पूर्बखाेला काे घुम्ती सेवा जनताकै घर दैलाेमा

पुर्वखाेला गाउपालिकाले विभिन्न सेवा घरदैलोमा दिएको छ।
गाउपालिका प्रभाह हुने सेवा र जनताको अावश्यकतालाइ मध्य नजर गर्दै थप सेवा दिने उद्देश्यले घुम्ती शिविर संचालन गरि ५ नम्बर वडा विरकाेटमा घरदैलोमै सेवा दिएको हाे।

शिविरमा गाउपालिकाले प्रशासन तर्फ २० वटा याेजना सम्झौता २० वटा उपभोक्ता समितिलाई बैंक खाता खाेल्न सिफारिस गरेको प्रशासन शाखाका प्रमुख विनाेद नेपालले बताउनु भयो ।
९४ जना जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको सामाजिक विकास शाखाका मन बहादुर सारुले जानकारी दिनु भयो ।
३८ वटा व्यवसाय नविकरण भएको र त्यसबाट ३७ हजार ६५० राजस्व संकलन भएको राजश्व शाखाका शेर बहादुर थापाले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा ८३ जनाले अाेपिडि सेवा भि अाइ ए (VIA) बाट महिलाहरुकाे पाठेघरकाे मुखकाे क्यान्सर पहिचान गर्नेमा १७३ जनाले सेवा लिएकोमा १ जनालाई संक्रमित सम्भावना देखिएको २० जनाले ल्यापकाे सेवा १ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ।
डाक्टर सुरज भन्डारि अनमि प्रतिभा घर्ती मगर , चन्दा चलाउनेबाट सेवा दिएको स्वास्थ्य कर्मचारिहरुबाट निशुल्क अाैषधि वितरण गरेको पुर्वखाेला स्वास्थ्य चाैकिका प्रमुख माेहन ढकालले बताउनुभयो ।

पशु शाखाबाट ८५ जना सेवाग्राहीहरुकाे २२६५ वटा पशु चाैपायालाई जुका माटे खुरेत लगाएकाे अाैषधि पुर्वखाेला पशु शाखाका प्रमुख धन बहादुर दर्लामिले वितरण गर्नु भएको थियो ।
कृषि शाखा अन्तरगत १० जना कृषकको ३० वटा माटोको परिक्षण गरेकोमा २/४ वटामा माटोमा हल्का अम्लिएपन देखिएको र अरु राम्रो रहेकोमा कृषकहरुलाइ कृषि चुन प्रयोग गर्न कृषि शाखाका शेर बहादुर बुढाले सल्लाह सुझाव दिनु भएको छ।

शिक्षा शाखाबाट कक्षा ११/१२ का छात्रा छात्रवृत्ति २७ जना अभिभावक विहिन ४ जना गरि ३१ जनालाई शैक्षिक सामाग्री र नगद गाउपालिकाकम अध्यक्ष नुन बहादुर थापा र उपाध्यक्ष भागिरथि भट्टराईले वितरण गर्नुभएको थियो ।
भुमि तथा घरजग्गा सेवा अन्तरगत ५ जनालाई छुट भएको कित्ता थप , घर गाेठ कुन कित्तामा छ थाहा पाउन , कुन कित्ताकाे जमिन कति क्षेत्रमा छ , अावसिय , कृषि , अाैधाेकिक क्षेत्र कुन कुन हुन जस्ता सेवा अमन चाैधरिले दिनुभयो थियो ।
वैदेशिक राेजगार अन्तरगत विदेशमा मृत्युु घाइते हुदा पाउने सेवा सुविधा के के छन् । कसरी पाउन सकिन्छ के के कागजपत्र आवश्यक पर्छ। विदेश जादा के के कुरामा ध्यान दिनु पर्छ । विदेश लैजाने बाहनामा कसैले पैसा खाइदिएमा काहा कसरी सम्पर्क गर्ने जस्ता सेवा १२ जनालाई राेजगार सेवाका भुपेन गाहाले दिनुभयो ।
२०वटा उपभोक्ता समिति २५ जना व्यक्तिगत खाता खाेल्न आवश्यक कागजपत्र तयार गरेर सेवा दिएको ग्लाेवल आइ एम इ बैंक पुर्वखाेला शाखाका म्यानेजर नारायण शर्माले जानकारी दिनु भएको छ।

घुम्ति शिविरमा पुर्वखाेला स्वास्थ्य शाखाका प्रमुख माेहन ढकालले घुम्ति सेवा प्रभाह गर्नुका उद्देश्य माथि प्रस्त गरिदिनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्वखाेला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले सबै स्थानीय जनताले गाउपालिका जिल्लाबाट हुने सेवालाई घरदैलाेमा सेवा लिन पाउनु जनताको अधिकार हाे । त्यही अनुसार सिहदरबारकाे अधिकार घर घरमा पुर्याउने सरकारकाे लक्ष्य अनुसार पुर्वखाेला गाउपालिकाले पनि घरदैलोमा थप सेवा सुविधा दिएको र गाउपालिकाले अहिले के गरिरहेको छ । भाेलि के गर्न चाहन्छ जानकारी गराउने ,जनताकाे सल्लाह सुझाव लिने र थप जनता मुखि अार्थिक , सामाजिक , भाैतिक , शैक्षिक , स्वास्थ्य , खानेपानिकाे लगाएको क्षेत्रमा काम गरिरहेको र गाउपालिकाले हरेक वर्ष घुम्ती शिविर संचालन गरेको र अाउने वर्ष पनि संचालन गर्ने बताउनु भयो ।
उपाध्यक्ष भागिरथि शर्मा भट्टराईले महिलाहरु विभिन्न कारणले गर्दा शारीरिक मानसिक रुपमा राेगि हुने र राेगकाे समयमै जाँच नगर्दा भाेलि जटिल खालका राेग लाग्नाले अार्थिक मानसिक पारिवारिक समस्या व्यहाेर्नु पर्ने बाध्यता हुने हुदा अहिले नै राेगकाे पहिचान गर्ने र अाैषधि गर्न गराउन याे घुम्ति शिविरबाट सेवा लिन डाक्टर र अाैषधिकाे समेत व्यवस्थापन गराएको बताउदै सेवा लिन आग्रह गर्नु भयो ।

८० वर्षिय मान बहादुर सारुले जेष्ठ नागरिक परिचयपत्र प्राप्त गर्नु भएकोमा खुसि व्यक्त गर्नु भयो ।
गणपति माद्यामिक विद्यालय कक्षा १० मा पढ्ने अभिभावक विहिन सुरक्षा थापाले गाउपालिकाले विद्यालयमै आएर वर्ष दिनलाई पुग्ने गरि शैक्षिक सामाग्री र नगद दिएकोमा धन्यवाद व्यक्त गर्दै अाफ्नाे पढाइलाई थप राहत भएको र निरन्तरता दिने बताउनुभयो ।

पुर्वखाेला गाउपालिकाका प्रशासकीय प्रमुख राजु नेपालले विभिन्न सेवा लिन गाउपालिका अाउदा केही न केही कागजपत्र निर्णयहरु नहुनाले सेवाग्राहीहरु फर्कनु पर्ने अवस्था हरेकाेमा घुम्ती शिविर संचालन गरि सबै सेवा घरदैलोमा दिन पाउँदा आफुलाइ पनि एउटै परिवारको सदस्य जस्तो लागेको बताउनु हुदै केही काम परे जुनसुकै समयमा पनि फाेन गर्न र कहि कतै कमि कम्जाेरि भए सल्लाह सुझाव दिन अनुरोध गर्नु भयो । शिविरमा सेवा लिन आउने सेवाग्राहि सेवा दिनु हुने सबै जनप्रतिनिधि कर्मचारीहरुलाइ धन्यवाद दिनु भयो ।

शिविर पुर्वखाेला शिक्षा शाखाका प्रमुख लाेकहरि देवकाेटाकाे संचालन विरकाेट वडाका अध्यक्ष विष्णु बहादुर पल्लिकाे अध्यक्षतामा सम्पन्न भएको हाे।