अनेरास्ववियु पाल्पा जिल्लाको २४ अौ अधिवेशन भब्य र सब्यका साथ सम्पन्न भएको छ । अधिवेशनले मधुसुधन आचार्यको अध्यक्षता मा ३९ जना जिल्ला कमिटि समिति चयन गरेको छ |जस्को उपाध्यक्षमा सन्देश ढकाल, सचिवमा सुसिल रेग्मि, सहसचिवमा इन्दु गाहा, उत्सवि ढकाल, केशव नेपाल,पंकल भण्डारि,सुमन न्यौपाने, र कोषाध्यक्ष मा सुदर्सन पाण्डे चयन हुनु भएको हो | यसै गरि महिला विभाग प्रमुखमा कृष्ण झारपुल लाइ चयन गरेको छ |
अधिवेशनको प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष धर्म गिरिले कार्यक्रमको उढ्घाटन गर्दै अधिवेशनको भब्य सफलताको शुभकामना दिनु भयो | प्रमुख अतिथि गिरिले अनेरास्ववियु को निति कार्यक्रमको बारेमा बताउदै अनेरास्ववियुले शैक्षिक गुणस्तर र विद्यार्थीको हकहितका लागि गतिविधि संचालन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा अनेरास्ववियु पाल्पाका अध्यक्ष मदन आचार्यले वार्षिक कार्य प्रगति समिक्षा प्रतिवेदन प्रस्तुत गर्दै अधिवेशन लाइ भब्यताका साथ सफल बनाउन सहयोग गर्नु हुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नु भएको थियो | अधिवेशनमा उपस्थित सम्पुर्ण लाइ अनेरास्ववियु पाल्पाका जिल्ला कमिटिका उपाध्यक्ष मनोज सिग्देलले स्वागत गर्नु भएको थियो | अनेरास्ववियु पाल्पाको २४ औ अधिवेशनमा अतिथिका रुपमा अनेरास्ववियु केन्द्रिय सचिव तथा लुम्बिनि प्रदेश इन्चार्ज विनिता काफ्ले, केन्दिय सदस्य कृष्ण बस्याल, भरत अर्याल, अनेरास्ववियु लुम्बिनि प्रदेश अध्यक्ष सन्तोष पाठा, अनेरास्ववियु केन्द्रिय स्थायि कमिटि सदस्य तथा शैक्षिक विभाग प्रमुख गोविन्द थपलिया , अनेरास्ववियु पाल्पाका सस्थापक अध्यक्ष तथा नेकपा एमाले केन्द्रिय सदस्य धनेन्द्र राज घिमिरे, नेकपा एमाले पाल्पा जिल्ला अध्यक्ष ओम बहादुर घर्ति मगर, पाल्पा निर्वाचन क्षेत्र १ का सासंद तथा प्रतिनिधि सभा सदस्य नारायण आचार्य, अनेरास्ववियु केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज शेशकान्त पोखरेल तथा केन्द्रिय सदस्य नबिन आचार्य र अनेरास्ववियु लुम्बिनि प्रदेश सदस्यहरु लगायत अतिथिको उपस्थिति रहेको थियो |
अधिवेशनमा चयन भएका नव गठित पदाधिकारी तथा सदस्यहरुलाइ कार्यक्रमका प्रमुख अतिथि तथा अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष धर्म गिरिले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो | अधिवेशन निबर्तमान अध्यक्ष मदन आचार्यको अध्यक्षता मा सम्पन्न भएको हो |