सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव बैंक ब्याजदर विरुद्ध अर्थमन्त्रीलाई उद्योग वाणिज्य संघ पाल्पाको ज्ञापन पत्र प्रेस चौतारी पाल्पाकाे घुम्ती बैठक रम्भामा सम्पन्न तिनाउमा लैंगिक सचेतना कार्यक्रम सम्पन्न इन्फिनिटि लघुवित्तको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न हल्ट प्राइस पोखरा विश्वविद्यालयको २०२२/०२३ का लागि आयोजक कमिटी गठन

प्रेस चौतारी पाल्पाकाे घुम्ती बैठक रम्भामा सम्पन्न

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको घुम्ती बैठक सम्पन्न भएको छ । बैठक रम्भा गाउँपालिका १ हुंगीको रम्भा रिसोर्टमा बसेको हो ।

बैठकले गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रेस चौतारी नेपाल पाल्पाको भूमिका, प्रचार प्रसार र मिडिया परिचालनका विषयमा समीक्षा गरिएको सचिव नारायण न्यौपानेले जानारी दिए । यसका साथै बैठकले संगठनको कार्यसमिति सदस्य दयाराज न्यौपाने र सन्तोष बस्याललाई सचिवालय सदस्यमा मनोनित गरेको छ ।

यसैगरी आगामी माघ २२ गते संगठनको केन्द्रीय स्थापना दिवसका दिन साधारण सभा गर्ने जसका लागि लेखापरीक्षण लगायतका कामहरु गर्ने निर्णय गरेको सचिव न्यौपानेले जानकारी दिए । बैठकले संगठनमा विभिन्न व्यक्तित्वहरुले स्थापना गरेको अक्षयकोषबाट पुरस्कार वितरण कार्यलाई व्यवस्थित गर्नका लागि कार्यविधिको मस्यौदा छलफलका लागि प्रस्तुत गरिएको थियो ।

यसका साथै पाल्पा जिल्लामा नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर विजयी प्राप्त गरेको स्थानीय तहका जनप्रतिनिधि, प्रदेश र संघीय सांसदहरु सहितको राजनीतिक जीवनी समेटनेगरी सूर्यध्वजावाहक लिडर २०७९ प्रकाशनका लागि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज मिलन विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय प्रकाशन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले आगामी तीन वर्षका लागि नविकरण शुल्क निर्धारण गर्नुका साथै ६० वर्ष माथीका चौतारीमा आवद्ध सदस्यहरुको नविकरण शुल्क छुट गर्ने निर्णय समेत गरिएको सचिव न्यौपानेले जानकारी दिए । बैठकमा नेकपा एमाले पाल्पाका उपाध्यक्ष देवीलाल लामिछानेले पछिल्लो समय प्रेस चौतारी पाल्पाको क्रियाशीलता प्रति खुलेर प्रशंसा गर्नुभयो । उहाँले निर्वाचनका समयमा चौतारीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।

पार्टी र जनवर्गीय संगठनको समन्वयात्मक सहकार्य हुनुपर्ने बताउदै उपाध्यक्ष लामिछानेले पार्टी सोही अनुसार अगाडि बढेको जानकारी दिनुभयो । प्रेस चौतारी नेपाल का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सेनाले प्रगतिशील पत्रकारहरुको संगठन चौतारीले पाल्पाली पत्रकारितामा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

प्रेस चौतारीका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज मिलन विश्वकर्माले संगठन संस्थागत बन्दै विस्तारै आफना गतिविधिलाई तिव्रता दिएको बताउनुभयो । बैठकमा प्रदेश सदस्य रामप्रसाद न्यौपाने,नेपाल पत्रकार महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिना, बगनासकाली पत्रकार समूहका अध्यक्ष दिपक ढुंगाना, पूर्व उपाध्यक्ष बासुदेव ढकाललगायतले शुभकामना व्यक्त गर्नुभयो । बैठक संगठनका उपाध्यक्ष बन्दना पोखरेलको स्वागत, सचिव नारायण न्यौपानेको संचालन र अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा चलेको हो ।