सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव बैंक ब्याजदर विरुद्ध अर्थमन्त्रीलाई उद्योग वाणिज्य संघ पाल्पाको ज्ञापन पत्र प्रेस चौतारी पाल्पाकाे घुम्ती बैठक रम्भामा सम्पन्न तिनाउमा लैंगिक सचेतना कार्यक्रम सम्पन्न इन्फिनिटि लघुवित्तको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न हल्ट प्राइस पोखरा विश्वविद्यालयको २०२२/०२३ का लागि आयोजक कमिटी गठन

आशालाई प्रवासी नेपालीको ४० लाख सहयोग

१७ फागुन, गुल्मी । अपाङताको क्षेत्रमा काम गर्दै आएको गुल्मीको आशा अपाङग केन्द्रलाई प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
बिभिन्न चरणमा गरेर गुल्मी जिल्ला समाज यूके र नौमती बाजा समूह यूकेले करिब ४० लाख आर्थिक सहयोग गरेको आशा अपाङ्ग केन्द्र गुल्मीका कोषाध्यक्ष ताराप्रसाद भुसालले बताए ।

पछिल्लो पटक बिहीबार एक कार्यक्रमका साथ आशालाई गुल्मी जिल्ला समाज यूकेले चार लाख रुपैयाँ सहयोग गरेको छ । आशाको कार्यालयमै कार्यक्रम गरी समाजका प्रतिनिधिहरुले सहयोग हस्तान्तरण गरेका हुन् ।

गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामी, सल्लाहाकार मोती भण्डारी, कोषाध्यक्ष तारानाथ भण्डारी, कार्यकारी सदस्य तारा भट्टराई, सदस्य बाबुराम भण्डारीले आशाका अध्यक्ष जनार्दन घिमिरेलाई प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको रोहबरमा चार लाख रुपैयाँको चेक हस्तातरण गरेका हुन् ।

अपाङगको क्षेत्रमा खर्चिने गरी लण्डनमा रहेका गुल्मेलीहरुबाट बिभिन्न कार्यक्रमहरु गरेर संकलित रकम आशालाई प्रदान गरिएको हो ।

सहयोग रकम हस्तातरण कार्यक्रममा बोल्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बिदेशमा रहेर सामाजिक क्षेत्रमा बिभिन्न खाले पीडाहरुमा परेका ब्यक्तिहरुको सहयोगार्थ भएको सहयोगले प्रवासीले नेपालीले धेरै ठूलो मद्दत पुर्‍याएको बताए ।

उनले मान्छे कुनै पनि बेला अपांग बन्न सक्ने हुँदा प्रवासमा बसेर पनि जन्मभूमि प्रतिको दायित्वलाई महसुस गरेर गरेको सहयोग अत्यन्तै प्रशंसनीय काम रहेको बताए ।

समाजले असाय अशक्तहरु गरेको सहयोगले समाज अरु ब्यक्तिहरुलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना बढाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

आर्थिक रकम हस्तातरण गर्दै समाजका गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामीले गुल्मीमा जिल्लामा आशा अपांग केन्द्रले अपाङगताको क्षेत्रमा गर्दै आएको योगदानले समाजले लामो समयदेखि निरन्तर सहयोग गर्दै आएको बताए ।

उनले जिल्लामा हुने कुनैपनि दैबिक प्रपोक, असाय अशसक्तहरुलाई सहयोग गर्ने उदेश्यले लण्डनमा रहेका गुल्मेलीहरुले सन २००७ मा संस्था स्थापना गरेर सहयोग गर्दै आएको बताए ।

लण्डनमा रहेका गुल्मीका नेपालीहरुले जिल्लामा कुनै पनि ब्यक्तिलाई परेको दुःख, कष्टलाई सानो सहयोगले मलम लगाउने उदेश्यले सहयोग गर्दै आएको बताए ।

उनले गुल्मी जिल्लामा हालसम्म आशा अपाङ्ग केन्द्रसहित चारवटा एम्बुलेन्स सहयोग गरिसकेको बताए । समाजले तम्घास, धुर्कोट, फोक्सीङ्ग र खैरेनीमा एक्बुलेन्स सहयोग गरेर सञ्चालनमा छन् ।

समाजको तर्फबाट जिल्लामा आगोलागी, भूकम्प, बाढी पहिरो, बिभिन्न रोगबाट ग्रसित असाय अससक्तहरुलाई पनि सहयोग गर्दै आएको समाजले जनाएको छ ।

रकम हस्तातरण कार्यक्रममा आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले गुल्मी जिल्ला यूके समाजले आशा अपाङ्ग केन्द्रलाई सन २०११ देखि निरन्तर सहयोग गर्दै आएको प्रति धन्यवाद दिएकी थिइन् ।

उनले समाजले आशा अपाङ्गता केन्द्रलाई निरन्तरको सहयोले जिल्लामा ७ हजार बढी अपाङगतालाई बिभिन्न उपचार र सहयोग गर्न पाएको बताइन् । उनले अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण र सोंचमा केहि परिवर्तन आएपनि अपाङ्गता मैत्री वातावरण भने हुन नसकेको बताइन् ।

गुल्मी जिल्लामा स्थापना भएको आशा अपांग केन्द्रले निजि क्षेत्रको सहयोगमा राज्यले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएकाले यस्तो सहयोग राज्यबाट हुनुपर्नेमा उपाध्यक्ष रायमाझीले जोड दिइन् ।

कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेका कार्यकारी सदस्य तारा भट्टराई, सदस्य बाबुराम भण्डारीले व्यक्तिगत तर्फबाट थप २५ हजार सहयोग गरेका थिए ।

आशाले जिल्लामा विगत १० वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपाङगताको क्षेत्रमा काम गर्दै आएको छ ।