
विजयकुमार बौडेल –
माघ २३ – रिब्दीकोट गाउँपालिकाले भवानी मावि कुसुमखोलाका फरक क्षमता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम कार्यान्वयन सिफारिस समितिको आयोजनामा फरक क्षमता भएका ११ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । विद्यार्थीहरुलाई न्यानो कपडा सिरक, डसना, ब्लाङ्केट, ज्याकेट लगाएतका सामग्री वितरण गरिएको हो ।
न्यानो कपडा वितरण गर्दै रिब्दीकोट ५ कुसुमखोलाका पुर्व अध्यक्ष माधव आचार्यले फरक क्षमता भएका विद्यार्थीहरुको हौसलाका लागी न्यानो कपडा वितरण गरिएको बताउनुभयो । आचार्यले विद्यार्थीहरुलाई अध्ययन गर्न प्रोत्साहित गर्नको लागी गाउँपालिकाले योजना बनाएर लागीपरेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले विभिन्न कारणले फरक क्षमता भएका विद्यार्थीहरुले पढाई छाड्दै गईरहेको प्रशंग उल्लेख गर्दै सबैको पहलले उनीहरुलाई स्थापित गर्नुपर्ने बताउनुभयो । अध्यक्ष जिसीले रिब्दीकोट गाउँपालिका फरक क्षमता भएका विद्यार्थीहरुको व्यक्तित्व विकासमा लागी परेको बताउनुभयो ।
प्रमुख प्रसासकिय अधिकृत ऋषिराम अर्जेलले फरक क्षमता भएका विद्यार्थीहरुलाई फरक दृष्टीले हेर्न नहुने भन्दै गाउँपालिकाले विभिन्न कार्यक्रम मार्फत उनीहरुलाई उत्प्रेरित गराउन लागीपरेको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनाल, शिक्षा साखा संयोजक मणी खनाल, समाजसेवी मोतीराज ज्ञवाली, वेणीमाधव आचार्य लगाएतले गाउँपालिकाले फरक क्षमता भएका विद्यार्थीहरुको लागी उपयोगी कार्यक्रम ल्याएको र यसलाई निरन्तरता दिने विषयमा जोड दिनुभयो ।