ गते जिल्लामा दौड प्रतियोगिता आयोजना हुन लागेको पाल्पा स्थित नेपाली सेना गोरख दल गण पाल्पाले जनाएको छ । जिल्लाको दश […]

नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित

बोली । बैसाख ९ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । पाल्पा जिल्लामा तत्कालीन जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्य नेपाल कम्युनिस्ट पार्टी नेकपा पाल्पाको अध्यक्ष र तत्कालीन नेकपा माओवादीका जिल्ला संयोजक गिरबहादुर थापा सचिवमा चयन हुनुभएको हो । नेकपा सचिवालय बैठकले नयाँ […]

हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस

विजयकुमार बौडेल – बोली । बैसाख ९ – पाल्पा र गुल्मीको संगम स्थल ऋिषिकेश मन्दिर परिसरमा अव्यवस्थित छोडुवा गाईहरुको संख्या बढेको छ । दुध दिन छोडेपछी गाईलाई बाटो र मन्दिर परिसरमा छोडिदिँदा गाईहरु बेवारिसे भएको हुन् । मन्दिर परिसरमा १५० भन्दा बढी गाईहरु वटा गाँईहरू छोडुवा अबस्थामा छन् । हिन्दु धर्म अनुसार गाईलाई लक्ष्मी भगवान […]

कालीगण्डकीमा र्याफ्टिङ उत्सव

बाेली । बैशाख ८ – कालीगण्डकी नदीमा दुई दिने र्याफ्टिङ महोत्सव सम्पन्न भएको छ । कालीगण्डकी नदीको महत्व र कालीगण्डकी बेशी क्षेत्रको पर्यटन प्रवर्द्धन गरी जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरिएको भएको हो । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पाल्पाको रामपुर नगरपालिका, रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगपालिका र तनहुँको घिरिङ गाउँपालिकाको आयोजनामा महोत्सव उत्तरवाहिनी क्षेत्र […]

नुवाकोटमा युद्ध स्मारक पार्कको शिलान्यास

नुवाकोट । प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेयले तिनाउ गाउँपालिकाको नुवाकोट काठेगढीमा अंग्रेज नेपाल युद्ध स्मारक पार्कको शिलान्यास गर्नुभएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट तिनाउ गाउँपालिका २ नुवाकोट काठेगढीमा निर्माण हुन लागेको युद्ध स्मारक पार्कको आज प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेयले शिलान्यास गर्नुभएको हो । युद्ध स्मारक पार्कका लागि पाल्पा क्षेत्र नं. २ को निर्वाचन क्षेत्र […]

पाल्पामा १७ बैशाखदेखि निषेधाज्ञा

पाल्पा – पाल्पा जिल्लामा कोरोना भाइरसको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले १७ बैशाखदेखि निषेधाज्ञा जारी गर्ने भएको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसीसीएमसीको बैठकले काेराेना राेकथाम र नियन्त्रणका लागि निषेधाज्ञा गर्ने निर्णय गरेकाे हाे । बितेकाे एक हप्तामा पाल्पामा २ सयभन्दा बढी सक्रिय सङ्क्रमित थपिएपछि बैशाख १७ गतेदेखि २४ गतेसम्म एक हप्ताका […]

पाल्पा अस्पतालमा पन्ध्र बेड थपिने

पाल्पा । पाल्पा अस्पतालले काेराेना संक्रमितकाे उपचारका निम्ति अक्सिजनसहितका १५ बेड थप गर्ने भएको छ। जिल्ला सदरमुकाम तानसेनस्थित सरकारी अस्पतालले कोरोना महामारी फैलिएपछि उपचार सेवा प्रभावकारी बनाउन अक्सिजनयुक्त बेड थप गर्न लागेकाे हो। अस्पताल व्यवस्थापन समितिले तानसेनमा पत्रकार सम्मेलन गरी अध्यक्ष नेत्र पाण्डेले काेराेना संक्रमितकाे उपचार गर्ने सामग्री ल्याउने काम सुरू भएकाे र अक्सिजनकाे सुविधा दिने […]

पाल्पामा कोरोना संक्रमण दर बढ्दाे

बैशाख १४, पाल्पा । पाल्पामा आज थप ४१ जनामा कोरोना संक्रमण देखिएको छ । वितेको २४ घण्टामा ७८ जनाको स्वाव परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । संक्रमितमध्ये २५ जना पुरुष र १६ जना महिला रहेका छन् । जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै ३१ जना संक्रमित […]

मैत्रीपुर्ण खेलमा नेपाली क्रिकेट समर्थक समाज पाल्पा विजयी

बैशाख १ – नेपाली क्रिकेट समर्थक समाज पाल्पा र रुपन्देही विच भएको मैत्रीपुर्ण क्रिकेट प्रतियोगितामा पाल्पा विजयी भएको छ । दमकडा खेल मैदानमा भएको टि–२० क्रिकेट प्रतियोगितामा पाल्पाले रुपन्देहीलाई ३ रनले पराजित गरेको हो । टस जितेर पहिले व्यटिङ गरेको पाल्पाले निर्धारित २० ओभरमा १५ ओभर खेल्दै सबै विकेट गुमाएर ९० रनको योगफल तयार पार्यो […]

कहाली लाग्दो गरिबी : बाल्यकाल संस्मरण

विजयकुमार बौडेल –  ‘बा दशैंमा मासु खाने कि नाई ?’ विस्तराबाटै मैले सोधेपछि बा अत्तालिए । हो त, दशैं आइसक्यो । सान्केटोले मासु भन्दैछ, घरमा खाने चामल छैन । पोहर साल विहे गरेकी छोरी अनि ज्वाईं आउने कुरो पनि छ, यो दशैंमा टीका थाप्न । वर्षभरि आँटो र रोटा खाए पनि दशैंमा चामलको भात खान […]

वरिष्ठ पत्रकार कसजूलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

पाल्पा । नेपाल पत्रकार महासंघ, पाल्पाले वरिष्ठ पत्रकार विनयकुमार कसजूलाई मरणोपरान्त राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ। नेपाल पत्रकार महासंघको ६६औं स्थापना दिवसका अवसरमा तानसेनमा आयोजित कार्यक्रममा कसजूको जीवनसाथी गंगादेवी कसजूलाई नगद ५० हजार, दोसल्ला र प्रमाणपत्र हस्तान्तरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले पुरस्कार प्रदान गर्नुभयो । २०४० सालमा […]

कोभिड १९ महामारीमा पत्रकारको आर्थिक संकट र सिर्जित चुनौतिहरू

राजेशकुमार अर्याल अध्यक्ष, नेपाल पत्रकार महासंघ, पाल्पा कोरोना रोग पहिचान भएको तीन महिनाको अवधिमा विश्वव्यापी फैलिनु र लगभग सबै देशमा संक्रमण हुनुले विश्वभर नै चिन्ताजनक अवस्था सिर्जना ग¥यो । विकसित भनिएका देशमा समेत रोकथाम र उपचारमा ध्यान नपुग्दा लाखौँ मानिसको मृत्यु भएको तथ्यले यो स्वभाविक रुपमा जटिल स्वास्थ्य समस्या रहेको निश्कर्ष निकाल्न अप्ठेरो भएन । […]

पाल्पाकाे भैरवस्थानमा फागु महाेत्सव सुरू

पाल्पा । रिब्दीकाेट गाउँपालिकाेकाे भैरवस्थानमा फागु महाेत्सव सुरू भएकाे छ । लुम्विनी प्रदेशका प्रमुख धर्मनाथ यादवले महाेत्सवकाे उद्घाटन गर्नुभएकाे हाे । प्रदेश प्रमुख यादवले नेपाली माैलिक परम्परा र संस्कृतिकाे जगेर्ना गर्न यस्ता महाेत्सवले याेगदान दिने बताउनुभयाे । उहाँले पुराना पुस्ताले नयाँ पुस्तालाई संस्कृति र संस्कार हस्तान्तरण गर्न सकेको अवस्था मात्र संस्कृतिको संरक्षण हुने बताउनुभएकाे छ […]

गोपालप्रसाद बस्यालको घरदेखि परसम्म विमोचन

पाल्पा । शिक्षा तालिम केन्द्रमा शिक्षकहरुको पेशागत तालिम चल्दैछ । घटना अध्ययन र सामुदायिक कार्यसम्बन्धि सत्र सकियो । प्रशिक्षक गोपालप्रसाद वश्यालले आजको मिति सोध्नुभयो । आज चैत्र ६ गते भन्ने जवाफ सहभागी शिक्षकहरूबाट आयो । उहाँले फेरि प्रश्न गर्नु भयो, पुस ६ गतेदेखि आजसम्म कुन पुस्तक पढिसक्नु भएको छ ? सबै सहभागी मौन रहे । […]