विजयकुमार बौडेल –
२५ मंसिर – तिनाउ गाउँपालिका महिला समन्वय समितिको आयोजनामा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सभ्य समाजको पहिचान लैगिक हिंसा विरुद्धको अधियान भन्ने राष्ट्रिय नाराका साथ तिनाउ गाउँपालिकाका ६ वटै वडाको ग्रामिण वस्तिहरुमा सचेतना कार्यक्रम गरिएको हो । तिनाउका कुनै पनि महिला, पुरुष, किशारी, बालबालिका, लैंगिक अल्पसंख्यक हिंसामा नपरुन, हिंसाको सिकार नबनुन, हिंसाको विरुद्धमा आवाज उठाउन सकुन र हिंसा रहित समतामुलक समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा सहित कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो ।
तिनाउ गाउँपालिका वडा न. ३ को श्रीडाँडा, वडा न. ४ छाप, वडा न. ६ काशिभञ्याङ, वडा नं. १ बुडीकोट , वडा नं. ५ कोलडाँडा र वडा नं. २ खुर्सानेमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । सचेतना कार्यक्रममा तिनाउ गाउँकार्यपालिकाका सदस्य तथा महिला समन्वय समितिका संयोजक पम्फा थापा, तिनाउ गाउँपालिकाका अध्यक्ष पे्रम श्रेष्ठ, उपाध्यक्ष लाल बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, वडा अध्यक्ष तथा महिला समन्वय समितिका सदस्य इन्द्रा कुमारी चिदी, दोभान चौकी प्रमुख विष्णु बहादुर कुँवर, तिनाउ गाउँपालिका स्तरीय महिला सञ्जालका सदस्य दुर्गा भण्डारी र तिनाउ गाउँपालिकाका प्रशासन शाखाका कर्मचारी विमला महतले सहजीकरण गर्नुभएको थियो ।
सहजकर्ताहरुले लैगिक हिंसा विरुद्ध १६ दिने अभियानको बारेमा जानकारी, महिला हिंसा, महिलाहरुको हक, अधिकार, महिला आन्दोलन तथा महिलाहरुको वर्तमान अवस्था, बालविवाह, बहुविवाह, घरेलु हिंसा, हिंसामा परेमा के गर्ने, कानुनी सहायता, गाउँपालिकाको न्यायिक समितिको अधिकार क्षेत्र लगायतको विषयमा सहजिकरण गर्नुभएको थियो ।
कार्यपालिका सदस्य कुमारी सुनार, धनी कुमारी बगाले, गंगा कुमारी बगाले, महिला बालबालिका शाखाका कर्मचारी गोपिका पौडेललयायतले कार्यक्रममा व्यवस्थापन, सहजीकरण र सञ्चालनमा सहयोग गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुको लागि एक÷एक सेट टुथ पेस्ट, टुथ ब्रस, नुहाउने साबुन, नेलकटर जस्ता सरसफाई सामग्री वितरण गरिएको थियो ।