सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog

रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन

विजयकुमार बौडेल –
चैत १२ – रम्भा गाउँपालिकाले विश्वभर फैलिएको कोभिड १९ बाट बँच्न तयारी स्वरुप ५० जना क्षमताको क्वारेन्टाईन स्थापना गरेको छ ।

गाउँपालिकाले फैलँदै गएको कोरोना भाईरसको संक्रमण बाट संभावित व्यक्तिहरुको उपचार र निगरानीका लागी ५० जना क्षमताको क्वारेन्टाईन स्थापना गरेको हो । गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले क्वारेन्टाईनमा २५ जना महिला र २५ जना पुरुषका लागी छुट्टाछुट्टै कोठामा व्यवस्थापन गर्नेगरि क्वारेन्टाईन स्थापना गरेको बताउनुभयो ।

“हामीले ५० जनाको लागी दाल, चामल, तेल, चिनी लगाएत आवश्यक सबै सामग्री सहित पकाउने, खुवाउने र बास बसाल्ने व्यवस्थापन गरेका छौं ।” अध्यक्ष भण्डारीले भन्नुभयो । “रम्भा गाउँपालिका वडा नं. ५ ताहुँको रम्भा माविको भवनमा क्वारेन्टाईन स्थापना गरि संभावित संक्रमण भएकोहरुको लागी निगरानी गर्ने व्यवस्था गरेका छौं ।”


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस बाट नागरिकलाई बँचाउन रम्भा गाउँपालिका गम्भिर भएर लागेको र विदेशबाट आउने नागरिकहरुको लगत संकलन कार्य अन्तिम अवसथामा पुगेको अध्यक्ष भण्डारीको भनाई छ । गाउँपालिकाका अध्यक्ष उपाध्यक्षसहितको टोली वडा वडामा पुगेर माक्स, सेनिटाइजर, ग्लोप्स, एप्रोन र औषधीहरु स्वास्थ्य चौकीलाई बितरण गरेको छ ।

रम्भा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष खुमाकान्त बस्यालले क्वारेन्टाईन स्थापनाको लागी जनप्रतिनिधी, स्वास्थ्यकर्मी तथा सामाजिक संघसंस्था लगाएत सबैको सहयोग प्राप्त भएको बताउनुभयो । वडाध्यक्ष बस्यालले कोरोना भाईरस संक्रमणको सामान्य लक्षण देखिने वित्तिकै रोग नलुकाई क्वारेन्टाईनमा सम्पर्क गर्न सबै नागरिकहरुलाई अनुरोध गर्नुभयो ।


रम्भा गाउँपालिका स्वास्थ्य साखा संयोजक शिव अर्यालले १ जना डाक्टर, १ जना स्टाफ नर्स सहित १५ जना स्वास्थ्य कर्मी क्वारेन्टाईनमा रेखदेखको लागी तयारी अवस्थामा रहेको बताउनुभयो । संयोजक अर्यालले सबै नागरिकहरुलाई सचेत र सतर्क रहन अनुरोध गर्दै हल्लाको पछी नलाग्न सुझाव दिनुभयो ।

रम्भा गाउँपालिकाले ७० जना पोषण सहयोगी सहजकर्ता र ४६ जना स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गरि घरघरमा गई कोरोना भाईरस संक्रमणको लक्षण र यसबाट बँच्ने उपायका बारेमा सचेत गराएको जनाएको छ ।

फाेटाे : गुगल

रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी

विजयकुमार बौडेल –

चैत्र ९ – रिब्दीकोट गाउँपालिकाले आफु मातहतका सबै कार्यालयहरुलाई विद्युतिय हाजिरी बन्द गर्न निर्देशन दिएको छ ।

गाउँपालिकाले विश्वभर फैलिएको कोरोना भाईरस कोभिड १९ को सम्भावित संक्रमण बाट बँच्न मातहतका कार्यालयहरुलाई निर्देशन दिएको हो । गाउँपालिकाले अर्को सुचना नभएसम्मको लागी गाउँपालिकाको कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था मातहतका कर्मचारीहरुलाई विद्युतिय हाजिरी नगर्न नगराउन सुचित गरेको हो ।

गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत ऋषिराम अर्जेलले रिब्दीकोट गाउँपालिकाले कोरोना भाईरस बाट बँच्न अपनाउनुपर्ने सबै सतर्कताहरुलाई गम्भिर रुपमा लिएको बताउनुभयो । प्रमुख अर्जेलले सरसफाई सचेतना, माक्स वितरण, हेल्थ डेस्क स्थापना लगाएतका सुरक्षा अपनाईएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले कोरोनाको संक्रमण बाट बँच्न र उच्च सतर्कता अपनाउन सम्पुर्ण सरोकारवाला मातहतलाई निर्देशन दिएको बताउनुभयो । अध्यक्ष जिसीले सतर्कता अपनाउन गाउँपालिकाले कुनै कसर बाँकी नराखेको बताउनुभयो ।

रिब्दीकोट गाउँपालिकाले यसअघी पनी विभिन्न सचेतना, निशुल्क माक्स वितरण, हेल्थ डेस्क स्थापना लगाएतका कार्यक्रम गरिसकेको छ ।

रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा


विजयकुमार बौडेल –
फागुन ७ – रम्भा गाउँपालिकाले आधारभुत तहमा अध्ययन गर्ने सबै विद्यार्थीहरुको दुर्घटना विमा गरेको छ ।


गाउँपालिकाले नर्सरी देखी कक्षा ५ सम्म अध्ययन गर्ने सबै १ हजार ८ सय ५४ जना विद्यार्थीहरुको दुर्घटना विमा गरेको हो । रम्भा गाउँपालिकाले प्रत्येक विद्यार्थीहरुको १० हजार रुपैंया बराबरको दुर्घटना विमा गरेको हो । रम्भाका विद्यार्थीहरुको दुर्घटना भएर जटिल खालको अंगभंग या मृत्यू भएमा एक लाख रुपैंया बराबरको विमा गरेको गाउँपालिका अध्यक्ष बिष्णु भण्डारीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भण्डारीले सबै विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा भित्र्याउन विमा कार्यक्रम ल्याईएको बताउनुभयो । “सबै विद्यार्थीहरुका अभिभावकहरुले सुरक्षित महसुस गर्नुभएको छ । त्यसैले गाउँपालिका यो कार्यक्रम प्रति उत्साहित छ ।”

अध्यक्ष भण्डारीले भन्नुभयो । “अभिभावकहरुले हामीलाई विश्वास गरेर विद्यार्थी पठाउनु भएको छ । उहाँहरुको यो विश्वासलाई हामी कहिल्यै निराश बनाउने छैनौं ।” सबै कुराको श्रेय अभिभावकहरुलाई जाने अध्यक्ष भण्डारीको भनाई छ ।

“गाउँपालिकाले दुर्घटना विमा संगै सबै विद्यालयमा दिवा खाजाको व्यवस्था गरेका छौं । ३६ वटा विद्यालयले आफै स्थानिय स्तरमा पाईने गेडागुडी लगाएतबाट खाजा पकाएर खुवाउने व्यवस्था गर्नुभएको छ ।” अध्यक्ष भण्डारीले भन्नुभयो ।

“दिवा खाजाको लागी चालु आर्थीक बर्षमा ४० लाख रुपैंया खर्च गरेका छौं । सबै अभिभावकहरुले गाउँपालिकाको यो योजनाको प्रशंसा गरेका छन् ।” दिवा खाजा कार्यक्रमलाई दिगो बनाउने गरी निरन्तरता दिने योजना भएको गाउँपालिका अध्यक्ष भण्डारीको भनाई छ ।

दिवा खाजा कार्यक्रम र दुर्घटना विमाको कार्यक्रमले रम्भाका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या बढ्ने विश्वास गाउँपालिकाले लिएको छ । अर्को आर्थीक बर्ष सम्ममा विद्यार्थीको संख्याको अनुपात मुल्यांकन गरेर आगामी दिनमा कार्यक्रम थप गर्ने गाउँपालिकाले जनाएको छ ।

रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण

चैत ५ – रिब्दीकोट गाउँपालिका स्वास्थ्य साखाले विश्वभर फैलिएको कोरोना भाईरस सम्बन्धी सचेतना तथा दु्रत प्रतिकार्य अभिमुखिकरण गरेको छ ।


अभिमुखिकरणमा गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले कोरोना भाईरसबाट जोगिनका लागी पुर्वतयारी रहन सबै वडाहरुलाई निर्देशन दिनुभयो । जिसीले वडाका हरेक संयन्त्र परिचालन गर्न अनुरोध समेत गर्नुभयो । प्राथमिक स्वास्थ्य केन्द्रका अमृत भट्टराईले कोरोना भाईरस संक्रमणका लक्षण, बँच्ने उपाय लगाएतका विषयमा सहजिकरण गर्दै सरसफाईमा ध्यान दिन र भिडभाडमा नजान अनुरोध गर्नुभयो ।


त्यस्तै शिक्षा साखा संयोजक मणी खनालले विद्यालय तथा शिक्षण संस्थाले कोरोना भाईरस बाट बच्ने उपायहरुका बारेमा सचेतना जगाउन महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनुभयो । गाउँपालिका प्रवक्ता विष्णु प्रसाद खनाल, स्वास्थ्य साखा संयोजक बिष्णुदेव खनाल, कुसुमखोला स्वास्थ्य चौकी प्रमुख देवका पन्थी लगाएतले कोरोनाबाट बँच्न सबैले हल्लाको पछी नलागी आधिकारिक जानकारीलाई मात्र विश्वास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।


अभिमुखिकरणमा विभिन्न सहभागी व्यक्तिहरुलाई १ सय २४ वटा माक्स समेत निशुल्क वितरण गरिएको थियो ।

रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री

विजयकुमार बौडेल –
फागुन २९ – उत्पादित कृषी सामग्री सङ्कलन गरी बेमौसममा बिक्री गर्न रिब्दीकोट गाउँपालिका वडा नं. ३ हार्थोकमा निर्माण भएको चिस्यान केन्द्रको सफल परिक्षण गरिएको छ ।


सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिने रिब्दीकोटमा सुन्तला भण्डारणको अभावका कारण सस्तो मूल्यमा बिक्री गर्दा किसान मर्कामा पर्दै आएका कारण चिस्यान केन्द्रलाई चुस्त व्यवस्थापन सहित सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।


एकैपटक पाक्ने सुन्तला ठेकेदारले बोटबाटै टिपेर लैजाँदा किसानले भनेजस्तो मूल्य नपाउने समस्यालाई मध्यनजर गर्दै उक्त चिस्यान केन्द्र निर्माण गरिएको र अहिले सफल परिक्षण गरिएको अध्यक्ष जिसीको भनाई थियो ।

“कृषकले सुन्तला भण्डारण गर्न नसक्दा सस्तो मूल्यमा सुन्तला बिक्री हुँदै आएको थियो । ” जिसीले भन्नुभयाे । “सुन्तला चिस्यान केन्द्रमा भण्डार पश्चात् दोब्बर बढी मूल्यमा बिक्री गर्न सकिन्छ ।”


सुन्तलाका लागि उर्वर रहेको स्थानमा चिस्यान केन्द्रको अभावमा सुन्तला कृषक निरुत्साहित भएका कारण सो केन्द्र सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताउनुभयो ।


२३ जना सुन्तला किसानले चिस्यान केन्द्रमा ६ क्विन्टल सुन्तला संकलन गरि चिस्यान केन्द्रमा राखेको प्रमुख प्रसासकिय अधिकृत ऋषिराम अर्जेलले बताउनुभयो । मौसमी समयमा ५० रुपैंया प्रतिकेजी सुन्तला विक्रि गर्दै आएका किसानहरुले चिस्यान केन्द्रमा राखेपछी १०० रुपैंया प्रतीकेजी सुन्तला विक्रि गर्न पाउँदा किसान हर्षित भएका प्रमुख अर्जेलले बताउनुभयो ।


प्रवक्ता विष्णु प्रसाद खनालले मंसिरको दोश्रो हप्ता राखेको सुन्तला प्रदर्शन र बेचविखनका लागी निकालिएको बताउनुभयो । चिस्यान केन्द्र पहिले देखी नै परिक्षण हुँदै आएपनी अहिले चुस्त व्यवस्थापन भएका कारण सफल परिक्षण भएको सानाकिसान सहकारीकी अध्यक्ष राधा नेपालको भनाई छ ।


चिस्यान केन्द्रमा वस्तुको गुणअनुसार उचित तापक्रममा सामग्री राख्दा उक्त वस्तुको चारित्रिक गुण बिग्रँदैन । यसले गर्दा यस्ता सामग्री उपभोगका लागि स्वास्थ्यवद्र्धक र स्वच्छ मानिन्छ ।

शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी

फागुन २७ – लालीगुराँश वचत तथा ऋण सहकारी संस्था लिमिटेड रम्भा ४ हुमिनले माथागढीको खहरेमा शाखा कार्यालय खोलेर गैरकानुनी कारोवार सञ्चालन गर्दै आएको छ ।

सहकारीकर्मीहरुले गाउँपालिका र केही जनप्रतिनिधिको आडमा विगत ६ महिनादेखि गैरकानुनी रुपमा कारोबार गरेको आरोप लगाएका छन् । लालीगुराँश सहकारीको खहरे शाखाले १ सय ७३ जनालाई सदस्यता समेत वितरण गरेको छ ।

माडी क्षेत्रमा क्रियाशील रहेका ७ वटा सहकारी संस्थाका अध्यक्षले हस्ताक्षर गरि कारबाहीको लागी गाउँपालिका संग गरेको अनुरोध

कौडे वचत तथा ऋण सहकारी कसेनी, सराई फूलबारी वचत तथा ऋण सहकारी कसेनी, माण्डव्य कृषि सहकारी रुप्से, माछापुच्छ्रे बहुउद्देश्यीय सहकारी संस्था कसेनी, माथागढी बहुउद्देश्यीय सहकारी चिदीपानी, रुप्से खहरे वचत तथा ऋण सहकारी रुप्से र माडी कृषि सहकारी कसेनीले सहकारी ऐन नियम विपरित शाखा खोलेको भन्दै माथागढी गाउँपालिकामा उजुरी गरेका छन् ।

सहकारीका कार्यकारी निर्देशक बिष्णु बमरेलले प्रदेशमा निति बन्दै गरेको अवस्थामा सहकारीले साखा खोलेर सञ्चालन गरेको बताउनुभयो । बमरेलले आफ्नो कार्यक्षेत्र भित्रै गाउँपालिकाको पत्र लिएर सहकारी सञ्चालन गरेको बताउनुभयो ।

माडी क्षेत्रमा क्रियाशील रहेका ७ वटा सहकारी संस्थाका अध्यक्षले भने हस्ताक्षर गरी आवश्यक कारवाही गर्न गाउँपालिका संग अनुरोध गरेका छन् । सहकारी ऐन नियममा सहकारी संस्थाले शाखा खोलेर कारोवार सञ्चालन गर्न नपाउने प्रावधान रहेको छ ।

कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव

पाल्पा –
फागुन २३ – ‘कोरोना भाइरस’को त्रास बढेपछि पाल्पाका विभिन्न अस्पताल तथा मेडिकल हलहरूमा मास्कको अभाव भएको छ ।


‘कोरोना भाइरस’को संक्रमण फैलने हल्ला बढेपछि पाल्पामा पनि केही दिनदेखि मास्क अभाव भएको हो । बजारमा र मास्क बिक्री गर्ने डिलरले समेत मास्क दिन नसक्दा मास्क अभाव भएको मेडिकल हलहरुले बताएका छन् । एक साता अघिसम्म पाइएको भएपनि अहिले मास्क अहिले अस्पताल तथा मेडिकल हलहरूमा पाइन छाडेको बिरामीको भनाई छ ।

मास्क कोरोना भाइरसबाट बच्नका लागि प्रयोग गरिदैँ आएको छ । विभिन्न देश तथा विदेशमा समेत मास्कको अभाव हुँदा नेपालमा पनि मास्क अभाव भएको हुनसक्ने कतिपयले बताएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्व न्यौपानेले पाल्पामा पनि मास्क अभाव भएको बताउनुभयो । केही मेडिकलमा गएर बुझ्दा मास्क नभएको पाईको उहाँले बताउनुभयो ।

सन्चो हेल्थ केयर प्रा.लिका संचालक डा.झपेन्द्र ढकालले केही दिन पहिले सस्तोमै पाइने मास्क अहिले बढी मुल्यमा पनि पाउन नसकेको बताउनुभयो । उहाँले कोरोना भाइरसको त्रासले मास्क प्रयोगकर्ताको संख्यामा वृद्धि हुनुका साथै चिनवाट प्राप्त माक्स नआउदा बजारमा अभाव भएको हुन सक्ने बताउनुभयो ।

उहाँले रोगबाट जोगिनका लागि साबुनपानीले हात धुने, रुघाखोकी लागेका मानिसहरुबाट टाढा रहने, हाँछ्यु गर्दा मुख छोप्न तथा पशुचौपायाको असुरक्षित सम्प्रर्कवाट टाढा रहन सुझाव दिनुभएको छ ।

पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध

पाल्पा –
फागुन २३ – जिल्ला प्रशासन कार्यालय पाल्पाले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरू संघसँग पर्यटकलाई गर्ने आतिथ्यता र सेवालाई सुधार गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफल कार्यक्रममा होटल तथा रेष्टुरेन्टहरूले सेवा, सत्कार र मर्यादित व्यवहार कायम गर्ने प्रतिवद्धता गरेका हुन् । होटल व्यवसायी संघका अध्यक्ष मोहन श्रेष्ठले सबै होटल १० बजेसम्म खोल्न दिनुपर्ने, अावश्यक बेलामा मात्र प्रहरी चेकिङ गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

होटल व्यवसायी जिवलाल सुवेदी, जयराम सापकोटा, लक्ष्मण वस्याल, अमृत नेपाल, वसन्त कुँवर, साजन सुवेदी, शोभा कार्कीलगायतले होटल क्षेत्रमा प्रहरी प्रशासनको तर्फबाट हुनुपर्ने सहयोगका बारेमा चर्चा गर्नुभयो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले मर्यादित र स्तरीय सेवाका लागि होटल व्यवसायी संघले पहल गर्नुपर्ने बताउनुभयो ।

बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता

गुणवती केसी –
फागुन २२ – तानसेन नगरपालिका वडा नं. ११ बन्दिपोखराले सामाजिक सुरक्षा भत्ता वितरणको लागी सबै सेवाग्राहीको घरदैलोमै गएर बैंक खाता खोलेको छ ।


नेपाल बैंक लिमिटेड संगको सहकार्यमा वडा नं. ११ ले ४ सय ७५ जनाको टोलटोलमै गएर खाता खोलेको हो । लक्षित नागरिकहरुको भत्ता वितरण कार्यलाई व्यवस्थित र सुरक्षित गर्ने उद्देश्यले वडा नं. ११ ले सेवाग्राहीको बैंक खाता खोलेको वडाध्यक्ष दामोदर घिमिरेले बताउनुभयो ।


नेपाल बैंकका कर्मचारीहरुले वडाभित्रका जेष्ठ नागरिक १ सय ४२, एकल महिला १ सय १९, दलित जेष्ठ नागरिक ७१, बालपोषण बालबालिका १ सय २४, पुर्ण अपांग ७ र आंशिक अपांग १२ जनाको खाता खोलेको कार्यालय सहायक बिष्णु खातिले जानकारी दिनुभयो ।


खाता सञ्चालन भएपछि दोस्रो चौमासिकको भत्ता रकम चैतको पहिलो हप्तामै सबै नागरिकको खातामा जम्मा गरिने वडाध्यक्ष घिमिरेले बताउनुभयो । वडाध्यक्ष घिमिरेले खाता खोल्न छुटेका नागरिकहरुले सक्दो छिटो सम्बन्धित निकायमा सूचित गर्न अनुरोध गर्नुभयो ।

रम्भामा एक घर एक धारा अभियान तिव्र

गोपिकृष्ण बस्याल –
फागुन २२ – रम्भा गाउँपालिकाले एक घर एक धारा कार्यक्रमलाई तिव्रताका साथ अघी बढाएको छ ।


गाउँपालिकाले स्वच्छ खानेपानी नागरिकको आधारभुत आवश्यकता भएकाले खानेपानी योजनालाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । रम्भा गाउँपालिका वडा नं. ३ पिपलडाँडाको साविक ६ र ९ नं. वडाको छाङगादि लिफ्टिङ खानेपानी योजनाको काम तिव्रताका साथ सञ्चालन भईरहेको वडा कार्यालयले जनाएको छ ।


खानेपानी योजनाका लागी प्रदेश सरकारले २० लाख रुपैंया अनुदान दिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले जानकारी दिनुभयो । खानेपानी योजना सञ्चालन भएपछी १ सय ७६ घर परिबारले उपभोग गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो । खानेपानी मुलबाट करिब २ किलोमिटर माथी मौलाथरमा रिजर्व टंकी बनाउन उपभोक्ताहरु आफै कस्सिएको समितिका सचिब गिरिराज बस्यालले बताउनु भयो ।


उपभोक्ताहरु आवश्यक पाईप बोक्ने लगाएतका कार्य गर्न समेत जुटेका समितिका अध्यक्ष टेक बहादुर रानाले बताउनुभयो ।

बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण

भोजराज तिमिल्सेना –
फागुन २२ – कृषी सञ्जाल चापपानीले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मौरीपालनका लागी आवश्यक सामग्री वितरण गरेको छ ।


सञ्जालले वडा भित्रका मौरिपालक कृषकहरुका लागी मौरिको घार, गोला तथा टोपी ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । कृषकहरुलाई ३ हजार ६ सय रुपैंयाको दरले गोला सहित २४ घार, १ हजार ८ सय रुपैंयाको दरले २७ वटा खाली घार र ३ सय २५ रुपैंयाको दरले १५ वटा टोपी वितरण गरेको हो ।

सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले मौरीका लागी चरन क्षेत्र राम्रो भएको क्षेत्रमा स्याहार गर्न सके मौरीपालन बाट मनग्य आम्दानी गर्न सकिने भन्दै कृषकहरुलाई व्यवसायिक बन्न आग्रह गर्नुभयो ।


वडाध्यक्ष थानेश्वर तिमिल्सेना, वडा सदस्यहरु पिताम्बर गाहा, दिपा सारु, सञ्जालका अध्यक्ष रणप्रताप खाँड लगाएतले कृषकहरुलाई सहि ढंगबाट मौरीपालनका लागी आग्रह गर्नुभयो । १ लाख ४० हजार रुपैंयाको बजेटबाट कार्यक्रम गरिएको कृषी प्राविधिक निशा मरासिनीले जानकारी गराउनुभयो ।

एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान

पाल्पा । एन आई सी एशिया बैंक पाल्पा शाखाले एक कार्यक्रमका बिच ग्राहकको विमा बापतको दावि रकम प्रदान गरेको छ ।


सुपर चमत्कारीक बचत खाता योजना अन्र्तगत खाता खोल्नुभएका तानसेन नगरपालिका ११ का प्रकाश बहादुर कार्कीलाई स्वास्थ्य उपचार बापतको दुर्घटना विमा रकम प्रदान गरिएको हो ।


खातावाल कार्कीका छोराको दुर्घटनामा लागेको कुल खर्च बापतको विमा रकम ३३ हजार ८ सय १४ रुपैंयाँ कार्कीलाई प्रदान गरिएको बैंकका पाल्पा शाखाका प्रबन्धक हरिकृष्ण शर्माले जानकारी दिनुभयो । भविष्यमा आउन सक्ने भवितब्य र जोखिम कम गर्न सक्ने उद्धेश्यले प्रचलनमा ल्याएको सुपर चमत्कारीक बचत खाता योजना अन्र्तगत कार्की जस्तै ग्राहकको आर्थिक भार कम गर्न प्रभावकारी माध्यम बनेको शाखा प्रबन्धक शर्माले बताउनुभयो ।


कार्यक्रममा विमा बापतको रकम बुझदै खातावाल कार्कीले आफुले खोलेको खातामा विभिन्न प्रकारका सुविधाहरु रहेको जानकारी पाएर खाता खोलेसँगै छोरा लडेर दुर्घटना पर्दा लागेको खर्च बैंकले भुक्तानी दिँदा खुशी लागेको बताउनुभयो । बैंकले दिएको सुविधाले आर्थिक ब्यायभार थेग्न सहयोग मिलेको भन्दै यस्तो खाले योजनाले ग्राहकलाई ठुलो राहत पुगेको बताउनुभयो ।
बैंकले जिल्लाको दश वटै स्थानिय तहका विभिन्न स्थानबाट सेवा दिई रहेको छ ।

मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध

विजयकुमार बौडेल –
फागुन २२ – जिल्ला प्रशासन कार्यालय पाल्पाले भेला, सभा, सम्मेलन, मेला, उत्सव तथा महोत्सव लगाएतका कार्यक्रमहरु नगर्न अनुरोध गरेको छ ।


विश्वभरीका करिव ७७ मुलुकमा फैलिएको नोभल कोरोना भाईरसको प्रभाव कम गर्न र सुरक्षित रहन भिडभाड हुने कुनैपनी कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले सबै नागरिक तथा संघसंस्थाहरुलाई अनुरोध गरेको हो ।

प्रशासन कार्यालयले विश्व स्वास्थ्य संगठनका अनुसार अहिले सम्म विश्वमा ९१ हजार व्यक्तिमा कोरोनाको संक्रमण भएको र ३ हजार भन्दा धेरैको ज्यान गईसकेको भन्दै सबैलाई सचेत रहन अनुरोध गरेको हो ।


कार्यालयले सुचना जारी गर्दै विभिन्न संघ संस्थालाई संक्रमण रोक्नका लागी जनचेतना मुलक सन्देश फैलाउन अनुरोध समेत गरेको छ । सुचनामा नागरिकहरुलाई आफ्नो स्वास्थ्यमा ख्याल गर्न, भिडभाडमा नजान, कुनै पनी समस्या देखिएमा स्वास्थ्य संस्थामा जान अनुरोध गरिएको छ ।


त्यस्तै रैनादेवी छहरा गाउँपालिकाले समेत गाउँपालिका भित्र कुनैपनी सार्वजनिक कार्यक्रम नगर्न अनुरोध गरेको छ । गाउँपालिका भित्र भिडभाड हुने कुनैपनी मेला, महोत्सव तथा सर्वजनिक कार्यक्रम नगर्न अनुरोध गरेको हो ।

गाउँपालिकाले भोली हुने सार्वजनिक सुनुवाई कार्यक्रम समेत अर्को सुचना नगर्दा सम्मको लागी स्थगन गरिएको जनाएको छ ।

पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन

पोखरा । पाल्पा चिनाउन पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडमा डिजिटल स्क्रिन स्थापना गरिएको छ ।


पाल्पाली समाज पोखराको पहलमा लेकसाइडस्थित बाराहीचोकमा स्थापित डिजिटल स्क्रिनको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । पाल्पा र पोखरा दुवैको समग्र पर्यटन प्रवद्र्धनको लागि २२ लाख रुपैयाँ लागतमा यो स्क्रिन स्थापना गरिएको समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिनुभयो । आन्तरिक एवं बाह्य पर्यटक भीडभाड रहने बाराहीचोकमा स्थापित डिजिटल स्क्रिनमा पाल्पाको समग्र पर्यटकीय क्षेत्रको मनमोहक दृष्य सकिन्छ ।


पोखराबाट मात्र १ सय १५ किमी टाढा रहेको तानसेनसहित पाल्पाको समग्र पर्यटन प्रवद्र्धनमा डिजिटल स्क्रिनले टेवा पुग्ने हुँदा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । तानसेन नगरपालिका, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद्, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, रामपुर नगरपालिकासहित पाल्पाका सबै स्थानीय तहको सहयोग रहेको छ ।


कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले पोखरालाई पर्यटकीय महानगरपालिका घोषणा गर्ने तयारीमा लागेको र सिद्धार्थ राजमार्ग स्तरोन्नति गरेर पोखरा आएका धेरै पर्यटकलाई पाल्पा लैजान सकिने बताउनुभयो । उहाँले पाल्पाली समाज पोखराले गरेको पहलको प्रशंसा गर्दै पाल्पा र पोखरा बीचको सम्बन्धलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरपालिका प्रमुख जीसीले कम्तिमा १० वर्षभित्र पोखराको प्रति व्यक्ति आय २२ हजार डलर पुर्याउने लक्ष्य लिएको बताउनुभयो ।


तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पोखराको पर्यटन विकासका अनुभवलाई पाल्पा र तानसेनले उपयोग गर्न चाहेको बताउनुभयो । डिजिटल बोर्डले पाल्पाको पर्यटन मात्र होइन, अन्य आर्थिक विकासका सम्भावना उजागर गर्न मद्दत गर्ने नगरप्रमुख शाहीको भनाई छ । उहाँले सिद्धार्थ राजमार्गलाई सुनौली पोखरा क्षेत्रका १५ स्थानीय तहले सिद्धार्थ करिडोरको रूपमा विकास गर्न चाहेको बताउनुभयो ।


गण्डकी प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्यालले दुई अन्तर्रा्ष्ट्रिय विमानस्थलको बीचमा रहेको पाल्पाले पर्यटनबाट धेरै लाभ लिनसक्ने विश्वास व्यक्त गर्नुभयो । पूर्व उद्योगमन्त्री हरिप्रसाद पाण्डेयले यो डिजिटल बोर्डमा पोखरादेखि लुम्बिनीसम्मका विभिन्न स्थानका दृष्य राख्नाले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।

उहाँले पाल्पामा मैले गर्ने लगानी मान इज्यत प्रतिष्ठाका लागि होइन, जन्महुर्केको थलोप्रतिको सम्झनाका लागि हो भन्नुभयो । उद्योगपति पाण्डेले आधुनिक कृषि, साना उद्योगको विकास, कालीगण्डकी पानीको स्रोतको उपयोग र आइटीको विकास गर्न सके पाल्पाले फड्को मार्न सक्ने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पाल्पाको पर्यटन प्रवद्र्धनमा पोखरामा बस्ने पाल्पालीहरूको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।


पाल्पाली समाज समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले डिजिटल बोर्ड सार्वजनिक खरिद ऐनअन्तर्गत १८ लाख ४२ हजार रूपैयाँमा खरिद गरिएको र तयारी खर्चसमेत गरी २२ लाख खर्च भएको जानकारी दिनुभयो । बोर्ड निर्माणका लागि तानसेन नगरपालिकाको कुल लागतको २५ प्रतिशत, पाल्पा उद्योग वाणिज्य संघले १ लाख, पाल्पा व्यापार संघले १ लाख रूपैंया सहयोग प्रदान गरेका छन् ।


पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका अध्यक्ष चिरिञ्जीवी पोखरेल, पाल्पाली संगमका अध्यक्ष पदम न्यौपाने, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, पोखरा पर्यटन परिषदका संयोजक चिरिञ्जीवी पोखरेलले पाल्पाली समाजको रचनात्मक कार्यका लागि बधाई ज्ञापन गर्नुभयो ।

पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड

विजयकुमार बौडेल –
फागुन – पाल्पा महोत्सव २०७६ मा किसानहरुले निशुल्क माटो परिक्षणको लाभ लिएका छन् ।


प्रदेश नं. ५ को माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेले पाल्पा महोत्सव स्थलमा माटो तथा मल परिक्षण घुम्ती शिविर राखेपछी किसानहरुले लाभ लिएका हुन । प्रयोगशालाले प्रदेश ५ का १२ वटै जिल्लामा घुम्ति शिविर सञ्चालन गर्ने गरेको छ । कार्यालयले किसान, ज्ञान केन्द्र, समुह, सहकारी लगाएतको माग अनुसार घुम्ति शिविर सञ्चालन गर्ने गरेको छ ।


कार्यालयका प्रमुख तथा माटो विज्ञ पर्शुराम शर्माले अहिले सम्म १४ स्थानमा घ्म्ती शिविर सञ्चालन गरिसकेको बताउनुभयो । “किसानले खेती गरिरहेको माटो पुर्खौंदेखी प्रयोग भईरहेको छ तर त्यसको उपचार भएको छैन । पहिले भन्दा अहिले गाईबस्तुको मल कम प्रयोग हुने भएकाले पनी माटोको उत्पादन शक्ति कम भईरहेको छ ।”


प्रमुख शर्माले भन्नुभयो । “माटोको जाँच गरायो भने त्यसको अवस्था के छ भनेर बुझ्न सकिन्छ । विरामी भएको भए अर्थात उत्पादन शक्ति कमजोर भएको भए त्यसको उपचार गर्ने विधी हामी बताउँछौं ।” किसानहरुले खेती गरिरहेको माटोमा के तत्व थप आवश्यक छ भन्ने सल्लाह प्रयोगशालाले जानकारी दिने प्रमुख शर्माले बताउनुभयो ।


प्रयोगशालामा ५ जना प्राविधिकहरुले काम गरिरहनु भएको छ । पाल्पा महोत्सवमा ४० जना किसानहरुले माटो परिक्षण गराएका छन् । “धेरैजसो किसानको माटोमा क्षरिय रहेछ । पाल्पाका किसानहरुको माटोमा नुनिलो बढी छ । नुनिलो भयो भने माटोको खाद्यतत्व विशाक्त हुन्छ । अनी विरुवाले आवश्यक तत्व लिन सक्दैन ।” प्रमुख शर्माले भन्नुभयो ।


“माटो नुनिलो भएमा प्राङ्गारिक मल प्रसस्त प्रयोग गर्नुपर्छ । माटोमा पानी भरेर बगाउनुपर्छ । तितेपाती, असुरो र ढैंचा जस्ता चिजको मल बनाएर प्रयोग गर्नुपर्छ ।” पाल्पाको माटोमा सामान्य क्षरियपन बढेपनी बिग्रिनसकेको तर सुधार भने आवश्यक रहेको प्रमुख शर्माको भनाई छ ।
घुम्ति शिविरबाट अम्लिय या क्षरिय छ ? भन्ने थाहा पाउने पिएच परिक्षण, प्रमुख खाद्य तत्व नाईट्रोजन, फस्फोरस र पोटासको मात्रा थाहा पाउने तथा प्राङ्गारिक पदार्थ परिक्षण गरिने प्रमुख शर्माले बताउनुभयो ।


माथागढी गाउँपालिका वडा नं. ६ का दुर्गा प्रसाद काफ्लेले माटो परिक्षण कसरी गर्ने भन्ने बुझ्न आएको भन्दै निकै जरुरी रहेको बताउनुभयो । काफ्लेले अहिले माटो परिक्षण नगराए पनी गाउँपालिका या कृषी ज्ञान केन्द्रको माध्यमबाट माटो परिक्षण गराउने बताउनुभयो ।


पाल्पा महोत्सवमा कृषी र पर्यटनका सबै स्टलहरुलाई निशुल्क गरिएको स्टल संयोजक कमल ढकालले बताउनुभयो । पाल्पाको कृषी र पर्यटनलाई विकास गर्न पाल्पा व्यापार संघ सधै तत्पर रहेको र सोही अनुसार कार्ययोजना बनाएर आगामी दिनमा पनी काम गर्ने पाल्पा व्यापार संघका अध्यक्ष तथा मुल आयोजक समितिका अध्यक्ष चिरञ्जिवी पोखरेलले बताउनुभयो ।

पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई

विजयकुमार बौडेल –
फागुन ७ – पाल्पा महोत्सव २०७६ मा होटल स्टल सञ्चालन गरि टपरिमा स्वादिष्ट मम बिक्रि गर्नुभएका डुम्रे ममका सञ्चालक कमल दर्लामी सन्तुष्ट हुनुहुन्छ ।


महोत्सवमा ममको उत्कृष्ट स्वाद दिएर ग्राहकहरुलाई सन्तुष्ट बनाएरै दर्लामी व्यापारमा सन्तुष्ट हुनुभएको हो । अरु बेला तानसेन नगरपालिका वडा नं. ८ डुम्रेमा होटल व्यवसाय गर्दै आउनुभएका दर्लामी महोत्सवमा भएको व्यापारदेखी निकै सन्तुष्ट हुनुहुन्छ । उत्कृष्ट र ग्राहकलाई सन्तुष्ट पार्न सके व्यापारमा समस्या नहुने सञ्चालक दर्लामीको भनाई छ ।


ग्राहकले सफा, शुद्ध र स्वादिलो खानेकुरा खोज्ने भन्दै दर्लामीले सबै कुरामा ख्याल गर्न सके व्यापार हुने बताउनुभयो । “दैनिक २० देखी ३० हजार सम्मको व्यापार सहजै भएको छ । एक पटक मेरो स्टलमा आउनुभएका ग्राहक अर्को पटक अन्यत्र जाँदैनन् ।” सञ्चालक दर्लामीले भन्नुभयो । “ग्राहकको सन्तुष्टि नै हाम्रो व्यापारको प्रमुख उद्देश्य हो । व्यापार देखी म सन्तुष्ट छु ।” पातको टपरिमा स्वादिष्ट मम खान पाउँदा मेला हेर्न आउने ग्राहकहरु खुसी भएको दर्लामीको भनाई छ ।


वातावरणिय शुद्धताका लागी पनी पातको टपरिको प्रयोग हुनु खुसीको कुरा भएको मुल आयोजक समितिका संयोजक तथा पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेलले बताउनुभयो । डुम्रे ममका सञ्चालक कमल दर्लामीले मम बाहेक चाउमिन, ललिपप, चिप्स लगाएतका चिजविज विक्रि गर्नुभएको छ ।


पाल्पा महोत्सव २०७६ का स्टल संयोजक कमल ढकालले ग्रामिण क्षेत्रमा सञ्चालन भएको महोत्सवले नागरिकहरु उत्साहित भएको बताउनुभयो । “नागरिकहरुको उत्साहजनक उपस्थिती रहेको छ । महोत्सवको सुरुवातमै मेला अवलोकन गर्नेहरु उल्लेख्य मात्रामा आएका छन् ।” संयोजक ढकालले भन्नुभयो । “मेला हेर्न आउनेहरु धेरैले अहिले सामग्री हेर्ने र पछी किन्ने गरेका छन् । जहाँको मेलामा पनी सातौं, आठौं दिनपछी मात्र उत्कृष्ट व्यापार हुने गर्छ ।” पाल्पा महोत्सव २०७६ को सुरुवातकै अवस्थामा व्यापारको अवस्था सन्तुष्टिजनक रहेको ढकालको भनाई छ ।


पाल्पा महोत्सव २०७६ को सातौं दिन प्रकाश सपुत, विष्णु ठडराई, हुम गैरे लगाएतले प्रस्तुती दिएका छन् । महोत्सवमा दैनिक उत्कृष्ट कलाकारहरुले प्रस्तुति दिएको सांस्कृतिक संयोजक थानेश्वर गैरेले बताउनुभयो । गैरेले राष्ट्रिय कलाकार सहित पाल्पाका स्थानिय र गाउँ गाउँका संस्कृतीहरुलाई स्थान दिएको बताउनुभयो ।


महोत्सव सोंचेभन्दा निकै सफल भएको नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । “गाउँगाउँबाट दर्शकहरु आएका छन् । स्थानिय क्षेत्रका व्यक्तिहरुले पनी मेला सफल पार्न निकै सहयोग गरेका छन् ।” अध्यक्ष अर्यालले भन्नुभयो । “महोत्सव सबैको सहयोगले सहज रुपमा सफल भएको छ । अव बाँकी दिनहरु पनी अझ व्यवसायिक हुने अपेक्षा गरेका छौं ।” मेला व्यवस्थापन चुस्त दुरुस्त रुपमा अघी बढेको अर्यालको भनाई छ ।

पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर)

विजयकुमार बौडेल –
फागुन ०४ – पाल्पा महोत्सव २०७६ मा गोरु नारेर पेलेको उँखुको खुदो खानेको भिड लागेको छ ।


गुल्मी जिल्लाबाट गोरु, उँखु ल्याई परम्परागत तरिकाले तयार पारिएको खुदो खाने भिड लागेको हो । मेलाका सहभागीहरुले गोरु नारेर मेसिन घुमाई उँखु पेलेको अनौठो मानेर हेर्दै अर्गानिक उँखुको जुस, खुदो चाख मानेर खाईरहेका छन् ।


अर्घाखाँची घर भई हाल रुपन्देही योगीकुटी बस्दै आउनुभएका हरीप्रसाद गौतमले गोरु नारेर मेलास्थलमै उँखु पेलेर खुदो तयार गर्नुभएको हो । हाल १२ जनाले खुदो उत्पादनमा काम गरिरहेका छन् । गोरु धपाउने, उँखु लगाउने, पकाउने, जुस, खुदो, गुँड बेच्ने कामका कामदारहरु व्यस्त छन् ।
सञ्चालक गौतमले टिमुरको छोप, कोदोको पिठो र फापरको पिठो समेत विक्रि गरिरहनु भएको छ ।

कोदोको पिठो सय रुपैंया प्रतिकेजी, फापर २०० रुपैंया प्रतिकेजी, गुँण २४० रुपैंया प्रतिकेजी, खुदो १७० रुपैंया प्रतिलिटर, टिमुरको छोप २५० रुपैंया पाउ र ४० रुपैंया प्रतिकप तातो खुदो विक्रि भईरहेको छ । उँखु पेलेर जुस, अदौटो, खुदो, गुँड लगाएतका उत्पादन गरेर विक्रि भईरहेका छन् । खुदो उच्च कार्वोहाईड्रेडयूक्त भएकाले धेरैको ध्यान यसमा गएको सञ्चालक गौतमले बताउनुभयो ।


खुदोले मेलास्थलमा दौडधुप गर्दा धुलोको कारणले हुने विभिन्न समस्याहरु समाधान गर्ने भएकाले पनी यहाँ लोकप्रिय भएको गौतमले बताउनुभयो । उँखुको खुदो सुगर भएका रोगीहरुले पनी खान मिल्ने भएकाले मेलास्थलमा सबैमाझ यो लोकप्रिय भएको छ । गौतमले अहिले सम्म ६० महोत्सव स्थानमा गोरुद्धारा पेलेको खुदो विक्रि वितरण गर्नुभएको छ ।


पाल्पा महोत्सव २०७६ का सचिवालय संयोजक पर्सुराम पौड्यालले विदेश जाने युवाहरुलाई ६० बर्षे वृद्धले सञ्चालन गरेको कार्य प्रेरणाको श्रोत भएको बताउनुभयो । पौड्यालले आयोजकले परम्परागत कृषी प्रविधी प्रदर्शन गर्न अनुरोध गरेको बताउनुभयो । सञ्चालक गौतमले महोत्सवको चौंथो दिनसम्म ७५ हजार रुपैंयाको व्यापार गरेको बताउनुभयो ।


यो प्रविधि नदेख्ने नयाँपुस्ताले नदेखेकाले अचम्म मानेर हेर्ने गरेका छन् । पाल्पा महोत्सव २०७६ मा कृषी र पर्यटनका लागी निशुल्क स्टल दिएको स्टल व्यवस्थापन संयोजक कमल ढकालले जानकारी दिनुभयो । महोत्सवमा दैनिक दर्शकहरुको भिड बढ्दै गएको मुल आयोजक समितिका संयोजक तथा पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेलले जानकारी दिनुभयो ।


महोत्सवको तेश्रो दिन सम्म २३ हजार दर्शकले अवलोकन गरेको र १ करोड ६० लाखको कारोबार भएको आयोजकले जनाएको छ ।

पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र

विजयकुमार बौडेल –
माघ २ – पाल्पा महोत्सव २०७६ मा स्थानिय महिलाहरुले सञ्चालन गरेको खानाघर आकर्षणको केन्द्र बनेको छ ।


स्थानिय महिलाहरुले मेला सञ्चालनको बेला आयोजक र स्टल सञ्चालकहरुलाई सुलभ मुल्यमा खाना खुवाउने व्यवस्था गरेपछी खानाघर आकर्षणको केन्द्र बनेको हो । महिला समुहले बुफे सिस्टममा आयोजक तथा स्टल सञ्चालकहरुलाई सादा खाना एक सय रुपैंया र मासु खाना १ सय ८० रुपैंयामा खुवाएका छन् ।


खानामा दाल, भात, २ थरी तरकारी, २ थरी अचार, सलाद, पापड समावेश गरेका छन् । महिला समुहकी सञ्चालक विनिता लुँईटेलले स्टल सञ्चालकहरु सस्तो मुल्यमा ताजा र राम्रो खाना खान पाएकोमा खुसी भएको बताउनुभयो । लुँईटेलले व्यवसायिक रुपमा भन्दा पनी सेवाभावले खानाघर सञ्चालन गरेको बताउनुभयो ।


खानाघरमा खाना खाईरहनुभएका महोत्सव मुल आयोजक समिति सांस्कृतिक विभाग प्रमुख थानेश्वर गैरेले खानाघरले दिएको सेवा निकै प्रशंसनिय भएको बताउनुभयो । गैरेले मदनपोखराका महिलाहरु स्वाभिमानी र आतिथ्यमा निै अगाडी रहेको बताउनुभयो ।


गुल्मी बाट फेन्सी स्टल सञ्चालनका लागी आउनुभएका राजेश तिमिल्सेनाले अनेक होटलहरुमा चाहार्दै खाना खाने झण्झट गरिरहनु पर्ने समस्या टरेको बताउनुभयो । तिमिल्सेनाले पाल्पा महोत्सवको प्रमुख व्यवस्थापनको रुपमा रहेको खानाघरले व्यवसाय गर्न आउने सञ्चालकहरुलाई हौसला मिलेको बताउनुभयो । उहाँले यो समुदायको मिलनसार प्रवृत्ती खानाघरले दर्शाएको भन्दै सबै समुदायलदे सिको गर्नुपर्ने बताउनुभयो ।


तानसेन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष हरीसुमर रेग्मीले महिलाहरुले सञ्चालन गरेको यो खानाघरमा खाना खाँदा घरकै खानाको झल्को महसुस गर्ने बताउनुभयो । रेग्मीले टाढाटाढा बाट आएका स्टल सञ्चालकहरु निकै सन्तुष्ट भएको बताउनुभयो ।


महिलाहरुले सञ्चालन गरेको खानाघरमा दैनिक २ सय भन्दा धेरैले खाजा तथा खाना खाने गरेका छन् ।

दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन

दमकडा । तानसेन नगरपालिका ९ दमकडामा पाल्पा महोत्सव सुरु भएको छ ।


स्वास्थ्य, जनसंख्या र कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ड्रोनले राष्ट्रिय उडाएर महोत्सवको उद्घाटन गर्नुभएको हो । अन्न भण्डार माडी उपत्यकाको दमकडामा बिहीबार बाट सुरु भएको पाल्पा महोत्सवको उद्घाटन गर्दै मन्त्री ढकालले अहिलेसम्म एक जना नेपालीमा पनि कोरोना भाइरस नभएको बताउनुभयो । चीनमा रहेका नेपाली विद्यार्थी पनि कोरोना भाइरसबाट प्रभावित नभएको उहाँले जानकारी दिनुभयो । हाल सम्म परीक्षण गरिएका सबै नेगेटिभ भएकाले पनि मुलुकमा कोरोना भाइरस नभएको पुष्टी भएको छ उहाँ भन्नुभयो ।


नेपालीलाई सामान्य रुघाखोकी चल्दा पनि कोरोनाले नै आक्रमण गरेको शंका जन्माएर गलतप्रचार भइरहेको मन्त्री ढकालको भनाई छ । माडीको सुन्दर फाँटले आफूलाई आकर्षित गरेको उल्लेख गर्दै मन्त्री ढकालले महोत्वसले स्थानीय कृषि उपजको व्यवसायिकीकरण र औधोगिकरणमा सघाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा विषादीको अधिक्तम प्रयोगले रोग बढ्दै गएको र यसको न्यूनीकरण गर्न अर्गानिक कृषि उत्पादन तर्फ कृषकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रमममा पूर्व उद्योगमन्त्री तथाप्रतिनिधि सभाका सांसद सोमप्रसाद पाण्डेयले कृषि, पर्यटनको मुख्यनारा बोकेर आयोजना गरिएको महोत्सवले मदनपोखरा र माडीको कृषि उत्पादनलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । प्रदेश सभासद् नारायण प्रसाद आचार्यले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । प्रदेश सभासद् डा. पुरनमान बज्राचार्य, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले ग्रामीण क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले व्यापार संघले दमकडामा महोत्सव आयोजन गरेर बजारमुखी व्यवसायमा मात्र निर्भर हुनुनपर्ने सन्देश दिएको बताउनुभयो । नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्षलगायतका उद्योग व्यवसायीहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यस्ता स्थानीय प्रयास आवश्यक रहेको बताउनुभयो । नेपाली काँग्रेसका सचिव अजयमान कर्माचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर कुँवर, नेकपा मालेका धनराज पौडेल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनलगायतले महोत्सव सफलताका लागि शुभकामना दिनुभयो ।

‘पाल्पाको समृद्धिको आधार, कृषि, पर्यटन र व्यापार’ भन्ने नाराका साथ हिँजो देखि सुरू भएको महोत्सव ११ गतेसम्म सञ्चालन हुने छ । उद्घाटन ¥यालीमा माडी क्षेत्रका करिव १ सय संघसंस्थाले आफ्नो पहिचान झाँकी सहित ¥याली निकालेका थिए । शिक्षण संस्था, आमा समूह, कृषि समूह, टोल विकास संस्था, मगर समूह, नेवार समूहको झाँकी ¥याली अत्यन्त आकर्षक थिए । महोत्वसको पहिलो दिन स्थानीय समुदायको सहभागिता निकै उत्साहप्रद देखियो ।


महोत्सवमा २ सय ७५ वटा स्टल रहेका छन् । पाल्पाका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित पाल्पाली ढाका, करुवालगायतका वस्तु, पाल्पाका पशुपालक किसानले उत्पादन गरेको दुग्धजन्य वस्तु, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित सामग्री स्टलमा राखिएको संघका अध्यक्ष चिरञ्जीवि पोखरेलले बताउनुभयो । झण्डै एकलाख दर्शकले अवलोकन गर्ने महोत्सवमा ५ करोड बराबरको कारोबार हुनेछ भने करिब ७० लाख आम्दानी हुने आयोजकको अनुमान छ ।

४० लाख खर्च गरेर ३० लाख शुद्ध नाफा हुने अनुमान रहेको संघका अध्यक्ष पोखरेलले बताउनुभयो । महोत्सव अवलोकनको लागि सर्वसाधारणले ५० रुपयाँ, विद्यार्थीले २५ रुपैयाँ तिर्नु पर्ने छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिले निशुल्क व्यवस्था गरिएको सचिव पर्शुराम पौड्यालले जानकारी दिनुभयो ।

ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना

पाल्पा । जापानी समाजसेवी काजुमासा काकिमी ओके बाजेले उत्कृष्ट उद्यम गर्ने उद्यमीलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने गरी सामुदायिक रेडियो मदनपोखरामा अक्षयकोष स्थापना गर्नुुभएको छ ।

पाल्पा जिल्लामा कृषि, घरेलु उद्योग, पर्यटन र रोजगारी सिर्जना गर्ने जस्ता उद्यम गरेका व्यक्तिलाई पुरस्कृत गर्ने गरी अक्षयकोष स्थापना गर्नुभएको हो जापानी समाजसेवी बाजे र सामुदायिक रेडियो मदनपोखरा सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसी बीच सारेम उद्यम प्रवद्र्धन पुरस्कार अक्षयकोषको संझौता–पत्रमा आज हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर पछि ओके बाजेले मिडोरी जापानको तर्फबाट प्राप्त दुई लाख रुपैँयाको चेक हस्तान्तरण गर्नुभयो ।

काजुमासा काकिमी ओके बाजेले आर्थिक विकासका लागि उद्यमशीलता महत्वपूर्ण हुने भएकोले उद्यमी र इलमीलाई पुरस्कृत गरेर हौसला बढाउने यो कार्यक्रम धेरै मन प¥यो भन्नुभयो । उहाँले भन्नुभयो, ‘यो दुई लाखको अक्षयकोष भर्खर जन्मेको छ । यसलाई हुर्काउने र बढाउने काम गर्नुपर्छ । पाँच वर्षपछि यो कोषको रकम वृद्धि हुने आशा गरेको छु ।’

सामुदायिक रेडियो मदनपोखराका सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीले उद्देश्यबाट कहिल्यै बिचलित नहुने, स्रोतको दुरुपयोग नगर्ने र दुरुपयोग गर्नेका विरुद्ध आवाज उठाउने संस्था भएकाले ओके बाजेबाट प्राप्त कोषको राम्रो सदुपयोग गर्ने बताउनुभयो । नागरिकहरु आर्थिक क्रियाकलापमा संलग्न नहुँदा सम्म देश समृद्ध नहुने र त्यसका लागि मिहिनेत गर्नेलाई हौसला बढाउन यो कोष फलदायी हुने उहाँको विश्वास छ ।

कार्यक्रममा सारेमका उपाध्यक्ष गुणाकर अर्याल, तानसेन ८ का वडा सदस्य ढाका कुमारी पंगेनी, शिक्षक सुन्दर श्रेष्ठले पाल्पामा ओकेबाजेको धेरै ठूलो योगदान रहेको र आफ्नो क्रियाकलाप सुनाउने रेडियोमा अक्षयकोष राखेकोमा धन्यवाद दिनुभयो ।

जापानमा छोराको मृत्युपछि बाबुआमाले मिडोरीको नाममा स्थापना गरेको फाउन्डेशनले ओके बाजे मार्फत् पाल्पामा धेरै सहयोग गर्दै आइरहेको छ । पाल्पा जिल्लालाई कर्मथलो बनाई उद्यम गरेकोे, आफ्नो काममा पूर्ण व्यवसायिक रहेको व्यक्तिलाई पुरस्कृत गर्ने सम्झौता रहेको सारेमका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले जानकारी दिनुभयो ।

सहकारिको तरकारि बोकेको जिप दुर्घटना

माघ २९ – मदनपाेखरा संगम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको तरकारी लिएर बुटवलतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको छ ।

तानसेन ९ तिन्टीअाँपबाट तरकारी लिएर हिंडेको लु २ च ३१४ नम्बरको बलेरो गाडी तानसेन ९ बाहुनखोला सालघारीमा दुर्घटना भएको हो । सहकारीका सहसचिव एवम बजार प्रतिनिधि चिन्तामणि भट्टराई र अनिल थापा सकुशल हुनुहुन्छ ।

गाडी सडकबाट करिव १०० मिटर तल खसेकाले काउली र अन्य तरकारी पोखिएको छ भने गाडीमा क्षति भएको छ । सहकारीको गाडी तरकारी लिएर दैनिक बुटवल बजार जाने गर्दछ ।

पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस

बाेली । माघ २३ – नेपाल पत्रकार महासंघ पाल्पाको बैठकले नयाँ सदस्यको लागी ९ जनालाई सदस्य सिफारिस गरेको छ ।


बैठकले जनता टेलिभिजन र श्रीनगर एफ.एममा कार्यरत सुनिल कार्की, न्यूज २४ मा कार्यरत सुमन कार्की ,नेपाल टेलिभिजनमा कार्यरत कमल अधिकारी जनचेतना दैनिकका रामचन्द्र रायमाझी, मेचिकाली दैनिका नेत्र गैरे पत्रकार महासंघ पाल्पाको सदस्यमा सिफारिस भएका हुन् ।

त्यस्तै युनिक एफ.एम.मा कार्यरत विष्णु प्रसाद खनाल, सामुदायिक रेडियो मदनपोखराका मानबहादुर हिस्की, रेडियो पाल्पा रामपुरका दानबहादुर हिस्की र सामुदायिक रेडियो रामपुरका धनबहादुर ठाडा सिफारिसमा परेका हुन् ।


महासंघको सदस्यताका लागि आबेदन परेका पत्रकारहरुको अध्ययन तथा सिफारीस गर्न बनेको समितिले पेश गरेको प्रतिवेदन माथी छलफल गरि कार्यसमितिले ९ जना लाई सदस्यताको लागि सिफारिस समेत गरेको सचिव किरण कौशलले जानकारी दिनुभयो ।


बैठकले निर्माणाधिन भवन पुरा गर्नका लागि आबश्यक बजेट व्यवस्थापनका लागि भवन निर्माण उपभोक्ता समितिलाई जिम्मेवारी समेत दिएको छ । नयाँ सदस्यताका लागि कार्यसमितिको बैठकको निर्णय अनुसार केन्द्रमा पठाईने संघका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो ।

उहाँले कार्यसमितिको सिफारीस मात्र अधिकार रहेको र नयाँ सदस्यता वितरण केन्द्रले नै गर्ने भएकोले केन्द्रिय समितिको निर्णय अनुसार सदस्यता थप हुने समेत जानकारी दिनुभयो ।

फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा

विजयकुमार बौडेल –
माघ २३ – रिब्दीकोट गाउँपालिकाले भवानी मावि कुसुमखोलाका फरक क्षमता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।


मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम कार्यान्वयन सिफारिस समितिको आयोजनामा फरक क्षमता भएका ११ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । विद्यार्थीहरुलाई न्यानो कपडा सिरक, डसना, ब्लाङ्केट, ज्याकेट लगाएतका सामग्री वितरण गरिएको हो ।


न्यानो कपडा वितरण गर्दै रिब्दीकोट ५ कुसुमखोलाका पुर्व अध्यक्ष माधव आचार्यले फरक क्षमता भएका विद्यार्थीहरुको हौसलाका लागी न्यानो कपडा वितरण गरिएको बताउनुभयो । आचार्यले विद्यार्थीहरुलाई अध्ययन गर्न प्रोत्साहित गर्नको लागी गाउँपालिकाले योजना बनाएर लागीपरेको बताउनुभयो ।


गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले विभिन्न कारणले फरक क्षमता भएका विद्यार्थीहरुले पढाई छाड्दै गईरहेको प्रशंग उल्लेख गर्दै सबैको पहलले उनीहरुलाई स्थापित गर्नुपर्ने बताउनुभयो । अध्यक्ष जिसीले रिब्दीकोट गाउँपालिका फरक क्षमता भएका विद्यार्थीहरुको व्यक्तित्व विकासमा लागी परेको बताउनुभयो ।


प्रमुख प्रसासकिय अधिकृत ऋषिराम अर्जेलले फरक क्षमता भएका विद्यार्थीहरुलाई फरक दृष्टीले हेर्न नहुने भन्दै गाउँपालिकाले विभिन्न कार्यक्रम मार्फत उनीहरुलाई उत्प्रेरित गराउन लागीपरेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनाल, शिक्षा साखा संयोजक मणी खनाल, समाजसेवी मोतीराज ज्ञवाली, वेणीमाधव आचार्य लगाएतले गाउँपालिकाले फरक क्षमता भएका विद्यार्थीहरुको लागी उपयोगी कार्यक्रम ल्याएको र यसलाई निरन्तरता दिने विषयमा जोड दिनुभयो ।

पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन

विजयकुमार बौडेल –
माघ २३ – संगिता फाउण्डेशन नेपालले विद्यार्थी र वृद्धहरुलाई सहयोग गरेको छ ।

फाउण्डेसनकी अध्यक्ष संगिता भट्टराईले नवदुर्गा माध्यमिक विद्यालय रामपुर ६ तिलकपुरका ३० जना विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान गर्नुभएको हो । त्यस्तै राधादामोदर आरोग्य वृद्धाआश्रम चापाकोट ६ केलादी धामका वृद्धहरुलाई एक दिनको लागि खाद्यान्न हस्तान्तरण गर्नुभएको हो ।

भट्टराईले वृद्धाश्रममा आवश्यक चामल, तरकारी, घ्यू, फलफुल आदी मन्दिरका पिठाधिस गोपाल शरण देवाचार्यलाई हस्तान्तरण गर्नुभएको हो । भट्टराईले आफ्नो २७ औं जन्मदिनको अवसरमा सामग्री प्रदान गर्नुभएको हो ।

विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गर्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले विद्यार्थीहरुमा परोपकारी भावनाको विकास हुने भन्दै भट्टराईलाई धन्यवाद व्यक्त गर्नुभयो । ढकालले अबको आवश्यकता प्राविधिक शिक्षा भएको भन्दै व्यवहारिक र संस्कार युक्त शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

फाउण्डेशनकी अध्यक्ष भट्टराईले कतैबाट डोनेसन नलिइ आफुले आर्जन गरेको केही अंश परोपकारमा लगाउनु पर्छ भन्ने उद्देश्यले आफुले शिक्षामा खर्च गर्दै आएको बताउनुभयो । भट्टराईले विगतका केही वर्ष देखि आफ्नो जन्मदिन बालबालिका तथा वृद्धवृद्धाहरु संग मनाउँदै आएको बताउनुभयो ।

छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार

विजयकुमार बौडेल –
माघ १६ – वैदेशिक रोजगारका क्रममा ज्यान गएपछी पाल्पा झिरुबासका चम्पी बयम्बु र टेक बहादुर बयम्बुको जिउने आधार नै हरायो ।

उमेर छँदैको छोरा वैदेशिक रोजगारको क्रममा ज्यान गएपछी बुढा बाबुआमालाई छोरा गुमाउनुको पिडा संगै आर्थिक अभाव समेत झेल्नु पर्यो । छोराको जिवन विमा बुढा बाबुआमाको सहारा बन्यो । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडबाट छोराले गरेको जिवन विमा वापत बयम्बु परिवारले १४ लाख रुपैंयाको चेक बुझे । छोरा गुमाएको पिडा त एकातिर छँदै थियो तर छोराको विमा जिवन जिउने र अनिवार्य आवश्यकता पुरा गर्नको लागी राहत भयो ।

त्यस्तै रामपुर नगरपालिका वडा नं. ६ निवासी पिताम्वर ढकालको असामयिक निधन भएपछी उहाँकी श्रीमती जानकी देवी ढकालले २ लाख ६७ हजार ४ सय ५० रुपैँयाको चेक बुझ्नुभयो । त्यस्तै झिरुवास कै झनीसरा रानाले पनी श्रीमान भुवन सिं राना निधन भएपछी उहाँको नाममा रहेको जिवन विमा वापतको १ लाख ४३ हजार १ सय रुपैँयाको चेक बुझ्नुभयो ।

कम्पनी मुख्य व्यवसाय प्रवन्धक संगिता भट्टराईले जिवन विमा गरेका व्यक्तिको असामयिक निधन हुँदा परिवारको विचल्ली हुने भएकाले जिवन विमा आवश्यक भएको बताउनुभयो । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकै दिन तिनवटा मृत्यु दावी भुक्तानी गरेको छ ।



रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा

विमला ज्ञवाली –
१६ माघ – रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले आउँदो आर्थिक बर्ष सम्म गाउँपालिकाका सबै घरमा एक घर एक धारा पुर्याउने बताउनुभएको छ ।

वडा नं. ७ मा सञ्चालित खानेपानी योजनाको अनुगमन गर्दै अध्यक्ष जिसीले एक करोड रुपैंयाको लगानीमा सञ्चालित योजना सञ्चालन गर्न वडालाई प्राथमिकता दिएको बताउनुभयो । अध्यक्ष जिसीले पालुङमैनादीमा भएका योजनामा जनसहभागीता राम्रो देखिएको बताउनुभयो ।

अनुगमन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले योजना सम्पन्न गराउन स्थानिय नागरिकहरुले सक्रिय रुपमा जनश्रमदान गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उपाध्यक्ष खनालले सबै योजनाका उपभोक्ताहरुले आफ्नै लागी आएको योजना सम्पन्न बनाएर त्यसको संरक्षण समेत गर्नुपर्ने जिम्मेवारी हुने बताउनुभयो ।

वडा नं. ७ पालुङमैनादीका वडाध्यक्ष निल बहादुर रास्कोटीले खानेपानीका लागी स्थानियले धेरै दुख पाएको भन्दै अव त्यो समस्या टरेको बताउनुभयो । वडाध्यक्ष रास्कोटीले स्थानिय तहले नागरिकका आधारभुत आवश्यकताहरु पुरा गर्न योजना बनाएर काम गरिरहेको बताउनुभयो ।
घरघरमै खानेपानी आउने भएपछी पालुङमैनादीका नागरिकहरु खुसी छन् ।

टाढाटाढा बाट खानेपानी बोक्नुपर्ने समस्या टरेको भन्दै स्थानियहरुले समयको बचत समेत हुने भएकाले स्थानिय तहलाई धन्यवाद समेत दिएका छन् ।

चापपानीको पिपल काण्ड नालीबेली

विजयकुमार बौडेल –
माघ १६ – बगनासकाली गाउँपालिका वडा नं. ९ लाङडाँडाको चौपारीको पिपल गैरकानुनी रुपमा काटीएको र चौपारी जिर्ण बनाएको भन्दै चौतर्फी आलोचना भएको छ ।

कुनै एक व्यक्तिको घडेरी बनाउने कामको सहजताको लागी वडाध्यक्ष ठानेश्वर तिमिल्सेनाले गैरकानुनी रुपमा पिपलको बोट काट्ने निर्णय गरेको भन्दै चौतर्फी आलोचना भएको हो । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले वडाध्यक्षले हाँगा काट्न निवेदन आएको भनेकाले मौखिक रुपमा वन संग समन्वय गरेर काम गर्न भनेको बताउनुभयो । अध्यक्ष बस्यालले त्यहाँ घडेरी खन्दै गरेको भन्ने थाहा पाएको बताउनुभयो । वडामा निवेदन आएको नआएको यकिन भने थाहा नभएको अध्यक्ष बस्यालले बताउनुभयो ।

वडाध्यक्ष ठानेश्वर तिमिल्सेनाले बटुवालाई असर गरेको भनेर रुख काट्ने निर्णय गरेको भनेपनी स्थानियले भने पिपलको कुनै पनि हाँगाले बटुवालाई असर नगरेको बताएका छन् । स्थानियले बुद्ध बहादुर थापाले घर बनाउन घडेरी खनिरहेको र घर बनाउन अप्ठेरो हुने ठानेर वडाध्यक्ष संगको मिलेमतोमा रुख काट्ने सेटिङ मिलाएको बताएका छन् । वडाको निर्णयमा यात्रुलाई खतरा भएको र हाँगा काट्न बस्तीस्तरबाट निवेदन आएकोले रुखका हाँगा काट्ने र त्यसको जानकारी डिभिजन वन कार्यालय पाल्पामा पठाउने निर्णय गरिएको छ । रुख काट्दा झरेका हाँगा विगाको कारणले यो बर्ष नै ओटासिल भएको बाटो समेत भत्किएको छ ।

वडाध्यक्ष तिमिल्सेनाले बाटो बनाउँदा एकातिर बाट खनेर रुख ढली जनधनको क्षती हुने अवस्था आएकाले काट्नुपरेको बताउनुभयो । अध्यक्ष तिमिल्सेनाले वन बाट २ मिटर पर पर्ने रुख काट्न २५ घरले हस्ताक्षर गरेर माग गरेकाले रुख काटिएको बताउनुभयो । अध्यक्ष तिमिल्सेनाले अधिकार भन्दा एक ईन्च पनी बाहिर गएर काम नगरेको भन्दै सुनियोजित रुपमा भ्रम फैलाएको बताउनुभयो ।

रुखमुनी घर बनाउने भनेर घडेरी सम्याईरहेका बुद्ध बहादुर थापाले भने व्यक्तिगत र सामुहिक रुपको रुख काट्ने निवेदन वडा कार्यालयमै गएर दिएको बताउनुभयो । वडा कार्यालयमा निवेदन दिँदा वडाध्यक्ष र आफु मात्र भएको थापाले बताउनुभयो । स्थानियले भने चौतर्फी आलोचना भएपछी पहिलेकै मिति राखेर फर्जी निवेदन तयार गरेको बताएका छन् ।

सहायक बन अधिकृत माधुरी खड्काले स्थलगत अनुगमन गरेपछी एउटा मात्रै हाँगा काट्ने कुरा भएको बताउनुभएको छ । खड्काले आफुलाई झुक्याएको बताउँदै वडा कार्यालयलाई वन कार्यालयले रुख नै काट्ने अधिकार नदिईएको बताउनुभयो ।

वन ऐन दफा ३७ मा अत्यावश्यक भएको अवस्थामा यस्ता सार्वजनिक स्थानका रुख कटान छटान गर्न स्थानीय तहलाई अधिकार दिएपनी उपदफा ३ मा कार्यबिधि बनाएर मात्रै सार्वजनिक स्थानका काट्न पाउने भनेको छ । तर रुखका हाँगा काट्ने सम्बन्धि कार्यविधि भने अहिले सम्म नबनाएको गाउँपालिका अध्यक्ष बस्यालले बताउनुभयो ।

कार्यबिधि नै नबनाई रुख काट्नु गैरकानुनी भएको जानकारहरुले बताएका छन् ।

फाेटाे : palpasamachar.com

श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ

पाल्पा । प्रायः सरकारी विद्यालयमा श्रीपञ्चमीका दिन विद्यालय बन्द हुने गर्दछन् । तर दमकडा नमूना माध्यमिक विद्यालय पाल्पाले भने सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रमको आयोजना गरेर राम्रो सन्देश दिएको छ । विद्यालय प्रवेश नगरेका बालबालिकालाई विद्यालय ल्याउने, कलम नसमातेका हातहरुमा कलम कापी थमाउने र अक्षर लेख्न सिकाउने कार्य गरेको छ ।

विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा आरधना गर्दै नयाँ बालबालिकालाई विद्यालयले अक्षरारम्भ गराएको हो । तीन वर्ष पुग नपुग उमेरका बालबालिकालाई कापी, पाटी र ल्यावटवमा लेख्न सिकाएर अक्षरारम्भ गराइएको विद्यालयका प्राथमिक तह संयोजक जीवन आचार्यले बताउनुभयो । श्रीपञ्चमीका दिन विद्यालय आउन सुरु गरेका साना बालबालिकालाई अक्षरारम्भ गराउने प्रचलन रहेको छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास रहिआएको छ ।

दमकडा माध्यमिक विद्यालयले मन्टेश्वरी कक्षामा भर्ना हुन आएका करिव २५ जना बालबालिकालाई ठूलो वर्णमाला, कापी, कलम, झोला र टिफिन बक्स प्रदान गरेको छ । समारोहका प्रमुख अतिथि शिक्षाविद् राधाकृष्ण शर्माले श्रीपञ्चमीका दिन सरस्वती पूजा गराएर नयाँ कुरा सिक्ने वातावरण प्रदान गरेर विद्यालयले सबै अभिभावकको प्रशंसा पाएको बताउनुभयो ।

शिक्षा, संस्कार र संस्कृति हरेक नागरिकले सिक्नै पर्नै कुरा हुन्, यस्ता कुरा घर र विद्यालयबाट सिकाउनुपर्ने उहाँको जोड छ । पूर्व प्रधानाध्यापकसमेत रहनुभएका शर्माले भन्नुभयो, ‘कक्षा सुरुवातकै दिन नयाँ प्रविधिसँग परिचित हुन पाउनु र विद्यार्थीको प्रवेशलाई विद्यालयले उत्सव मनाउने प्रचलनले खुशी तुल्याएको छ ।’ कार्यक्रममा अभिभावक भगवती पराजुलीले सामुदायिक विद्यालयले सरस्वती पूजाको दिन यस्तो राम्रो कार्यक्रम गरेकोमा विद्यालयलाई धन्यवाद दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले विद्यालयको ६३ वर्षको इतिहासलाई अझ चम्किलो बनाउन अक्षरारम्भ कार्यक्रम सुरु गरिएको बताउनुभयो । आधारभूत तहबाटै सिकाई उपलब्धी बढाउन यो वर्षदेखि मन्टेश्वरी विधीबाट पठनपाठन सुरु गरिएको र गुणस्तरीय शिक्षा प्रदान गरेर सामुदायिक विद्यालयप्रतिको विश्वास अझ बढाउने प्रधानाध्यापक सापकोटाले बताउनुभयो । स्मरण रहोस्, दमकडाले मन्टेश्वरी कक्षाका लागि मन्टेश्वरी शिक्षकको व्यवस्था गरेको छ ।

यहाँ दृष्टिविहीन बालबालिकाले ब्रेल लिपीमा पठनपाठन गर्नुका साथै विज्ञान, व्यवस्थापन र सिभिल इन्जिनियरिङ विषयका कक्षा समेत सञ्चालन हुँदै आएको छ ।

पाल्पा महोत्सव २०७६ को तयारी तिब्र

विजयकुमार बौडेल –
माघ १६ – पाल्पा महोत्सव २०७६ को तयारी तिब्र रुपमा अगाडी बढेको आयोजक व्यापार संघले जनाएको छ ।


मेला स्थल निर्माण तथा स्टल बुकिङ लगाएतका काम तिब्र रुपमा अगाडी बढिरहेको आयोजकले जनाएको हो । तानसेन नगरपालिका वडा नं. ९ को दमकडा खेल मैदानमा हुन लागीरहेको महोत्सव तयारीका लागी विभिन्न उपसमिति बनाएर जिम्मेवारी अनुसार कार्य गरिरहेको मुल आयोजक समितिका संयोजक चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो ।


महोत्सव सफल बनाउनको लागी सबै पक्ष र सरोारवालाहरुलाई समेटेर अघि बढ्नुपर्ने जनप्रतिनिधी तथा नागरिक समाजका प्रतिनिधीहरुले बताएका छन् । जनप्रतिनिधी तथा नागरिक समाज समन्वय उपसमितिका संयोजक विष्णु कार्कीले सबैको सुझाव र सहयोग अनुसार महोत्सव सञ्चालन गरिने बताउनुभयो । संयोजक कार्कीले स्थानिय उत्पादनलाई जोड दिँदै यहाँका कृषक र उद्यमीलाई व्यवसायिक बनाउन महोत्सवले सहयोग गर्ने बताउनुभयो ।


दमकडामा बसेको जनप्रतिनिधी तथा नागरिक समाज समन्वय उपसमितिको बैठकमा तानसेन ९ का वडाध्यक्ष हरिसुमर रेग्मीले मदनपोखरामा पाल्पा महोत्सव सञ्चालन हुनु सबैको लागी गर्व भएको बताउनुभयो । अध्यक्ष रेग्मीले मदनपोखराका हरेक घरका सदस्यहरु महोत्सव सफल र सम्पन्न गर्नको लागी हरेक जिम्मेवारी र भुमिका निर्वाह गर्न उत्साहित रहेको बताउनुभयो ।


ग्रामिण क्षेत्रमा महोत्सव सञ्चालन हुन लागेकोमा स्थानियहरु पनी खुसी भएका छन् । महोत्सवले पाल्पाको संस्कृती, पर्यटकिय स्थल तथा स्थानिय उत्पादनको प्रवद्र्धन हुनेमा सरोकारवालाहरु समेत उत्साहित छन् ।

स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी

विजयकुमार बौडेल –
१२ माघ – रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले स्थानिय तहहरुले गरेका नमुना कामहरुको प्रचारप्रसार हुन नसकेको बताउनुभएको छ ।

गाउँपालिका अध्यक्ष जिसीले स्थानिय तहहरुले निर्वाचन यता स्थानिय तहहरुले शिक्षा, स्वास्थ्य, कृषी र पर्यटन जस्ता क्षेत्रमा धेरै नमुना काम भएपनी नागरिकहरु माझ पुग्ननसकेको बताउनुभएको हो । जिसीले रिब्दीकोट गाउँपालिकाले धेरै क्षेत्रमा नमुना काम गरेर समृद्धि तर्फ अघी बढेको बताउनुभयो ।

“स्थानिय तहहरुले गल्ती नै गरेका छैनन् भन्न खोजेको चाँही होईन तर स्थानिय तहका सानातिना कमी कमजोरी धेरै हाईलाईट भयो । धेरैजसो वितृष्णाका कुराहरु मात्र धेरै आए ।” अध्यक्ष जिसीले भन्नुभयो “निराशाको खेती गरेर मात्र त भएन नी । भएका सकारात्मक कामहरुको प्रचारप्रसार सहित कमी कमजोरी पनी औंल्याईदिए अझ उत्तम हुन्थ्यो ।” स्थानिय तहका सकारात्मक कुरा सहित कमी कमजोरीहरु सञ्चार माध्यममा आउनुपर्ने जिसीको भनाई थियो ।

रिब्दीकोट गाउँपालिकाले स्थानिय तहको निर्वाचन भएयता पुर्वाधार तर्फ सबै वडामा सडक सञ्जाल पुर्याउन सफल भएको जिसीको भनाई छ । विकासको पहिलो खुड्किलो सडक नै भएकाले यो आर्थिक बर्षमा मात्रै ७ करोड रुपैंया सडक स्तरोन्नतीमा लगानी गरेको गाउँपालिकाले जनाएको छ । “कृषी र पशुपालन पेशालाई यान्त्रीकरण तथा प्रविधी यूक्त बनाउन र उत्पादनमा आधारित अनुदान दिने काम जिल्लामै नमुना गरेका छौं । यसमा २ करोड रुपैंया लगानी गरेका हौं ।”


जिसीले भन्नुभयो “खानेपानी तर्फ एक करोड भन्दा माथीका ६ वटा ठुला योजना सञ्चालन गरेका छौं । यही आर्थिक बर्षमा ८० प्रतिशत परिवारलाई एक घर एक धारा द्धारा स्वच्छ खानेपानी पुर्याईसक्छौं भने अर्को आर्थिक बर्ष भित्र सबैलाई पुर्याउँछौं ।”

रिब्दीकोट गाउँपालिकाले धार्मिक र पर्यटकिय स्थलहरुको पनी संवद्र्धन गरेको छ । कोशेलीघर स्थापना, भैरवस्थान र रिब्दीकोटको जलेश्वर क्षेत्रमा ऐतिहासिक धार्मिक सप्ताह समेत गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै गाउँपालिकाले शिक्षा क्षेत्रमा स्थानिय श्रोत बाट राखीएका शिक्षकहरुको लागी तालिम सहित शिप अभिवृद्धिका लागी ७० लाख रुपैंया खर्च गरेको जनाएको छ । स्वास्थ्य क्षेत्रमा संस्थागत सुत्केरी र नियमित खोप सहित स्वास्थ्य सेवाको कामलाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष जिसीको भनाई छ ।

विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर)

विजयकुमार बौडेल –
११ माघ – पर्यटन बर्ष २०२० को प्रवद्र्धनका लागी सञ्चालन भएको विजय दौड पाल्पा २०७६ अन्र्तगत २१ किलोमीटर खुला दौड तर्फ काठमाण्डौका नरेन्द्र सिंह रावत प्रथम हुनुभएको छ ।

रावतले १ घण्टा १६ मिनेट ९ सेकेण्डमा निर्धारित दुरि पार गर्दै ५० हजार रुपैंया प्राप्त गर्नुभएको हो । दोश्रो हुन सफल रुकुमका दुर्गाराज बुढाले १ घण्टा १८ मिनेट २० सेकेण्डमा दुरि पार गर्दै ३० हजार, तेश्रो हुन सफल सुवास कार्किले १ घण्टा १८ मिनेट ३५ सेकेण्डमा दुरि पार गर्दै २० हजार र सान्त्वना हुन सफल शिव बहादुर रायमाझीले १ घण्टा १८ मिनेट ४२ सेकेण्डमा दुरि पार गर्दै ५ हजार प्राप्त गर्नुभएको छ । २१ किलोमिटर दौड्नेहरु तानसेन बजार हुँदै भैरवस्थान मन्दिर परिक्रमा गरि आएका थिए ।

त्यस्तै कक्षा १२ सम्मका छात्रहरुको ५ किमि दौडमा भक्तपुरका सागर श्रेष्ठ प्रथम हुनुभएको छ । श्रेष्ठले २० हजार रुपैंया प्राप्त गर्नुभएको छ भने दोश्रो हुन सफल काठमाण्डौका युनिस सारु मगरले १० हजार, काठमाण्डौकै प्रविण बोहोराले तेश्रो भई ५ हजार, महोत्तरीका नारायण कुमार कुसवाहाले सान्त्वना भई २ हजार प्राप्त गर्नुभएको छ । त्यस्तै छात्रातर्फको ५ किलोमिटर दौडमा हुमि बुढामगर प्रथम हुनुभएको छ । त्यस्तै खिमा सेरचन दोश्रो, सञ्जु गाहा तेश्रो र सपना सारु सान्त्वना भएका छन ।

जिल्ला समन्वय समिती पाल्पाका कार्यवाहक प्रमुख मिरा मरासिनिले विजय दौडले पाल्पाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताउनुभयो । मरासिनिले विजयी खेलाडीहरुले भोलीका दिनमा राष्ट्रको प्रतिनिधित्व गर्दै नाम राख्ने भन्दै अझ मेहेनतका साथ अभ्यास गर्न अनुरोध गर्नुभयो ।
गोरखदल गणका गणपती सुरज थापाले विजय दौड सञ्चालन गर्न सहयोग गर्ने पाल्पाका १० वटै स्थानिय तह र सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । गणपती थापाले भ्रमण बर्ष २०२० मा सम्पुर्णलाई पाल्पा घुम्न आउन निमन्त्रणा समेत गर्नुभयो ।

२१ किलोमिटर दौड पुरा गर्ने दुई महिला जमुना हिताङ्ग र सुनिता न्यौपाने तथा बेलायती नागरिक डेनियल जेम र जापानी नागरिक ताईसुके अकोरालाई समेत गणले विशेष सम्मान गरेको छ । विजय दौड पाल्पाकै अवसरमा पर्यटन बर्षलाई प्रवद्र्धनका लागी वाकाथुन दौड समेत भएको छ ।

दौडमा प्रदेश सांसदहरु नारायण आचार्य, पुरनमान बज्राचार्य, विर बहादुर राना, तानसेन नगरपालिकाका प्रमुख असोक कुमार साही, रम्भा गाउँपालिकाका प्रमुख बिष्णु भण्डारी, रिब्दीकोट गाउँपालिकाका प्रमुख नारायण बहादुर जिसी, पुर्वखोला गाउँपालिकाका प्रमुख नुन बहादुर थापा, निस्दी गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारु, बगनासकाली गाउँपालिकाका प्रमुख कृष्ण प्रसाद बस्याललगाएत सहभागी हुनुहुन्थ्यो ।

पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने

विजयकुमार बौडेल –
४ माघ – नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पाल्पामा विजय दौड पाल्पा २०७६ सञ्चालन हुने भएको छ ।


स्थानिय, राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको प्रर्वद्धन र हौसलाको लागि यही माघ ११ गते जिल्लामा दौड प्रतियोगिता आयोजना हुन लागेको पाल्पा स्थित नेपाली सेना गोरख दल गण पाल्पाले जनाएको छ । जिल्लाको दश वटै स्थानिय तह र नेपाली सेना गोरख दल गणको संयुक्त आयोजनमा प्रतियोगिता हुन लागेको हो ।

गणका गणपति सुरज थापाले प्रतियोगिता अन्र्तगत २१ कि..मी. खुल्ला ( हाफ म्याराथन ) ५ किलो मिटर दौड कक्षा १२ सम्मका छात्र –छात्रा र वाकाथुन ३ कि.मी इच्छुकको सहभागीतामा दौड प्रतियोगिता हुने गणका गणपति थापाले बताउनुभयो ।


प्रतियोगिता अन्र्तगत २१ कि.मी.खुल्ला ( हाफ म्याराथन ) मा प्रथम पुरस्कार ५० हजार ,दोस्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्कार १५ हजार र सान्तवना पुरस्कार ५ हजार पुरस्कारको ब्यवस्था गरिएको छ । यसै गरि ५ कि.मी दौड अन्र्तगत कक्षा १२ सम्मका छात्र –छात्रा बीच हुने छ । जस अन्र्तगत प्रथम पुरस्कार २० हजार, दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार र सान्तवना पुरस्कार २ हजार रहेको छ ।


प्रतियोगिता अन्र्तगत २१ कि.मी दौड हाफ म्याराथुनको लागि टुंडिखेल,तानसेन बजार र भैरबस्थान मन्दिरबाट फिर्ता हुंर्दै टुंडिखेल रुट प्रयोग हुनेछ । यस्तै ५ कि.मी दौड अन्र्तगतको प्रयोग हुने रुट टंडिखेल, तानसेन बजार, श्रीनगरबाट फिर्ता हुर्दै टुंडिखेल रहने छ । वाकाथुन ३ कि.मी को रुट टुंडिखेल, तानसेन बजार हुँदै टंडिखेलको रुट प्रयोग हुने छ ।


प्रतियोगिताको लागि सुरुमा नाम दर्ता गर्ने ३ सय जनालाई आकर्षक टिर्सटको ब्यवस्था गरिएको छ । प्रतियोगितामा दर्ता शुल्क भने निशुल्क रहेको गणले जनाएको छ ।

नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित

बोली । बैसाख ९ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।


पाल्पा जिल्लामा तत्कालीन जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्य नेपाल कम्युनिस्ट पार्टी नेकपा पाल्पाको अध्यक्ष र तत्कालीन नेकपा माओवादीका जिल्ला संयोजक गिरबहादुर थापा सचिवमा चयन हुनुभएको हो । नेकपा सचिवालय बैठकले नयाँ मापदण्ड तय गरे सँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ ।


नेतृत्व चयनले सम्पुर्ण कार्यकर्ता उत्साहित भएको नेकपाका जिल्ला सदस्य गुरास आत्रेयले बताउनुभयो । आत्रेयले पार्टी एकता भएको लामो समय सम्म पनी जिल्ला नेतृत्व चयन नहुँदा हतोत्साही भएका कार्यकर्ताहरु नेतृत्व चयनपछी समृद्धिको लागी थप सहयोग पुगेको बताउनुभयो ।


अध्यक्ष र सचिवको टुंगो लगाए संगै अव एकता प्रकृयाका अन्य बाकी काम पुरा गरिने अध्यक्ष नारायणप्रसाद आर्चायले बताउनुभयो । यसैविच नेपाल कम्प्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवस तथा लेनिन जयन्ती पाल्पामा पनि मनाइएको छ ।


नेकपा पाल्पाले पार्टी कार्यालयमा आयोजित गरेको कार्यक्रममा नेपाल कम्प्युनिष्ट पार्टीको इतिहास, वर्तमान र अगामी कार्यदिशाका बारेमा चर्चा गरिएको थियो । पार्टी एकता प्रक्रियापछि उत्साहित बनेको नेकपाले समृद्ध मुलुक र सुखी नेपालीको सार्थक बनाउन आफ्ना पार्टी कार्यकर्ताहरु प्रंतिवद्ध भइ लाग्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नम्वर ५ का सांसद तुलाराम घर्ती बसन्तले पार्टी एकतामा भएका तुसहरुलाई अन्त्य गरी पार्टीलाई मजबुत र मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्ने बताउनुभयो ।


नेकपाका नेताहरु राधाकृष्ण कडेल, नेत्रप्रसाद पाण्डे, दयाराज बस्याल, नेपाल पत्रकार महासघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल लगायतले एकता प्रक्रियाले पार्टी बलियो बनेको बताउनुभयो । कार्यक्रम नेता राजेन्द्र विश्वकर्माको सञ्चालन र नेकपा पाल्पाका अध्यक्ष नारायण आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस


विजयकुमार बौडेल

बोली । बैसाख ९ – पाल्पा र गुल्मीको संगम स्थल ऋिषिकेश मन्दिर परिसरमा अव्यवस्थित छोडुवा गाईहरुको संख्या बढेको छ ।

दुध दिन छोडेपछी गाईलाई बाटो र मन्दिर परिसरमा छोडिदिँदा गाईहरु बेवारिसे भएको हुन् । मन्दिर परिसरमा १५० भन्दा बढी गाईहरु वटा गाँईहरू छोडुवा अबस्थामा छन् । हिन्दु धर्म अनुसार गाईलाई लक्ष्मी भगवान स्वरुप मानिने भएपनी पछिल्लो समय गाईलाई बेवास्ता गरिने गरिएको छ । हिन्दु धर्म अनुसार पुजापाठ, बिहे, ब्रतबन्ध लगाएतका धार्मिक क्रियाकलापमा ब्राह्मणलाई गाई दान दिने परम्परा भएपनी अहिले ब्राह्मणहरु गाई लिन मान्दैनन् ।

धार्मिक क्रियाकलापहरुमा धेरैजसो ब्राह्मणहरुले असली गाईको सट्टा कुशको गाई बनाएर त्यसबापत नगद लिने गरेको पाईन्छ । गाईको गहुँत विभिन्न रोगब्याधको औषधीमा प्रयोग हुने र दुध पनी निकै पोशिलो मानिन्छ । तर व्यवसायिक युगमा तुलनात्मक रुपमा कम उत्पादन दिने लोकल गाईहरुलाई मानिसहरुले बेवारिसे छाड्ने गरेका छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त रेग्मीले गौसालाको व्यवस्था गर्न नसक्दा गाईको अबस्था नाजुक रहेको बताउनु भयो । रेग्मीले गाईको व्यवस्थापनको लागि स्थानिय तहमा जति पहल गरेपनि वास्ता नगरेको गुनासो गर्नुभयो । बिगत केही बर्ष देखि मन्दिर व्यवस्थापन समितीले गाइलाई बेवारिसे छोड्न नपाउने निर्णय गरेपनी रातीको समयमा लुकेर गाई छोड्ने गरेकाले समस्या समाधान नभएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

हिन्दु धर्मको आस्थाको केन्द्र ऋिषिकेश मन्दिर परिषरमा जम्मा भएका गाईहरु खान र बस्न व्यवस्थित नभएर दुब्ला देखिन्छन् । छोडुवा गाईहरु वनमा चर्ने, कालीगण्डकी नदिको बगरमा डुल्ने र जहा मन लाग्यो त्यहीँ बस्न बाध्य छन् ।

कालीगण्डकीमा र्याफ्टिङ उत्सव


जल प्रवाहमा र्याफ्टिङ गर्दै प्रवाहित पत्रकारहरू

बाेली । बैशाख ८ – कालीगण्डकी नदीमा दुई दिने र्याफ्टिङ महोत्सव सम्पन्न भएको छ ।


कालीगण्डकी नदीको महत्व र कालीगण्डकी बेशी क्षेत्रको पर्यटन प्रवर्द्धन गरी जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरिएको भएको हो । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पाल्पाको रामपुर नगरपालिका, रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगपालिका र तनहुँको घिरिङ गाउँपालिकाको आयोजनामा महोत्सव उत्तरवाहिनी क्षेत्र असेर्दी बाट सुरु भएको छ ।महोत्सवको शुभारम्भ गर्दै गण्डकी प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री किरण गुरुङले कालीगण्डकी सभ्यता पुरानो रहे पनि सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग निर्माण पछि कालीगण्डकी उपत्यका ओझेलमा परेको बताउनुभयो । कालीगण्डकी करिडोर तथा अन्य सडक सञ्जालले विकासको ढोका उघारेको र अब एकिकृत विकास गरेर अघि बढ्न उहाँले आग्रह गर्नुभयो । प्रस्तावित कालीगण्डकी डाईभर्सन तल्लो तटीय क्षेत्रका जनताको जीवन र संस्कार नामेट पार्ने भएकाले आयोजना अगाडि बढ्न नदिने घोषणा गर्नुभयो । आयोजनाको नाममा शीर छेदन गर्ने काम हुन हामी दिन्नौ उहाँको भनाई थियो ।

प्रदेश सांसद नारायण प्रसाद आचार्यले देशका अधिकांश मुख्य धार्मिक स्थलहरु कालीगण्डकीमा पर्ने हुनाले यसको छुट्टै महत्व रहेको बताउनुभयो । उहाँले गण्डकी वेशी क्षेत्रको समुचित विकासको लागि के गर्न सकिन्छ भन्ने विषयमा सोच्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रदेश सांसद युवराज खनालले संघियताले कालीगण्डकी बेशी क्षेत्रलाई दुई प्रदेशमा बाँडे पनि यहाँका स्थानीय तहहरु मिलेर समग्र आर्थिक तथा सामाजिक विकासको लागि लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले कालीनदीको महत्वलाई देश भित्र र बाहिर प्रचार प्रसार गर्न नसकेको उल्लेख गर्दै नदी र जिवनलाई कसरी जोड्न सकिन्छ भन्ने अध्ययन गर्नका लागि महोत्सवको आयोजना गरिएको बताउनुभयो । गण्डकी प्रदेशका अर्थिक मामिला तथा योजना मन्त्री, प्रदेश ५ का सदस्य, स्थानीय तहका जनप्रतिनिधि, राजनैतिक दल, उद्योग वाणिज्य संघ, सुरक्षाकर्मी, पत्रकार सहित सरोकालवाला गरी १ सय ४६ जनाले १७ वटा डुङ्गामा एकै पटक ¥याफ्टिङ्ग गरेका थिए । चापाकोट मणिमुकुन्देश्वर बाट सुरु भई घिरिङको पुट्टारमा पुगेर महोत्सव समापन भएकाे छ ।

पाल्पा क्षेत्र न•१एमाले उम्मेदवार नारायण प्रसाद आर्चाय काे प्रतिबद्धता पत्र सार्वजनिक

नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद आचार्यले अन्य राजनितिक दलका उम्मेदवारहरुले जनता सामु गरेको प्रतिवद्धतालाई स्विकार गरी कार्यान्वन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । माथाँगढीको सराईमा स्थानीय जनताको सहभागितामा प्रतिवद्धतापत्र सार्वजनिक गर्दै एमाले उम्मेदवार आचार्यले अन्य राजनितिक दलले जनता सामु गरेको प्रतिवद्धता पनी जनताको माग र विकास कुराहरु भएकोले एमालेले ग्रहण गरेर कार्यान्वयन गर्नृे प्रतिवद्धता जनाए । आचार्यले अन्य दलका प्रतिवद्धता पत्र पनि एमालेकै प्रतिवद्धतापत्र सरह मान्यता दिएको आचार्यले बताए ।
उम्मेदवार आचार्यले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र स्थानीय जनताको सहभागितामा माथाँगढीको सराईमा सार्वजनिक गरे । प्रभावित क्षेत्रका जनताको सहमती र स्विकृती वेगेर कालीगण्डकी डाईभर्सनको काम हुन नसक्ने एमाले उम्मेदवार आचार्यले बताए । उम्मेदवार नारायण प्रसाद आचार्यले ’समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई मूर्त रूप दिन पाल्पा क्षेत्र नं. १ को भौतिक र मानवीय विकासका योजनाहरू सार्वजनिक गरेका छन ।
कालीगण्डकी करिडोरको बाकी रहेको निर्माणलाई द्रुत गतिमा सम्पन्न गर्ने, आर्यभन्ज्याङ–रामपुर सडकको स्तरोन्नति गर्ने र बाँसटारी–झडेवा–दुम्कीवास वैकल्पिक सडक निर्माण गर्ने लक्ष्य राखेको छ । साथै, रामपुर निस्दी, पूर्वखोला, रम्भा र माथागढीका वडा केन्द्र जोड्ने सडकहरूको स्तरोन्नतिलाई प्रतिवद्धतापत्रमा प्राथमिकता दिइएको छ ।
पालिका स्तरमा ’नमुना विद्यालय’ स्थापना गर्ने, सहिद बहुमुखी क्याम्पस रामपुरलाई नेतृत्वदायी शैक्षिक संस्थाको रूपमा विकास गर्ने र प्राविधिक शिक्षामा जोड दिने प्रतिबद्धता पत्रमा उल्लेख छ । साथै, मगर मातृभाषामा पठनपाठन सुरु गर्ने र विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने, पालिकास्तरमा कम्तिमा एक एक वटा नमुना विधालय बनाउने योजना प्रतिवद्धतापत्रमा रहेको छ ।
रामपुर अस्पताललाई ’ट्रमा सेन्टर’ सहित विशेषज्ञ सेवामा स्तरोन्नति गर्ने, निस्दी, पूर्वखोला, रम्भा र माथागढीमा १५ शय्याका आधारभूत अस्पतालहरूको निर्माण सम्पन्न गरी छिटो सेवा सञ्चालनमा ल्याउने र स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउने एमाले उम्मेदवार आचार्यले प्रतिवद्धतापत्रमा जनाएका छन ।
’ व्यवसायमुखी कृषि’ मा जोड दिँदै कालीगण्डकी लिफ्ट सिँचाइ र विभिन्न स्थानमा ड्याम निर्माण गरी सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको छ । अदुवा, सुन्तला, अम्रिसो र बेमौसमी तरकारीको बजार व्यवस्थापनका लागि ’हाटबजार र थोक बजार केन्द्र’ निर्माण गरिने उम्मेदवार आचार्यले प्रतिबद्धता पत्रमा जोड दिएका छन । युवाहरूका लागि ’बिउ पुँजी’ र सहुलियत ऋण उपलब्ध गराई स्वरोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीबाट फर्केकाहरूको सीप उपयोग गर्ने नीति लिइएको छ ।
काउलेडाँडा, जल्पा चुलीडाँडा र मदनपोखरा जस्ता क्षेत्रलाई ’हिल स्टेशन’ का रूपमा विकास गर्ने, होमस्टे प्रवद्र्धन गर्ने र आदिवासी जनजातिको पहिचान झल्किने संग्रहालय निर्माण गर्ने योजना छ। वातावरण संरक्षणका लागि डढेलो नियन्त्रण र अम्रिसो, दालचिनी जस्ता आयमुलक वृक्षारोपणलाई प्रतिवद्धतापत्रमा एमाले उम्मेदवार आचार्यले जोड दिइएका छन ।
सार्वजनिक सेवालाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउने, निर्वाचन क्षेत्रका नागरिकसँग ’प्रत्यक्ष संवाद’ र ’जनतासँग जनप्रतिनिधि’ कार्यक्रम मार्फत जनगुनासो सम्बोधन गर्ने प्रतिबद्धता उम्मेदवार आचार्यले व्यक्त गरेका छन ।
पाल्पा क्षेत्र नं. १ मा एमालेले राम्रो काम गरेकोले २०५१ साल देखी निरन्तर विजय हासिल गर्दै आएकोले निर्वाचनको समयमा सबै उम्मेदवारले जनता सामु गरेको प्रतिवद्धतालाई एमालेले अपनत्व लिई आफुले साझा उम्मेदवारको रुपमा काम गर्ने एमाले उम्मेदवार आचार्यले पत्रकार सम्मेलनमा बताए । पाल्पा क्षेत्र नं. १ भुगोल, जनताका समस्या बुझेको, जनताको हरेक दुःखमा सहभागी भएकोले जनताले मायाँ गर्दै आएकोले, यस पटक पनि सूर्यमा मतदान गरी एमालेलाई विजयी बनाउन उम्मेदवार आचार्यले मतदाता संग अनुरोध गरे । अघिल्लो निर्वाचनमा नेपाली काग्रेस सहितको गठबन्धन हुदा समेत ११ हजार मतले निवाचन जितेको र यस पटक एकल प्रतिष्प्रर्धा भएकोले अघिल्लो पटक भन्दा धैरे मतले निर्वाचनमा विजय हासिल गर्ने एमाले उम्मेदवार आचार्यले दावी गरे । माथाँगढी एमाले गाउँकमिटीका अध्यक्ष मान बहादुर रानाको अध्यक्षतामा भएको प्रतिद्धतापत्र सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रम संचालन भएको थियो ।

प्रेस चौतारी नेपाल पाल्पाको चौथो वार्षिक साधारण सभा सम्पन्न, जिम्मेवार पत्रकारितामा जोड

प्रेस चौतारी नेपाल पाल्पाको चौथो वार्षिक साधारण सभा सम्पन्न, जिम्मेवार पत्रकारितामा जोड
समृद्धिका लागि सञ्चार कर्म भन्ने मूलमन्त्रका साथ प्रेस चौतारी नेपाल पाल्पा शाखाको चौथो वार्षिक साधारण सभा माथागढी गाउँपालिका–कसेनी सराईमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अर्थ सचिव प्रदीप आचार्यले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै कृत्रिम बौद्धिकता—एआईको प्रयोग बढिरहेको उल्लेख गर्दै पत्रकारहरूले अझ जिम्मेवार, तथ्यपरक र सत्यनिष्ठ पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो। एआईबाट सिर्जित झुटा सूचना र भ्रामक सामग्रीले समाजमा भ्रम फैलिन सक्ने भएकाले सत्यको पक्षमा उभिनु पत्रकारको दायित्व भएको उहाँको भनाइ थियो।
कार्यक्रमका विशिष्ट अतिथि पाल्पा क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरेले आसन्न निर्वाचन फागुन २१ गते हुने सन्दर्भमा राष्ट्रियता, स्वाधीनता, सामाजिक न्याय, धार्मिक सहिष्णुता, भाषा र संस्कृतिको संरक्षणका लागि सशक्त नेतृत्व आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, विज्ञान तथा प्रविधिको विकासमार्फत देशको समग्र उन्नतिमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा विभिन्न जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा पत्रकारहरूले लोकतन्त्रमा व्यावसायिक र उत्तरदायी पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउँदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको बीच–बीचमा स्थानीय कलाकारहरूले देशभक्तिपूर्ण गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

माडी कृषि बहुउद्देश्यीय सहकारी सँस्था लि. रुप्सेको छैटाैं साधारण सभा सम्पन्न

माडी कृषि बहुउद्देश्यीय सहकारी सँस्था लि. रुप्सेको छैतौ साधारण सभा शनिबार सम्पन्न भएको छ । माथागढी गाँउपालिका वडा २ रुप्सेमा शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष यम चिदीले सहकारी जोखिममा परेको खबर जति आईरहेका छन । त्यसको न्यूनीकरण गर्न सेयर सदस्यहरु नै चनाखो भई पारदर्शिताको लागि संचालक समितिलाई खबरदारी खोजिनीति गर्नु पर्दछ भन्नु भयो । गाँउपालिकाले पालिका भित्रका सहकारीलाई सक्षम् र सबल बनाउनु पर्छ भन्ने मान्यता राखेर बिभिन्न समयमा सहकारी सम्बन्धी तालिम अन्तरक्रिया आयोजना गर्दै आएको र अनुगमन समेत गरिदै आएको बताउनु भयो । सो अवसरमा वडा नम्बर २ का अध्यक्ष बोम बहादुर ठाडा, वडा नम्बर ३ का अध्यक्ष तेज घर्ति मगर, पुर्व सहकारी प्राचार्य श्रीकृष्ण नेपाल, कर्णधार माविका प्रअ राजन अधिकारी, सनराइज पब्लिक स्कुलका प्रिसिन्पल पूर्ण थापा, निबर्तमान वडा जनक रिजेल, मनोज आचार्य लगायतले आफ्ना भनाई राख्नु भएको थियो ।
सो अवसरमा अध्यक्ष तुलसीराम भुसालद्वारा प्रस्तुत प्रतिबेदन र सचिव कृष्ण भट्टराईले प्रस्तुत गर्नु भएको सांगठानिक प्रशासनिक प्रतिबेदन समेत पास गरिएको थियो । माथागढी गाँउपालिका वडा नम्बर १,२,३ र ४ नम्बर सेवा क्षेत्र रहेको सहकारीले खहरे बजारमा दुग्ध डेरी, रासायनिक मल बिक्री वितरण र तरकारी संकलन गर्दै आएको छ । धन्नै ५४९ सेयर सदस्य रहेको सहकारीमा लगभग ४ करोड बराबरको कारोबार हुने गरेको छ । भने गत बर्षको तुलनामा यस बर्षको लगानीमा ३ लाख ८६ हजारले बृद्दी भएको छ ।
साधारण सभाबाट रिक्त रहेको उपाध्यक्ष पदमा जनक रिजेल र लेखा समिति सदस्यमा नबराज पन्थीलाई चयन गरेको छ । साथै जेस्ठ सेयर सदस्य टिकाराम बस्याल हिरादेवी गैरेलाई सम्मान गरेको थियो । । बार्षिक सर्वाधिक दुग्ध बिक्री गर्ने सेयर सदस्य जिबलाल अर्याल, श्रीजना भट्टराई, सम्मर बहादुर घर्ति र मिना कोईरालालाई पुरस्कृत गरेको थियो कार्यक्रम सँस्थाका अध्यक्ष तुलसीराम भुषालको अध्यक्षता, कोसाध्यक्ष बेलिसरा रानाको मन्तब्यबाट स्वागत र सचिव कृष्ण भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

माडि कृषि बहुउद्देश्यीय सहकारी संस्था लि रूप्से काे छैटाैं साधरण सभा सम्पन्न

माडी कृषि बहुउद्देश्यीय सहकारी सँस्था लि. रुप्सेको छैतौ साधारण सभा शनिबार सम्पन्न भएको छ । माथागढी गाँउपालिका वडा २ रुप्सेमा शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष यम चिदीले सहकारी जोखिममा परेको खबर जति आईरहेका छन । त्यसको न्यूनीकरण गर्न सेयर सदस्यहरु नै चनाखो भई पारदर्शिताको लागि संचालक समितिलाई खबरदारी खोजिनीति गर्नु पर्दछ भन्नु भयो । गाँउपालिकाले पालिका भित्रका सहकारीलाई सक्षम् र सबल बनाउनु पर्छ भन्ने मान्यता राखेर बिभिन्न समयमा सहकारी सम्बन्धी तालिम अन्तरक्रिया आयोजना गर्दै आएको र अनुगमन समेत गरिदै आएको बताउनु भयो । सो अवसरमा वडा नम्बर २ का अध्यक्ष बोम बहादुर ठाडा, वडा नम्बर ३ का अध्यक्ष तेज घर्ति मगर, पुर्व सहकारी प्राचार्य श्रीकृष्ण नेपाल, कर्णधार माविका प्रअ राजन अधिकारी, सनराइज पब्लिक स्कुलका प्रिसिन्पल पूर्ण थापा, निबर्तमान वडा जनक रिजेल, मनोज आचार्य लगायतले आफ्ना भनाई राख्नु भएको थियो ।
सो अवसरमा अध्यक्ष तुलसीराम भुसालद्वारा प्रस्तुत प्रतिबेदन र सचिव कृष्ण भट्टराईले प्रस्तुत गर्नु भएको सांगठानिक प्रशासनिक प्रतिबेदन समेत पास गरिएको थियो । माथागढी गाँउपालिका वडा नम्बर १,२,३ र ४ नम्बर सेवा क्षेत्र रहेको सहकारीले खहरे बजारमा दुग्ध डेरी, रासायनिक मल बिक्री वितरण र तरकारी संकलन गर्दै आएको छ । धन्नै ५४९ सेयर सदस्य रहेको सहकारीमा लगभग ४ करोड बराबरको कारोबार हुने गरेको छ । भने गत बर्षको तुलनामा यस बर्षको लगानीमा ३ लाख ८६ हजारले बृद्दी भएको छ ।
साधारण सभाबाट रिक्त रहेको उपाध्यक्ष पदमा जनक रिजेल र लेखा समिति सदस्यमा नबराज पन्थीलाई चयन गरेको छ । साथै जेस्ठ सेयर सदस्य टिकाराम बस्याल हिरादेवी गैरेलाई सम्मान गरेको थियो । । बार्षिक सर्वाधिक दुग्ध बिक्री गर्ने सेयर सदस्य जिबलाल अर्याल, श्रीजना भट्टराई, सम्मर बहादुर घर्ति र मिना कोईरालालाई पुरस्कृत गरेको थियो कार्यक्रम सँस्थाका अध्यक्ष तुलसीराम भुषालको अध्यक्षता, कोसाध्यक्ष बेलिसरा रानाको मन्तब्यबाट स्वागत र सचिव कृष्ण भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

पूर्बखाेला काे घुम्ती सेवा जनताकै घर दैलाेमा

पुर्वखाेला गाउपालिकाले विभिन्न सेवा घरदैलोमा दिएको छ।
गाउपालिका प्रभाह हुने सेवा र जनताको अावश्यकतालाइ मध्य नजर गर्दै थप सेवा दिने उद्देश्यले घुम्ती शिविर संचालन गरि ५ नम्बर वडा विरकाेटमा घरदैलोमै सेवा दिएको हाे।

शिविरमा गाउपालिकाले प्रशासन तर्फ २० वटा याेजना सम्झौता २० वटा उपभोक्ता समितिलाई बैंक खाता खाेल्न सिफारिस गरेको प्रशासन शाखाका प्रमुख विनाेद नेपालले बताउनु भयो ।
९४ जना जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको सामाजिक विकास शाखाका मन बहादुर सारुले जानकारी दिनु भयो ।
३८ वटा व्यवसाय नविकरण भएको र त्यसबाट ३७ हजार ६५० राजस्व संकलन भएको राजश्व शाखाका शेर बहादुर थापाले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा ८३ जनाले अाेपिडि सेवा भि अाइ ए (VIA) बाट महिलाहरुकाे पाठेघरकाे मुखकाे क्यान्सर पहिचान गर्नेमा १७३ जनाले सेवा लिएकोमा १ जनालाई संक्रमित सम्भावना देखिएको २० जनाले ल्यापकाे सेवा १ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ।
डाक्टर सुरज भन्डारि अनमि प्रतिभा घर्ती मगर , चन्दा चलाउनेबाट सेवा दिएको स्वास्थ्य कर्मचारिहरुबाट निशुल्क अाैषधि वितरण गरेको पुर्वखाेला स्वास्थ्य चाैकिका प्रमुख माेहन ढकालले बताउनुभयो ।

पशु शाखाबाट ८५ जना सेवाग्राहीहरुकाे २२६५ वटा पशु चाैपायालाई जुका माटे खुरेत लगाएकाे अाैषधि पुर्वखाेला पशु शाखाका प्रमुख धन बहादुर दर्लामिले वितरण गर्नु भएको थियो ।
कृषि शाखा अन्तरगत १० जना कृषकको ३० वटा माटोको परिक्षण गरेकोमा २/४ वटामा माटोमा हल्का अम्लिएपन देखिएको र अरु राम्रो रहेकोमा कृषकहरुलाइ कृषि चुन प्रयोग गर्न कृषि शाखाका शेर बहादुर बुढाले सल्लाह सुझाव दिनु भएको छ।

शिक्षा शाखाबाट कक्षा ११/१२ का छात्रा छात्रवृत्ति २७ जना अभिभावक विहिन ४ जना गरि ३१ जनालाई शैक्षिक सामाग्री र नगद गाउपालिकाकम अध्यक्ष नुन बहादुर थापा र उपाध्यक्ष भागिरथि भट्टराईले वितरण गर्नुभएको थियो ।
भुमि तथा घरजग्गा सेवा अन्तरगत ५ जनालाई छुट भएको कित्ता थप , घर गाेठ कुन कित्तामा छ थाहा पाउन , कुन कित्ताकाे जमिन कति क्षेत्रमा छ , अावसिय , कृषि , अाैधाेकिक क्षेत्र कुन कुन हुन जस्ता सेवा अमन चाैधरिले दिनुभयो थियो ।
वैदेशिक राेजगार अन्तरगत विदेशमा मृत्युु घाइते हुदा पाउने सेवा सुविधा के के छन् । कसरी पाउन सकिन्छ के के कागजपत्र आवश्यक पर्छ। विदेश जादा के के कुरामा ध्यान दिनु पर्छ । विदेश लैजाने बाहनामा कसैले पैसा खाइदिएमा काहा कसरी सम्पर्क गर्ने जस्ता सेवा १२ जनालाई राेजगार सेवाका भुपेन गाहाले दिनुभयो ।
२०वटा उपभोक्ता समिति २५ जना व्यक्तिगत खाता खाेल्न आवश्यक कागजपत्र तयार गरेर सेवा दिएको ग्लाेवल आइ एम इ बैंक पुर्वखाेला शाखाका म्यानेजर नारायण शर्माले जानकारी दिनु भएको छ।

घुम्ति शिविरमा पुर्वखाेला स्वास्थ्य शाखाका प्रमुख माेहन ढकालले घुम्ति सेवा प्रभाह गर्नुका उद्देश्य माथि प्रस्त गरिदिनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्वखाेला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले सबै स्थानीय जनताले गाउपालिका जिल्लाबाट हुने सेवालाई घरदैलाेमा सेवा लिन पाउनु जनताको अधिकार हाे । त्यही अनुसार सिहदरबारकाे अधिकार घर घरमा पुर्याउने सरकारकाे लक्ष्य अनुसार पुर्वखाेला गाउपालिकाले पनि घरदैलोमा थप सेवा सुविधा दिएको र गाउपालिकाले अहिले के गरिरहेको छ । भाेलि के गर्न चाहन्छ जानकारी गराउने ,जनताकाे सल्लाह सुझाव लिने र थप जनता मुखि अार्थिक , सामाजिक , भाैतिक , शैक्षिक , स्वास्थ्य , खानेपानिकाे लगाएको क्षेत्रमा काम गरिरहेको र गाउपालिकाले हरेक वर्ष घुम्ती शिविर संचालन गरेको र अाउने वर्ष पनि संचालन गर्ने बताउनु भयो ।
उपाध्यक्ष भागिरथि शर्मा भट्टराईले महिलाहरु विभिन्न कारणले गर्दा शारीरिक मानसिक रुपमा राेगि हुने र राेगकाे समयमै जाँच नगर्दा भाेलि जटिल खालका राेग लाग्नाले अार्थिक मानसिक पारिवारिक समस्या व्यहाेर्नु पर्ने बाध्यता हुने हुदा अहिले नै राेगकाे पहिचान गर्ने र अाैषधि गर्न गराउन याे घुम्ति शिविरबाट सेवा लिन डाक्टर र अाैषधिकाे समेत व्यवस्थापन गराएको बताउदै सेवा लिन आग्रह गर्नु भयो ।

८० वर्षिय मान बहादुर सारुले जेष्ठ नागरिक परिचयपत्र प्राप्त गर्नु भएकोमा खुसि व्यक्त गर्नु भयो ।
गणपति माद्यामिक विद्यालय कक्षा १० मा पढ्ने अभिभावक विहिन सुरक्षा थापाले गाउपालिकाले विद्यालयमै आएर वर्ष दिनलाई पुग्ने गरि शैक्षिक सामाग्री र नगद दिएकोमा धन्यवाद व्यक्त गर्दै अाफ्नाे पढाइलाई थप राहत भएको र निरन्तरता दिने बताउनुभयो ।

पुर्वखाेला गाउपालिकाका प्रशासकीय प्रमुख राजु नेपालले विभिन्न सेवा लिन गाउपालिका अाउदा केही न केही कागजपत्र निर्णयहरु नहुनाले सेवाग्राहीहरु फर्कनु पर्ने अवस्था हरेकाेमा घुम्ती शिविर संचालन गरि सबै सेवा घरदैलोमा दिन पाउँदा आफुलाइ पनि एउटै परिवारको सदस्य जस्तो लागेको बताउनु हुदै केही काम परे जुनसुकै समयमा पनि फाेन गर्न र कहि कतै कमि कम्जाेरि भए सल्लाह सुझाव दिन अनुरोध गर्नु भयो । शिविरमा सेवा लिन आउने सेवाग्राहि सेवा दिनु हुने सबै जनप्रतिनिधि कर्मचारीहरुलाइ धन्यवाद दिनु भयो ।

शिविर पुर्वखाेला शिक्षा शाखाका प्रमुख लाेकहरि देवकाेटाकाे संचालन विरकाेट वडाका अध्यक्ष विष्णु बहादुर पल्लिकाे अध्यक्षतामा सम्पन्न भएको हाे।

पुर्बखाेला गाउँपालिका का वडा तहमा घुम्ती सेवा शिबिर हुदैं

पूर्वखोला गाउँपालिकाले सेवा प्रवाहलाई थप सहज, सरल, प्रभावकारी र व्यवस्थित बनाउनका लागि आइतबारदेखि वडातहमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागेको छ ।
शिविर पुस ६ गते आइतबार वडा नं. १ सिलुवा वडा कार्यालय, सोमबार वडा नं. ६ को हेक्लाङ
वडा कार्यालय, पुस ८ गते वडा नं. ४ देविनगर वडा कार्यालय, पुस ९ गते वडा नं. ५ को विरकोट वडा कार्यालयमा चल्ने छ । यस्तै गरी २ नं. वडा जल्पा वडा कार्यालयमा पुस १६ गते र
३ नं. वडा कार्यालय, रिडनेरहमा पुस १७ गते शिविर चल्ने प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले जानकारी दिनुभयो ।शिविरमा परिचय पत्र वितरण, योजना सम्झौता, नविकरण,बैड्क खाता सञ्चालन,अपाङ्गता परिचय पत्र वितरण, पञ्जिकरण सेवा,निशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्य जाँच, पाठेघरको मुखको क्यान्सरको जाँच, परिवार योजना सेवा र औषधि वितरण सेवा उपलब्ध हुने सूचना अधिकारी मोहन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा पशुपन्क्षी सेवा तथा औषधी वितरण, कृषि सेवा, माटो परीक्षण, वैदशिक रोजगार, नापी तथा घर जग्गार नक्सा पास तथा अभिलेखीकरण अभिमुखीकरण, शैक्षिक छात्रवृत्ति समेत वितरण गरिने बताउनुभयो ।
शिविर संचालन हुने दिन पाएक परेको स्थानमा आएर सेवा लिन गाउँपालिकाका सेवाग्राहीलाई गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले आग्रह गर्नुभएको छ । उहाँले घरदैलोबाट सेवा प्रवाह हुँदा सेवाग्राहीको समय र आर्थिक दुबै बचत हुने भएकोले अवसर नछुटाउन अनुरोध गर्नुभयो ।

पुष्कर अथक रेग्मीद्वारा लिखित ऐतिहासिक उपन्यास अमरामृत पुस्तक लोकार्पण

साहित्यकार लेखक तथा बहुआयामिक व्यक्तित्व पुष्कर अथक रेग्मीद्वारा लिखित ऐतिहासिक उपन्यास अमरामृत पुस्तक लोकार्पण समारोह तानसेनमा सम्पन्न भएको छ।

प्रमुख अतिथि रानीमहलका निर्माता खड्ग शमशेरका पनाती डाक्टर अजय शमशेर जबराले कार्यक्रम उद्घाटन गर्दै आफ्ना जिजु बुवा खड्ग शमशेर जबरा अत्यन्त दूरदर्शी सफल योद्धा , कुशल नेतृत्वकर्ता भएकाले उहाँले बनाएको रानीमहल बाहिरी परिसर सजावट तथा भित्री कोठाहरुमा खड्ग शमसेरका जीवनशैली दर्शाउन सकिने , बुद्ध नेपालमा जन्मेका थिए भने जस्तै रानीमहल पाल्पामा छ भन्ने कुरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म जानकारी दिन सकिने , लुम्बिनी आउने पर्यटकहरूलाई पनि पाल्पाको रानीमहल सम्म घुम्न आउने वातावरण गराउनुपर्ने ,
रानीमहलको जगेर्नाको लागि निर्माण समूह गठन गरी परिचालन गर्न खड्ग शमशेरले स्थापना गरेका गुठीहरू कहाँ के कति छन् त्यसको खोजी र संस्थागत गरी संरक्षण तथा मर्मत गर्न सकिने बताउनुभयो ।

पुस्तकमाथि समीक्षा गर्दै समीक्षक प्राध्यापक अर्चना शाक्यले पाल्पाको ऐतिहासिक सामाजिक पर्यटन विकास क्षेत्रमा योगदान पुर्‍याएका खड्ग शमशेर जबराको लेख रहेको अमरामृत उपन्यासमा पाल्पाको प्रमुख पर्यटकीय गन्तव्य , खड्ग शम्शेरको प्रिय रानी तेजकुमारीको सम्झना , प्रेम प्रतिकको रुपमा स्थापित रानीमहल , कालीगण्डकी महिमा , त्याग महात्मय , पाल्पा गौडा , निर्वासन , पदच्युत , अख्तियार , हत्या , दण्ड शक्ति, द्वन्द लगायत विभिन्न २७ शीर्षकमा राजा तथा राणाहरूको बारेमा उल्लेख गरिएको बताउनुभयो ।

अर्का समीक्षक साहित्यकार भागवत खनालले आजभन्दा करिब १२८ वर्ष पहिले रानीमहल निर्माण कार्य सम्पन्न भएपछि पाल्पा तानसेन नारायणस्थानका तत्कालिन पण्डित छविलाल नेपालको खड्ग स्तुति शीर्षकमा लेखेको कविता , गीत , समेत पुस्तकमा रहेको र विभिन्न किसिमका शोध अनुसन्धानका लागि सत्यकत्थ्यमा आधारित पुस्तक भएकोले पाठकका लागि महत्वपूर्ण खुराक हुने बताउनुभयो ।

शुभकामना मन्तव्य व्यक्त गर्दै पत्रकार सेनानी मेघराज शर्मा , मुक्तिप्रसाद न्यौपाने , पर्यटन विकासका पदम न्यौपाने , सम्पदा प्रतिष्ठानका रामजी ढुङ्गाना , साहित्यकार सीताराम घिमिरे लगायतले ऐतिहासिक चेतना भरिएको अमरामृत उपन्यास अनुपम कृति पाल्पाली सिर्जना भएकोले गर्व गर्न लायक भएको तथा रानीमहललाई सुन्दर राख्नमा सबै सरोकार निकायको ध्यान पुग्नुपर्ने बताउनुभयो।

लेखकीय मन्तव्य व्यक्त गर्दै लेखक पुष्कर अथक रेग्मीले पाल्पाको पर्यटन विकासको केन्द्रबिन्दु रानीमहललाई जीवन्त राख्न साहित्यको माध्यमबाट खड्ग शमशेरको योगदान , रानीहरु तेजकुमारी नन्दकुमारीको ऐतिहासिक जानकारी दिन पाठकलाई रुचि गराउनको लागि अमरामृत पुस्तक उपन्यास लेखेको र खड्ग शमशेरकै पनातीहरूको उपस्थितिमा पुस्तक विमोचन गर्न पाउनु सौभाग्य रहेको बताउनुभयो ।

पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले अहिलेको बढ्दो प्रविधिको समयमा पनि इतिहास लेख्ने र पढ्ने बानीको विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

रामबहादुर गन्धर्वको सारङी गीत गायन ,चित्रवलीराम सुवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सविता भट्टराईको सञ्चालनमा चलेको हो ।

दमकडा माबि लाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह

दमकडा माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (ISO Logo) प्राप्त गर्न सफल भएको छ। तानसेन नगरपालिका–९ दमकडामा आयोजित एक विशेष समारोहबीच ग्लोबल क्वालिटी काउन्सिलका नेपालस्थित राष्ट्रिय निर्देशक सुदीप शर्माले विद्यालयका अध्यक्ष राजेशकुमार अर्याल तथा प्रधानाध्यापक मोहनप्रसाद सापकोटालाई उक्त गुणस्तर चिन्ह हस्तान्तरण गर्नुभएको हो।
आवश्यक अन्तर्राष्ट्रिय मापदण्डहरूमध्ये २० प्रतिशत मापदण्ड पूरा गरेको अवसरमा विद्यालयलाई ISO Logo प्रदान गरिएको हो। यससँगै दमकडा माध्यमिक विद्यालय पाल्पा जिल्लामै अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो शैक्षिक संस्था बन्न सफल भएको छ।
समारोहका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले दमकडा माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षाका लागि रचनात्मक तथा नवप्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको विद्यालय निर्माण गर्ने अभियानमा पाल्पाकै पहिलो संस्थाका रूपमा अगाडि बढेकोमा विद्यालय परिवारलाई बधाई दिँदै यसले स्थानीय शिक्षाको स्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख काशिका ज्ञवाली गैरे तथा माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले दमकडा माध्यमिक विद्यालयले अरू शैक्षिक संस्थाभन्दा अगाडि बढ्दै गुणस्तर वृद्धि अभियानको थालनी गरेको उल्लेख गर्दै यसको सफलताले समग्र शैक्षिक क्षेत्रलाई सकारात्मक सन्देश दिने धारणा राख्नुभयो।

माथागढी गाँउपालिकाकाे प्रथम चाैमासिक सार्वजनिक कार्यक्रम सम्पन्न

माथागढी गाउँपालिकाले प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिकाद्वारा चालु आ.व.२०८२।०८३ को प्रथम चौमासिकमा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सञ्चार मञ्च पाल्पाको सहजीकरण र माथागढी गाउँपालिकाको आयोजनामा वडा नं. ३ सराई वडा कार्यालयमा भएको कार्यक्रममा सहभागीहरूबाट आएका प्रश्नहरूको जवाफ सम्बन्धित शाखाका प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चे र गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले साउनदेखि कार्तिकसम्मको कामकारवाही, उपलब्धि र आगामी योजनाहरूको स्पष्ट प्रस्तुती राख्दै नागरिकबाट प्राप्त सुझाव र गुनासोलाई आत्मसाथ गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले गाउँपालिकामा जम्मा भएको राजस्व संकलन, पञ्जिकरणका कामहरू, वडातहमा योजना सम्झौता, सामाजिक सुरक्षा भत्ता वितरण, वित्तीय प्रगति, शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायत शाखाका कामहरू, चौमासिक अवधिमा अन्य विभिन्न शाखाबाट भएका कार्यप्रगति, गाउँ कार्यपालिका बैठक लगायतका कामहरूका बारेमा प्रस्तुतीकरणसहित जानकारी दिनुभएको थियो ।
सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले पालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । स्थानीयबासी, विभिन्न क्षेत्रका सरोकारवालाहरूसहितका सहभागीहरूले गाउँपालिकाभित्र मृग, बँदेल, बाँदल लगायतका वन्यजन्तु नियन्त्रणको उपयुक्त उपाय खोज्न, कृषि र स्वास्थ्यका क्षेत्रमा बजेट बढाउन, अनुदानमा हुने दोहोरोपना हटाउन, वडातहसम्म पुग्ने सडकको स्तर उन्नती गर्न, खेलकूदलाई प्राथमिकतामा राख्न, बजेटमा मितव्ययिता अपनाउन, आन्तरिक लेखा परीक्षणलाई व्यवस्थित गर्न, रोजगार, स्वास्थ्य, शिक्षा लगायतका कार्यक्रममा भैरहेका राम्रा पक्ष समावेश गर्न र योजना तथा कार्यक्रममा सुधार गर्नुपर्ने विषयमा सुझाव दिनुभएको थियो ।
गाउँपालिकाले वडातहमा सञ्चालन हुने स्काभेटर सञ्चालनमा मूल्य एकरुपकता कायम गर्न नसकेको, गोष्ठी सेमीनारलाई उपलब्धिमूलक बनाउन नसकेको, संघ प्रदेशका योजनाहरूमा आवश्यक अनुगमन हुन नसकेको, सडक, खानोपानीका योजनामा सुधारमा ध्यान पुग्न नसेकेको, सूचनाको हकको प्रयोग हुँदा समेत आवश्यक सूचना उपलब्ध हुन नसकेको, शिक्षा र सहकारीमा अनुगमन र निगरानी कमी भएको, योजनाहरूमा बजेटसहित खर्च सार्वजनिक आवश्यक मात्रामा नभएको भन्ने गुनासो र प्रश्न राख्नुभएको थियो ।
सहभागीहरूबाट उठेका विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, उपाध्यक्ष विष्णुमाया लुङ्चे, अध्यक्ष यमबहादुर चिदीले जवाफ दिनुभएको थियो । स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले नजिकको सरहकारसँग अपेक्षा हुनु स्वभाविक भएका भन्दै गाउँपालिकाले आवश्यकतालाई प्राथमिकता निर्धारण गरेर पालिकाको स्रोत अनुसार कार्यक्रम गर्दै आएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले नागरिकलाई स्वास्थ्य शिक्षा र खेलकूदका कार्यक्रममा प्राथमिकतामा राखेर सेवा प्रदान गरिएको । नागरिकको अपेक्षा अनुसार गुणस्तरीय सेवा प्रवाहको लागि गाउँपालिका प्रतिबद्ध रहेको भन्दै नागरिकका सुझावका आधारमा थप प्रभावकारी सेवा प्रवाहमा गाउँपालिका परिवार निरन्तर लाग्ने बताउनुभयो । अध्यक्ष चिदीले स्थानीय कृषि उपजको बजारीकरण, कृषिमा प्राथमिकता र खेलकुद तथा शिक्षामा गाउँपालिले प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउनुभयो । कार्यक्रममा पत्रकार विजय बौडेलले फिल्ड सर्वेक्षण, वहिर्गमन सेवाग्राहीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्द सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो । गाउँपालिकाले वडातहमा पुगेर घुम्ति सार्वजनिक सुनुवाई सम्पन्न गर्दै आएको छ ।

पुर्बखाेला गाँउपालिका काे १७ अाैं अधिबेशन सम्पन्न

पुर्वखाेला गाउपालिका गाउसभाकाे १७ अाै अधिवेशन सम्पन्न भएको छ।

अार्थिक वर्ष २०८२/८३ मा गाउपालिकाकाे कुल बजेट ४६ करोड ८३ लाख ४४ हजार ९९५ रुपैया पारित भएको छ।
असार ८ गते देखि सुरु भएको अधिबेशन मा ४ वटा बैठक बसेकाे छ । यस अधिबेशन गाउपालिकाकाे अार्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व व्यवस्थापन विधेयक ,बाल संरक्षण नीति , अार्थिक वर्ष २०८२/८३ काे निति तथा कार्यक्रम , विनियोजित विधेयक बजेट पारित गर्नुका साथै व्यवसायीक कृर्षक , राम्रो काम गर्ने अायाेजनाका उपभोक्ता समिति , कर्मचारीहरुलाइ सम्मान गरेको छ।

गाउपालिकाकले संघिय समपुरक बजेटबाट खल्लुक भाङ्ज्याङ विर्ता सडक स्तराेन्नति अायाेजनाका लागि १ करोड ३५ लाख प्रदेश समपुरक तर्फ सेर्काबास हेक्लाङ सडक स्तराेन्नतिकाे लागि ९० लाख हटिया जनमार्ग मा वि सडक स्तराेन्नतिकाे लागि ६० लाख संघिय विशेष तर्फ विद्यालय ICT व्यवस्थापनकाे लागि ७३ लाख प्रदेश विशेष तर्फ सुन्तलाजात फलफूल बगैंचा स्थापना तथा सुदृढीकरण कार्यक्रम वडा नम्बर २ जल्पा र वडा नम्बर ५ विर्काेटकाे लागि १८ लाख विनियोजन गरेको छ।

पालिका स्तरिय अायाेजनामा अाकस्मित तथा विपद व्यवस्थापनकाे लागि २० लाख असल अभ्यास मिडिया कार्यक्रमकाे लागि ३ लाख युवा स्वराेजगार कार्यक्रमकाे लागि ८ लाख ५० हजार मनाेसामाजिक परामर्श कार्यक्रमकाे लागि ५ लाख मगर भाषा संरक्षण कार्यक्रमकाे लागि ३ लाख देविनगर वडालाई पुर्ण सरसफाइ कार्यक्रमकाे लागि ३ लाख प्रशासनिक भवनकाे लागि २० लाख कृषि तथा पशुपंक्षि विकास परियोजनाकाे लागि १ करोड बालमैत्री स्थानीय शासन कार्यक्रमकाे लागि १२ लाख ढाेलिमारा सामुदायिक सास्कृतिक घर निर्माणकाे लागि १० लाख सहकारी प्रवर्द्धन कार्यक्रमकाे लागि २ लाख डाेजर जे सि वि खरिदकाे लागि ५५ लाख र ६ वटा वडालाई ६० लाखकाे दरले बजेट बविनियोजन भएको छ ।

स्थानीय पाठ्यपुस्तक लेखन तथा छपाईकाे लागि ७ लाख सुत्केरी शिक्षक विदामा बस्दा स्वयंसेवक शिक्षककाे लागि ५ लाख ५० हजार , शिक्षक र विद्यालयलाइ ल्यापटप प्राेजेक्टर व्यवस्थापनकाे लागि ७ लाख २० हजार , अभिभावक विहिन बालबालिका छात्रवृत्तिकाे लागि ३ लाख ५० हजार , नेपाल स्काउट कार्यक्रमकाे लागि ३ लाख , बाल कक्षा कुना व्यवस्थान क्षमता विकास शैक्षिक सामाग्री निर्माणकाे लागि ४ लाख ५० हजार अभिभावक शिक्षाकाे लागि ३ लाख , नसर्ने राेग सम्बन्धि स्वास्थ्य शिविर ६ वटा वडा गर्ने गरि ४ लाख , अति विपन्न तथा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य विमाकाे लागि ४ लाख सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धि अभियानकाे लागि २ लाख उच्चरक्तचाप मधुमेह अाैषधि खरिदकाे लागि ८ लाख महिला स्वास्थ्य स्वयंसेविकालाइ मार्सिक भत्ता तथा खाजाकाे लागि ९ लाख ३६ हजार गरि शिक्षा शाखालाइ जम्मा २ करोड ११ लाख , स्वास्थ्य शाखालाइ ७० लाख कृषि शाखालाइ २५ लाख पशु सेवा शाखालाइ १५ लाख बजेट विनियोजन गरेको हाे।

अधिवेशनमा सभाका सदस्यहरुले संघिय र प्रदेश सरकारबाट संचालन हुने अायाेजनाहरु ढिलो संचालन हुने कम गुणस्तरीय हुने स्टेटमेन्ट अनुसार काम नहुने समयमै नसकिने , निर्माण कार्य गर्दा अन्य स्थानीय तहबाट निर्माण सामाग्री ल्याउदा राेयल्टिमा दाेहाेराे परेको , व्यवसाय तथा निर्माण कार्यमा अनुगमन कम भएको , ठुला अायाेजनाकाे डिपिअार नहुदा काम गर्न दुख भएको , धेरै बजेटकाे डिपिअार भएको अायाेजनामा थाेरेै बजेट मात्र व्यवस्थापन गर्दा निर्माण कार्य सुरु गर्न नसकेको , स्थानीय पाठ्यपुस्तक छपाई नभएको , कार्यपालिकाले तय गरेको निर्णय कार्यनयन नभएको जस्ता गुनासो सल्लाह सुझाव राखेका थिए ।
सभाका सदस्यहरुले राखेको गुनासोलाई गाउपालिकाका अध्यक्ष नुन बहादुर थापा उपाध्यक्ष भागिरथि भट्टराई प्रशासकिय प्रमुख सुन्दर प्रसाद श्रेष्ठले सम्बाेधन गर्नुभएको थियो ।

गाउसभामा यस वर्ष ५ लाख भन्दा माथिका अायाेजना मध्य सबै भन्दा उत्कृष्ट काम गर्ने तल्लो लेमधेम माेटरबाटाे स्तराेन्नति अायाेजना उपभोक्ता समितिका अध्यक्ष सन्ताेष कुमार बारघरे सचिव सुनिता ढेंगा , कार्यक्रम अधिकृत विनाेद नेपाल , स्वास्थ्य तर्फ पदम बहादुर थापा दर्लामि , कम्पुटर अपरेटर मन कहादुर सारु , कृषि पशु शाखाबाट हरि प्रसाद उपाध्याय सिग्देल , वडा सचिवबाट रुमि सरा दिसुवा मगर , कार्यालय सहयोगी शान्ति अाचार्यलाइ नगद सम्मानपत्र दाेसल्लाले सम्मान गरेको थियो ।

गाउपालिकाकाे गाउसभाकाे अधिवेशन गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।