पुर्बखाेला गाउँपालिका का वडा तहमा घुम्ती सेवा शिबिर हुदैं

पूर्वखोला गाउँपालिकाले सेवा प्रवाहलाई थप सहज, सरल, प्रभावकारी र व्यवस्थित बनाउनका लागि आइतबारदेखि वडातहमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागेको छ ।
शिविर पुस ६ गते आइतबार वडा नं. १ सिलुवा वडा कार्यालय, सोमबार वडा नं. ६ को हेक्लाङ
वडा कार्यालय, पुस ८ गते वडा नं. ४ देविनगर वडा कार्यालय, पुस ९ गते वडा नं. ५ को विरकोट वडा कार्यालयमा चल्ने छ । यस्तै गरी २ नं. वडा जल्पा वडा कार्यालयमा पुस १६ गते र
३ नं. वडा कार्यालय, रिडनेरहमा पुस १७ गते शिविर चल्ने प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले जानकारी दिनुभयो ।शिविरमा परिचय पत्र वितरण, योजना सम्झौता, नविकरण,बैड्क खाता सञ्चालन,अपाङ्गता परिचय पत्र वितरण, पञ्जिकरण सेवा,निशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्य जाँच, पाठेघरको मुखको क्यान्सरको जाँच, परिवार योजना सेवा र औषधि वितरण सेवा उपलब्ध हुने सूचना अधिकारी मोहन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा पशुपन्क्षी सेवा तथा औषधी वितरण, कृषि सेवा, माटो परीक्षण, वैदशिक रोजगार, नापी तथा घर जग्गार नक्सा पास तथा अभिलेखीकरण अभिमुखीकरण, शैक्षिक छात्रवृत्ति समेत वितरण गरिने बताउनुभयो ।
शिविर संचालन हुने दिन पाएक परेको स्थानमा आएर सेवा लिन गाउँपालिकाका सेवाग्राहीलाई गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले आग्रह गर्नुभएको छ । उहाँले घरदैलोबाट सेवा प्रवाह हुँदा सेवाग्राहीको समय र आर्थिक दुबै बचत हुने भएकोले अवसर नछुटाउन अनुरोध गर्नुभयो ।