पाल्पामा क्रियाशिल ३६ जना पत्रकारको आरडिटि परिक्षण

विजयकुमार बौडेल – 
जेठ ८ – पाल्पाका क्रियाशिल पत्रकारहरुको आरडिटि परिक्षण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय र नेपाल पत्रकार महासंघ पाल्पाको समन्वयमा जिल्लाभरका सक्रिय ३६ जना पत्रकारहरुको आरडिटि परिक्षण गरिएको हो । नेपाल पत्रकार महासंघ पाल्पाले जोखिम मोलेर काम गर्ने पत्रकारहरुको आरडिटि परिक्षण गर्न समन्वय गरेको हो ।

पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले पहिलो चरणको परिक्षणमा सबैलाई समावेश गर्न नसकेको भन्दै बाँकी पत्रकारहरुलाई पुनः अर्को पटकमा प्रयास गर्ने बताउनुभयो । अर्यालले कोरोना संक्रमणको बेला पनी जोखिम मोलेर नागरिकलाई सहि सुचना दिन लागीपर्ने पत्रकारहरुको आरडिटि परिक्षणलाई प्राथमिकता दिएको बताउनुभयो ।

“अफ्ठेरो परिस्थितिमा पनी नागरिकलाई सुचना दिनका लागी खटेका पत्रकारहरुको सुरक्षामा नेपाल पत्रकार महासंघ पाल्पा साखा सधै सचेत र सतर्क छ ।” अध्यक्ष अर्यालले भन्नुभयो । “आफु निकै सुरक्षित र सजग भएर निर्धक्कका साथ नागरिकका अप्ठेराका विषयमा रिपोर्टिङ गर्नुस् । तपाईंलाई जुनसुकै बेला परेको अप्ठेरोमा पाल्पा साखा साथमा छ ।”

पाल्पाली पत्रकारहरुले सजग र सतर्क रहेर नागरिकका जुनसुकै समस्या र स्थानिय तहका कामका विषयमा रिपोर्टिङ गरिरहेको अध्यक्ष अर्यालको भनाई थियो ।

बरिष्ट पत्रकार मेघराज शर्माले कोरोना संक्रमणको यो अवस्थामा नागरिकलाई सहि सुचना दिने पत्रकारहरुको आरडिटि परिक्षण गर्न महासंघले खेलेको समन्वयकारी भुमिका प्रशंसनिय भएको बताउनुभयो । शर्माले सबै पत्रकारहरुको सचेत र सतर्क रहेर रिपोर्टिङ गर्न अनुरोध गर्नुभयो ।

जनस्वास्थ्य कार्यालय पाल्पका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले फिल्डमै गएर रिपोर्टिङ गर्ने पत्रकारहरुको आरडिटि परिक्षण प्राथमिकताका साथ गरिएको बताउनुभयो । स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले पत्रकारहरुको आरडिटि परिक्षण गर्नुभएको हो । भट्टराईले सबै पत्रकारहरुलाई सानो सानो कुरामा पनी सजग र सतर्क रहेर काम गरे कोरोना भाईरस संक्रमण बाट जोगिने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पा साखाले रिपोर्टिङमा हिँड्ने पत्रकारहरुको सुरक्षाका लागी आवश्यक मास्क र सेनिटाईजर उपलब्ध गराईरहेको छ । महासंघले पत्रकारहरुको पिसिआर परिक्षणका लागी पनी विभिन्न निकायहरु संग समन्वय गरिरहेको जनाएको छ ।