सञ्चारगृहलाई पत्रकारको सुरक्षामा ध्यान दिन प्रेस संगठन पाल्पाको अनुरोध


विजयकुमार बौडेल – 
वैशाख ७ – संगठन प्रेस संगठन नेपाल, पाल्पा शाखाले पत्रकारहरुलाई सकेसम्म एकान्तवास बाटै दैनिक कार्यसम्पादन गर्ने व्यवस्था मिलाउन संचारगृह व्यवस्थापकहरुलाई अनुरोध छ ।

संगठनले प्रेस विज्ञप्ती जारी गर्दै विपद्का बेला निरन्तर सूचना दिन अनवरत रुपमा खट्ने पत्रकार तथा संचारकर्मीलाई आफु सुरक्षित रहदै सम्बन्धित संस्थाले सुरक्षामा ध्यान दिन अनुरोध गरेको हो । पनी जिम्मेवारी पुरा गर्न आग्रह गरेको हो ।

विज्ञप्तीमा कार्यस्थलमा खट्नैपर्ने संचारकर्मी तथा पत्रकारहरुको सुरक्षाका लागि आवश्यक पिपिइ सेट, मास्क, सेनिटाइजर र ग्लोब्स जस्ता अत्यावश्यक सामग्रीहरुको सहज उपलव्धता गराई उनीहरुलाई कोरोना भाइरस संक्रमणवाट सुरक्षित हुने वातावरण निर्माणमा सम्बन्धित संचार गृहलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।

विज्ञप्तीमा “विश्वव्यापी कोरोना महामारीको जोखिमपुर्ण अवस्थामा समेत विचलित नभई नियमित रुपमा नागरिकलाई सूचना प्रवाह गरिरहेका पत्रकार तथा संचारकर्मीहरुलाई धन्यवाद दिन चाहन्छ । यसका साथै अग्रपंतिमा रहेर सेवा गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैमा आभार व्यक्त गर्दछ ।” भनिएको छ ।

प्रेस संगठनका जिल्ला संयोजक राजेन्द्र लिगलद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा एक अर्काविच सामाजिक दुरी कायम गर्दै नागरिकको सामाजिक दायित्व र जिम्मेवारी पुरा गर्नका लागि सबैलाई अनुरोध गरिएको छ । संगठनले संक्रमणबाट बच्न नेपाल सरकारले अपनाएको लकडाउनवाट दैनिक गुजारा चलाउन समस्या परेको गरिव, श्रमिक र जोखिम समूहका वर्गलाई उचित राहतको व्यवस्था गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तीमा सहज खाद्यान्न आपूर्ति गर्न, गन्तव्यमा पुग्न नसकी सडकमा अलपत्र परेका नागरिकलाई सुरक्षित घरसम्म पु¥याउने सहज वातावरण सिर्जना गर्न, उच्च मनोवलका साथ स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराईएको छ ।

महामारीका रुपमा भाईरस संक्रमणको अवस्थालाई समयमै रोक्न सम्भाव्य व्यक्तिहरुको पहिचान र स्वास्थ्य परीक्षण दु्रतगतिमा गर्ने व्यवस्था मिलाउन संगठनले विज्ञप्तीमार्फत माग गरेको छ ।