रसुवा जिल्लाको भोटेको बाढीबाट प्रभावित परिवारका लागि मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तानसेन–९, पाल्पाले आर्थिक सहयोग गरेकाे छ । ।

रसुवा जिल्लाको भोटेकोशी नदीमा भएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तानसेन–९, पाल्पाले आर्थिक सहयोग गर्ने भएको छ । संस्थाले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले ३० हजार रुपैया प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष घनश्याम घिमिरेले बताए ।

विपद्को यस कठिन घडीमा पीडितको साथमा उभिन सबै पक्षलाई सहयोग र सहकार्यका लागि अध्यक्ष घिमिरेले आग्रहसमेत गरे । सहकारी शेयर सदस्यहरुबाट बाढीमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।