सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव बैंक ब्याजदर विरुद्ध अर्थमन्त्रीलाई उद्योग वाणिज्य संघ पाल्पाको ज्ञापन पत्र प्रेस चौतारी पाल्पाकाे घुम्ती बैठक रम्भामा सम्पन्न तिनाउमा लैंगिक सचेतना कार्यक्रम सम्पन्न इन्फिनिटि लघुवित्तको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न हल्ट प्राइस पोखरा विश्वविद्यालयको २०२२/०२३ का लागि आयोजक कमिटी गठन

इन्फिनिटि लघुवित्तको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

विजयकुमार बौडेल – 

इन्फिनिटि लघुवित्त वित्तिय संस्था लिमिटेडले तानसेनमा मौसमी तथा वेमौसमी तरकारी खेति सम्वन्धि तालिम संचालन गरेको छ । कृषि पेशालाई आधुनिक प्रविधि बनाउन इन्फिनिटि लघुवित्त वित्तिय संस्था लिमिटेडले वर्तुङ्ग शाखाका ९७ केन्द्रका प्रमुख र प्रतिनिधीका लागी व्यवसायिक तरकारी खेती तालिम संचालन गरेको हो ।

तालिमको उद्घाटन गर्दै तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले नेपालमा कृषि पेशा सवै भन्दा जेठो पेशाका रुपमा स्थापित भएको भन्दै कृषि व्यवसायलाई आधुनिक प्रविधि मैत्री वनाउन ईन्फिनिटि लघुवित्तले तालिम सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उपप्रमुख सिंजालीले महिला किसानको आय आर्जन लगायत जीवन स्तर परिवर्तन ल्याउन संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै तालिम सञ्चालन पछी मौसमी तथा वेमौसमी तरकारी उत्पादन गर्न जोड दिनुभयो ।

पाल्पामा करिव ६५ प्रतिशत नागरिक कृषि पेशामा आत्मनिर्भर भएकाले आधुनिक प्रविधि कृषि पेशालाई व्यवसायिक वनाएका नागरिकलाई आत्मनिर्भर गराउन तानसेन नगरपालिका लागिपरेको र विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरेको उपप्रमुख सिंजालीले बताउनुभयो । ७० जना अगुवा कृषक महिला सहभागी भएको कार्यक्रममा सहजिकरण गर्दै भेटेरिनरी डाक्टर प्रशिक्षक कृष्ण प्रसाद पौडेलले कृषी क्षेत्रमा विभिन्न किसिमका आधुनिक प्रविधि भित्रिएको र थप व्यवसायिकताका लागी त्यसको प्रयोग कृषि पेशामा हुनुपर्ने बताउनुभयो ।

सहजकर्ता पौडेलले हाईटेक नर्सरी, विउ उत्पादन, प्लाष्टीक घरमा तरकारी खेती संचालन गर्ने तरिका, मौसमी तथा बेमौसमी खेति पद्धति, रोग किरा पहिचान तथा व्यवस्थापन लगाएत किसानलाई चाहिने सिप ज्ञानको बारेमा सहजिकरण गर्नुभयो । पौडेलले आधुनिक प्रविधि खेतीले नागरिकको जीवन स्तरमा सुधार ल्याउने, आर्थिक बृद्धीदर वढाउने, तरकारीमा रोग किरा लागे किसान आफैले रोगकिरा व्यवस्थापन गर्न सक्ने तरिका, विउ उत्पादन मौसमी तथा वेमौसमी तरकारी खेतीका लागी सहभागीहरुको सिप तथा क्षमता वढाउने विषयमा समेत सहजिकरण गर्नुभयो ।

कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै अनुगमन अधिकृत प्रकाश घिमिरेले कृषि पेशामा संलग्न किसानको लागी ईन्फिनिटिले पटक पटक विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने गरेको बताउनुभयो । वर्तुङ्ग शाखाका प्रमुख अजय कुमार मिश्रले कृषि पेशालाई आधुनिक व्यवसायीक प्रविधि अर्थपुर्ण बनाउन ईन्फिनिटिले किसानको क्षमता विकास गरी आयआजर्नमा सुधार ल्याउन तालिम सञ्चालन गरेको बताउनुभयो । केन्द्रका प्रमुख तथा प्रतिनिधीहरुको मागका आधारमा व्यवसायिक तरकारी खेती तालिम सञ्चालन गरिएको र महिला कृषकहरुले तालिम प्रभावकारी रहेको बताएका वर्तुङ्ग शाखाकी कर्मचारी जमुना हिताङ्गले जानकारी दिनुभयो ।