सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव बैंक ब्याजदर विरुद्ध अर्थमन्त्रीलाई उद्योग वाणिज्य संघ पाल्पाको ज्ञापन पत्र प्रेस चौतारी पाल्पाकाे घुम्ती बैठक रम्भामा सम्पन्न तिनाउमा लैंगिक सचेतना कार्यक्रम सम्पन्न इन्फिनिटि लघुवित्तको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न हल्ट प्राइस पोखरा विश्वविद्यालयको २०२२/०२३ का लागि आयोजक कमिटी गठन

‘यूवा पुस्ता पत्रकारीतामा आउन जरुरी छ’ : प्रेस चौतारी केन्द्रिय सचिव आचार्य

विजयकुमार बौडेल – 

असोज ५ – प्रेस चौतारी नेपालका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज प्रदिप आचार्यले पत्रकारितामा यूवा पुस्ता आउन जरुरी रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, पाल्पाले तानसेनमा गरेको स्वागत कार्यक्रममा बोल्दै केन्द्रिय सचिव आचार्यले हरेक स्थानीय तहका असल अभ्यास र बेथिती बाहिर ल्याउन यूवाहरु पत्रकारिता क्षेत्रमा आउनुपर्ने बताउनुभएको हो । नयाँ पुस्तालाई पत्रकारीतामा ल्याउनका लागी प्रेस चौतारी नेपालले विभिन्न प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने तयारी गरिरहेको बताउँदै आचार्यले हरेक जिल्लाका शाखाहरु संग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

आचार्यले मुलुकको अप्ठेरो राजनैतिक अवस्थामा पत्रकारले लोकतन्त्र बँचाउन भुमिका खेल्नुपर्ने समेत बताउनुभयो । आचार्यले वर्तमान राजनीतिक अवस्थामा पत्रकारले लोकतन्त्र बचाउन महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । पत्रकारलाई समाजको ऐनाको रुपमा नागरिकले बुझेको उल्लेख गर्दै आचार्यले जनताको आवाज स्थानीय, प्रदेश र संघिय सरकारको कान सम्म पुर्याउने पुलको रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

स्वागत कार्यक्रममा प्रेस चौतारीको वर्तमान अवस्था र भावि कार्यदिशाबारे छलफल गरिएको थियो । प्रदेश सह–ईन्चार्ज कमलराज तिमिल्सेनाले व्यवसायिक सुदृढिकरणसँगै संगठन बलियो बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो । तिमिल्सेनाले सञ्चारमाध्यमलाई समानुपातिक रुपमा बलियो बनाउन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका पाल्पा ईन्चार्ज मिलन विकले प्रदेश भित्रका १२ वटै जिल्ला समितिहरुबीच समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । विकले प्रदेशका सबै जिल्लाहरुबीच पत्रकारिता र यसका संभाव्यता बारे छलफल गरि नयाँ पुस्तालाई पत्रकारिता क्षेत्रमा ल्याउन संगठनले ध्यान दिएर काम गर्नुपर्ने बताउनुभयो ।

प्रेस चौतारी नेपाल, पाल्पाका अध्यक्ष कृष्ण कार्कीले देशै भरीका शाखाहरुलाई सिकाइ हुने गरि पाल्पाको संगठन अघि बढेको बताउनुभयो । कार्कीले संगठनको संस्थागत विकासका लागी स्थानीय तहहरु संग समन्वय गर्दै पत्रकारिता क्षेत्रमा यूवाहरुको आकर्षण बढाउन पाल्पाको संगठन लागीपरेको बताउनुभयो ।