विजयकुमार बौडेल –
२७ मंसिर – पाल्पा उद्योग बाणिज्य संघले बैंक तथा वित्तिय संस्थाद्वारा वृद्धी गरिएको बैंक ब्याजदर विरुद्ध जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत अर्थमन्त्री समक्ष ज्ञापन पत्र पेश गरेको छ ।
व्यवसायीका बैंक तथा वित्तिय समस्या समाधानका लागी शान्तिपुर्ण मौन विरोध कार्यक्रम अन्तरगत उद्योग वाणिज्य संघ पाल्पाले जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत अर्थमन्त्री समक्ष ज्ञापन पत्र पेश गरेको हो । ज्ञापन पत्रमा बैंक तथा वित्तिय संस्थाहरुले एक्कासी गरेको कर्जाको ब्याजदर वृद्धि प्रति पाल्पा उद्योग वाणिज्य संघको गम्भिर ध्यानाकर्षष भएको जनाईएको छ ।
कोभिड महामारीको कारणले व्यवसायमा मन्दी आएको कारणले आर्थिक तरलताको समस्या झेलीरहेका उद्योगी तथा व्यवसायीहरुलाई आघात पुग्ने गरि बैंक तथा वित्तिय संस्थाहरुबाटएक पक्षिय रुपमा अचुचित ढंगले गरिएको ब्याजदर वृद्धि तथा संशोधित कर्जा नीतिका कारण साना, मझौला तथा लघु उद्यम गर्ने उद्यमी व्यवसायीहरु पिडित भई व्यवसाय नै बन्द गरि पलायन हुनुपर्ने अवस्था आएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो ।
भट्टराईले बैंकले लगानी तथा ब्याज उठाउन दिएका कारण कतिपय व्यवसायीहरुले आत्महत्या सम्म गर्ने गरेको बताउनुभयो । ज्ञापन पत्रमा संकटको यस परिस्थितीमा एक अर्कालाई सहयोग गर्नुपर्ने बेलामा उल्टै बैंक तथा वित्तिय संस्थाहरुबाट गरिएको ब्याजदर वृद्धिले उत्पादित सामग्रीको मुल्य अकासिएर उपभोक्ताहरुको जिविका कष्ठकर बन्दै गएको जनाईएको छ ।
ज्ञापन पत्रमा ब्याज वृद्धिका कारण व्यवसायिक लागत प्रक्षेपण गर्न नसक्ने र लगानी निरुत्साहित हुन जाने भएकाले हालै गरिएको ब्याज वृद्धिको निर्णयलाई तत्काल फिर्ता गर्न, ब्याजदर सिंकल डिजिटमा कायम गर्न र पुनः कर्जा व्यवस्थापन गर्न पाल्पा उद्योग वाणिज्य संघले माग गरेको छ ।