लकडाउन रचनात्मक सोंच : तानसेन यूवा परिषदको घरघरमै तरकारी अभियान


विजयकुमार बौडेल – 
वैसाख ७ – लकडाउनको कारणले तरकारी अभाव भएको बेला तानसेन नगर यूवा परिषदले तानसेनका घरघरमै सस्तो मुल्यमा किन्न पाउने कृषी एम्बुलेन्सको व्यवस्थापन गरेको छ ।

लकडाउनको कारणले किसानलाई बेच्न असहज र नागरिकले तरकारी किन्न नपाएको अवस्थामा तानसेन युवा परिषदले घरघरमै किन्न पाउने गरि कृषी एम्बुलेन्सको व्यवस्थापन गरेको हो । मदनपोखरा संगम बहुउद्देश्यिय कृषी सहकारी संस्था संग समन्वय गरि किसानका तरकारी खरिद गरि तानसेनका घरघरमै विक्रि गर्ने व्यवस्थापन गरेको हो ।

प्रदेशसभा सदस्य नारायण आचार्यले ५ केजी तरकारी किनेर र तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले विक्रि गरेको पैसा बुझिदिएर कृषी एम्बुलेन्सको सुरुवात गरिएको थियो ।


काउली प्रति केजी २०, बन्दा प्रति केजी १० र काक्रो प्रति केजी ३५ रुपैंयाको दरले सहुलियतमा विक्री गरिएको तानसेन युवा परिषदका अध्यक्ष गुरास आत्रेयले बताउनुभयो । आत्रेयले पहिलो दिन भएकाले नागरिकहरु आफै सामाजिक दुरी कायम गरि टुँडिखेलमा जम्मा भएर तरकारीको माग गरेकाले त्यहीँबाट विक्रि गरेको र अवदेखी घरघरमै किन्ने व्यवस्था मिलाईने बताउनुभयो ।
पाल्पामा बाहिरी जिल्लाबाट तरकारी ल्याउन पुर्ण रुपमा प्रतिवन्ध लगाईएको छ ।

मदनपोखरा संगम बहुउद्देश्यिय सहकारी संस्थाका अध्यक्ष खेमराज न्यौपानेले किसानका उत्पादन यसरी घरघरमै लगेर बेच्न सहयोग पुयाएकोमा युवा परिषदलाई धन्यवाद व्यक्त गनुभयो । तरकारी विक्रिको पहिलो दिन २४ टन विक्री भएको सहकारीले जनाएको छ । आवश्यकता अनुसार तरकारी जती पनी पुर्ती गर्न सकिने भएकाले एकै ठाउँमा भेला भई नबसीदिनुहुन तानसेनबासीलाई परिषदले आग्रह गरेको छ ।