तानसेन नगरपालिकाको दशौँ नगरसभा सम्पन्न

तानसेन । पाल्पाकाे जिल्ला सदरमुकाम रहेकाे नगरपालिका तानसेन नगरपालिकाको दशौँ नगरसभा सम्पन्न भएको छ ।

नगरसभामा नगरप्रमुख अशोककुमार शाहीले प्रस्तुत गर्नुभएकाे चालु आव २०७८/०७९ को अर्धवार्षिक समीक्षा तथा उपलब्धीको प्रतिवेदन पारित भएकाे छ । सभामा नगरप्रमुख शाहीले चालु आवमा एक वडा एक किलोमिटर कालोपत्रे सडकको काम सुरु भएको, छोरी शिक्षा कार्यक्रम संचालन भएको, विभिन्न विद्यालयलाई स्कुल बसमा साझेदारी गरेको बताउनुभयो ।

नगरप्रमुख शाहीले तानसेनमा विपन्न नागरिकका लागि स्वास्थ्य वीमा कार्यक्रमलाई निरन्तरता दिएको, सार्वजनिक नीजि साझेदारी कार्यक्रममार्फत फाहोर मैला व्यवस्थापनको जिम्मेवारी दिएको, अन्य सानिसाको कार्यक्रमको अगाडि बढेको नगरप्रमुख शाहीले बताउनुभयो । उहाँले चालु आवका लागि विनियोजन गरेको बजेटमा संशोधन गरेर एक अर्ब ४१ करोडमध्ये पुँजीगतर्फ ६३ करोड १३ लाख र चालुतर्फ ७७ करोड ४४ लाख गरिएको बताउनुभयो । नगरपालिकाले यो वर्ष तरकारी, दुध र मासुमा आत्मनिर्भर बनाउन कार्यक्रम संचालन भईरहेको छ । युवा, महिला तथा विपन्नका लागि स्वरोजगार बनाउन तालिम, सहुलियत दरमा ऋण प्रदानमा नगरपालिकाले लगानी गरेको छ ।

नगरसभामा नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले चालु आवको शंसोधित विनियोजन विद्ययेक प्रस्तुत गर्नुभएको थियो । सभाले नगरप्रमुख शाहीले राख्नुभएको समीक्षा प्रतिवेदन र उपप्रमुख पाठकले राख्नुभएको विनियोजन विद्ययेक समेत पारित गरेको छ । सभाको शून्य समयमा तानसेन ५ का वार्ड सदस्य बिष्णु बहादुर कार्की, रमेश न्यौपाने, दुर्गा नेपाली, नारायण न्यौपाने, प्रशान्त मल्ल लगायतले आ–आफ्नो धारणा र सुझाव राख्नुभएको थियो ।