सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव नुवाकोटमा युद्ध स्मारक पार्कको शिलान्यास पाल्पामा १७ बैशाखदेखि निषेधाज्ञा पाल्पा अस्पतालमा पन्ध्र बेड थपिने पाल्पामा कोरोना संक्रमण दर बढ्दाे मैत्रीपुर्ण खेलमा नेपाली क्रिकेट समर्थक समाज पाल्पा विजयी

नेपाल चीन कनेक्टिभिटीमा रेल पहिलाे प्राथमिकता

लीलामणि पाैडेल

नेपालमा रेलमार्ग चाहिन्छ भन्ने कुरा बहसमा छ । नेपालको अन्तर्राष्ट्रियरुपमा कनेक्टिभिटीको कुरा गर्दा हामी कि हवाइरुपमा जोडिने हो, कि स्थल यातायात, मुख्य गरी रेल्वेबाटै हो । हवाइ जहाजमार्फत जोडिँदाका सीमाहरु छन् । त्यो खर्चिलो पनि छ । उड्डयनमा ‘प्वाइन्ट टू प्वाइन्ट कनेक्सन’ हुन्छ । त्यसले ‘बल्क कार्गो’ बोक्न सक्दैन । त्यसले औद्योगीकरणको साना (लाइट) उद्योगलाई मात्रै काम गर्ला, ठूला (हेभी) कम्पनीलाई लजिस्टिक पक्षबाट आर्थिक रुपमा प्रतिस्पर्धी बनाएर सहयोग गर्न सक्दैन हवाइ यातायातले ।

हामीलाई बाह्य संसारसँग जोडिन रेल्वे कनेक्टिभिटीको भरपर्दो विकल्प छैन । हामी चीनसँग रेलमार्फत जोडिन सक्यौं भने फाइदा हुन्छ । वर्षमा हजारौं कन्टेनर युरोपबाट चीन र चीनबाट युरोप गरिरहेका छन् । चीनसँग रेलबाट जोडिँदा हामी मध्य, मध्यपूर्व र पश्चिम एसियालगायतका क्षेत्रसम्म पनि यातायात सञ्जालमा जोडिन्छौं । त्यसबाट आउने लाभ अथाह हुन्छ र त्यसले ‘गेम चेन्ज’ गर्न सक्छ ।

हामी अहिले ट्रान्जिटमा पूर्णरुपमा भारतमा निर्भर छौं । त्यो निर्भरतालाई कम गर्न सन् २०१५ मा चीनसँग ट्रान्जिट ट्रान्सपोर्ट सम्झौता भयो । २०१९मा त्यसको प्रोटोकल फाइनल गर्‍यौं । त्यो प्रोटोकलमा हस्ताक्षर गरे पनि हामीले साँच्चिकै ट्रान्जिटलाई आर्थिक रुपमा सम्भाब्य हुने गरी प्रयोग गर्ने हो ‘सिमलेस मुभमेन्ट अफ कार्गो’ आवश्यक पर्छ, त्यो पनि रेल्वेबाटै । रेल नभई हामी चीनको ट्रान्जिट प्रयोग गर्न सक्दैनौं ।

हामी अहिले चीनबाट ट्रान्जिट पायौं भनेर कराइरहेका छौं । तर, यदि रेलले जोड्न सकेनौं भने त्यसको कुनै अर्थ छैन । यही कारण हाम्रो उत्तरसँगको रेलको कनेक्टिभिटी रणनीतिकरुपमा पनि महत्वपूर्ण छ ।

यसलाई हामीले विशद्ध ‘फाइनान्सियल रेट अफ रिटर्न’ (बनेपछि रेलबाट उठ्ने राजस्व) का आधारमा हेर्न हुँदैन । यो हाम्रो राष्ट्रियताको सवाल पनि हो, यो हाम्रो अन्तर्राष्ट्रिय ‘इन्टिग्रेसन’ पनि हो । सँगै, यसले ल्याउने आर्थिक लाभका पक्षहरु पनि जोडिन्छन् ।त्यसैले हामी रेलबाट उत्तरमा चीनतर्फ जोडिनुपर्छ ।

त्यसका लागि दुईवटा सवाल छन् । निर्माणका लागि वित्तीय स्रोतको जाहो र प्रविधि महत्वपूर्ण मुद्दा हुन् । वित्तीय स्रोत समस्याको विषय हैन, प्रविधि विषय महत्वपूर्ण हो ।

म प्राविधिक त हैन । म रेलको विज्ञ पनि हैन । तर, मैले जति पनि रेल्वे बुझेका प्राविधिहरुसँग कुराकानी गरेँ, उत्तरतर्फबाट रेल ल्याउन खर्चिलो छ, गाह्रो छ, तर सम्भव छ भन्नुहुन्छ । नेपालको जस्तै कठिन भूगोलमा चीनले छेन्दुबाट ल्यासासम्म जोड्ने रेल बनाइरहेको पनि छ । हाम्रोमा निर्माण गर्न अझ सहज नहोला । नेपालमा आउने रेल छेन्दुबाट आउनेभन्दा भूगोलका हिसावले अप्ठेरो त हैन, उचाइको फरक लगायतका कारण निकै असहज चाँहि छ । यो प्राविधिकरुपमा कति सम्भाव्य भनेर प्राविधिकले नै भनुन् । तर, यो कुनै नाफा-घाटाको भनेर हेर्ने परियोजना हैन । यो रेलमार्ग चाहिन्छ ।

यसको महत्व र औचित्यका आधारमा यसलाई पहिलो (टप मस्ट) प्राथमिकतामा राख्नुपर्छ । यो नेपाललाई अन्य देशसँग जोड्ने र नेपालको अर्थतन्त्रलाई कायापलट गराउने परियोजना हो । यो हाम्रो पहिलो प्राथमिकतामा हुुनुपर्ने हो । अहिले किन सरकार पूर्व-पश्चिम रेलमार्गतिर किन गएको हो भनेर मैले भन्न सक्ने अवस्था रहेन ।

रणनीतिक महत्वका हिसाबले हेर्दा दक्षिण (भारत)बाट नेपाल रेलले जोडिने कुरा व्यवसायिकरुपमा नै अर्थपूर्ण छ । त्यसले त कोलकत्तादेखि कै कार्गोलाई फेसिलेटेड गर्छ । हाम्रो ढुवानी खर्च घटाइदिन्छ र अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाइदिन्छ ।

उत्तरतिरबाट जोड्ने कुराको चाँहि रणनीतिक महत्व पनि छ र त्यसले हामीलाई बाहिरको संसारसँग नै जोड्छ । त्यसैले यी दुई रेलमार्गलाई सबैभन्दा बढी प्राथमितामा राखेर जानुपर्छ ।

यो योजना बनाउँदा नै ध्यान दिनुपर्ने विषय हो । यो राष्ट्रिय स्वार्थको कुरा हो । यो तपाईंको र मेरो सवाल हैन । यो सवालमा हामी विभाजित भयौं भने चीन लगानी लिएर नआउन पनि सक्छ ।

यो ठूलो परियोजना हो, चिनियाँहरुको सहभागिता हुन्छ । तर, ऊ विवादमा पर्छ भने किन आउँछ ? अहिले आएर यो रेलमार्ग हामीलाई चाहिन्छ कि चाँहिदैन ? भन्ने काम गर्नुहुँदैन । पूर्वअर्थमन्त्री भएका मान्छेले नै अनुदानमा बनाइदिए चाहिन्छ, ऋण लिएर बनाउनुहुँदैन भन्नुभयो । त्यसले त ‘अनुदान भनेको काम नलाग्ने परियोजनामा लगाए हुन्छ’ भन्ने अर्थ लाग्छ । मलाई यो तर्क उपयुक्त लागेन ।

त्यसैले चीनतर्फको रेलमार्गलाईर् प्राथमिकतामा राखेर हाम्रो क्षमताले सक्ने स्रोत जुटाउनुपर्छ । यस्तो परियोजनामा हामी सबै एक मत भएर जानुपर्छ । आफूले सक्ने स्रोत राखेर एक मत भएर सहयोग माग्दा चीनबाट जुनसुकैखालका सहयोग पनि हामीले पाउँछौं ।

पहिलो सहयोग भनेको त हाम्रो आफ्नै क्षमतामा बनाउने कुरा हो । दोस्रो, प्रविधि लिने कुरा हो । तेस्रो निर्माणको पक्ष हो । निर्माण ठूलो कुरा हैन, प्रविधि लिने र क्षमता विकास गर्ने कुरा ठूला हुन् ।

हामीले विगतमा केही मान्छेलाई चीनमा रेलबारे पढ्न पठाएका थियौं । तर, फर्किएर आएका इञ्जिनियर रेल विभागमा छैनन् । अन्यत्र काम गरिरहेका छन् । रेल विभाग दक्ष जनशक्ति छैन भनिरहेको छ । तालिम लिएर आएकाहरुलाई रेलमै ल्याउनुपर्छ ।

त्योभन्दा ठूलो कुरा, एक-दुईजनालाई मात्रै रेल्वे इञ्जिनियरिङ सिकाएर हुँदैन । संख्या ठूलो बनाउनुपर्छ । रेल भनेको मेकानिकल कुरा मात्रै हैन, अरु धेरै पक्ष यसमा जोडिन्छन् । ५० जना जति इन्जिनियरको दरबन्दी सिर्जना गरी भर्ना सकेर उहाँहरुलाई पढ्न चीनमा पठाउँदा हुन्छ । उदार ढंगले राखियो भने चीनले त्यो सहयोग गर्छ । त्यसैले हो हाम्रो क्षमता विकास हुने र प्रविधि हस्तातरण हुने ।

पछि हामीले नै आफ्नो रेल्वे धान सक्छौं । रेल्वेको सञ्चालन र मर्मतदेखि अन्य धेरै पक्षमा हाम्रो पनि विज्ञता बढ्छ । अहिले चीनले ल्हासाबाट छेन्दुसम्म बनाइरहेको रेल्वे परियोजनामा काम नै गर्ने गरी पठाउँदा हुन्छ ।

रेल्वेमा हामीले क्षमता विकास गर्ने पक्षमा ध्यान दिनैपर्छ । जानकारी नभएको विषयमा राजनीतिज्ञले भने भनेर हावाका भरमा रेल विभाग र त्यहाँ कार्यरत इन्जिनियरले सल्लाह नदिनुहोला । नेताहरुले जे सुन्न चाहानुभएको छ, त्यही सल्लाह दिने हैन, सही सल्लाह दिने र त्यसैअनुसार काम गर्ने हो ।

रेल विभागमा रहनुभएका इन्जिनियर लगायतका साथीहरुले पेशागतरुपमा जिम्मेवार भएर काम गर्नुपर्छ । अरुलाई बाटो देखाउनुपर्छ । आउने पुस्ताले पनि सम्झिने गरी काम गर्नुपर्छ । दुई वर्षपछि गाली खानुपर्ने गरी काम नगर्नुहोला ।

अन्तिममा पनि भनेँ, उत्तरसँगको कनेक्सनचाँहि हाम्रो सबैभन्दा बढी प्राथमिकतामा रहनुपर्छ । यो यात्रु बोकेर र उसैबाट भाडा उठाएर मात्रै खानले रेल्वे हैन । यसले हाम्रो अर्थतन्त्रका जोखिमहरुलाई घटाउँछ, बाहिरी संसारसँग जोडेर आर्थिक सम्भावनाका ढोका खुल्छ । हामीले सबैभन्दा पहिला बाहिरी संसारसँग हामीलाई अलग्याउने गरी बन्द रहेको गेटवे खोल्नुपर्छ ।

(पूर्व मुख्यसचिव एवं पूर्व राजदूत पौडेलद्वारा व्यक्त विचार )