सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 2

पुर्बखाेला गाँउपालिका काे १७ अाैं अधिबेशन सम्पन्न

पुर्वखाेला गाउपालिका गाउसभाकाे १७ अाै अधिवेशन सम्पन्न भएको छ।

अार्थिक वर्ष २०८२/८३ मा गाउपालिकाकाे कुल बजेट ४६ करोड ८३ लाख ४४ हजार ९९५ रुपैया पारित भएको छ।
असार ८ गते देखि सुरु भएको अधिबेशन मा ४ वटा बैठक बसेकाे छ । यस अधिबेशन गाउपालिकाकाे अार्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व व्यवस्थापन विधेयक ,बाल संरक्षण नीति , अार्थिक वर्ष २०८२/८३ काे निति तथा कार्यक्रम , विनियोजित विधेयक बजेट पारित गर्नुका साथै व्यवसायीक कृर्षक , राम्रो काम गर्ने अायाेजनाका उपभोक्ता समिति , कर्मचारीहरुलाइ सम्मान गरेको छ।

गाउपालिकाकले संघिय समपुरक बजेटबाट खल्लुक भाङ्ज्याङ विर्ता सडक स्तराेन्नति अायाेजनाका लागि १ करोड ३५ लाख प्रदेश समपुरक तर्फ सेर्काबास हेक्लाङ सडक स्तराेन्नतिकाे लागि ९० लाख हटिया जनमार्ग मा वि सडक स्तराेन्नतिकाे लागि ६० लाख संघिय विशेष तर्फ विद्यालय ICT व्यवस्थापनकाे लागि ७३ लाख प्रदेश विशेष तर्फ सुन्तलाजात फलफूल बगैंचा स्थापना तथा सुदृढीकरण कार्यक्रम वडा नम्बर २ जल्पा र वडा नम्बर ५ विर्काेटकाे लागि १८ लाख विनियोजन गरेको छ।

पालिका स्तरिय अायाेजनामा अाकस्मित तथा विपद व्यवस्थापनकाे लागि २० लाख असल अभ्यास मिडिया कार्यक्रमकाे लागि ३ लाख युवा स्वराेजगार कार्यक्रमकाे लागि ८ लाख ५० हजार मनाेसामाजिक परामर्श कार्यक्रमकाे लागि ५ लाख मगर भाषा संरक्षण कार्यक्रमकाे लागि ३ लाख देविनगर वडालाई पुर्ण सरसफाइ कार्यक्रमकाे लागि ३ लाख प्रशासनिक भवनकाे लागि २० लाख कृषि तथा पशुपंक्षि विकास परियोजनाकाे लागि १ करोड बालमैत्री स्थानीय शासन कार्यक्रमकाे लागि १२ लाख ढाेलिमारा सामुदायिक सास्कृतिक घर निर्माणकाे लागि १० लाख सहकारी प्रवर्द्धन कार्यक्रमकाे लागि २ लाख डाेजर जे सि वि खरिदकाे लागि ५५ लाख र ६ वटा वडालाई ६० लाखकाे दरले बजेट बविनियोजन भएको छ ।

स्थानीय पाठ्यपुस्तक लेखन तथा छपाईकाे लागि ७ लाख सुत्केरी शिक्षक विदामा बस्दा स्वयंसेवक शिक्षककाे लागि ५ लाख ५० हजार , शिक्षक र विद्यालयलाइ ल्यापटप प्राेजेक्टर व्यवस्थापनकाे लागि ७ लाख २० हजार , अभिभावक विहिन बालबालिका छात्रवृत्तिकाे लागि ३ लाख ५० हजार , नेपाल स्काउट कार्यक्रमकाे लागि ३ लाख , बाल कक्षा कुना व्यवस्थान क्षमता विकास शैक्षिक सामाग्री निर्माणकाे लागि ४ लाख ५० हजार अभिभावक शिक्षाकाे लागि ३ लाख , नसर्ने राेग सम्बन्धि स्वास्थ्य शिविर ६ वटा वडा गर्ने गरि ४ लाख , अति विपन्न तथा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य विमाकाे लागि ४ लाख सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धि अभियानकाे लागि २ लाख उच्चरक्तचाप मधुमेह अाैषधि खरिदकाे लागि ८ लाख महिला स्वास्थ्य स्वयंसेविकालाइ मार्सिक भत्ता तथा खाजाकाे लागि ९ लाख ३६ हजार गरि शिक्षा शाखालाइ जम्मा २ करोड ११ लाख , स्वास्थ्य शाखालाइ ७० लाख कृषि शाखालाइ २५ लाख पशु सेवा शाखालाइ १५ लाख बजेट विनियोजन गरेको हाे।

अधिवेशनमा सभाका सदस्यहरुले संघिय र प्रदेश सरकारबाट संचालन हुने अायाेजनाहरु ढिलो संचालन हुने कम गुणस्तरीय हुने स्टेटमेन्ट अनुसार काम नहुने समयमै नसकिने , निर्माण कार्य गर्दा अन्य स्थानीय तहबाट निर्माण सामाग्री ल्याउदा राेयल्टिमा दाेहाेराे परेको , व्यवसाय तथा निर्माण कार्यमा अनुगमन कम भएको , ठुला अायाेजनाकाे डिपिअार नहुदा काम गर्न दुख भएको , धेरै बजेटकाे डिपिअार भएको अायाेजनामा थाेरेै बजेट मात्र व्यवस्थापन गर्दा निर्माण कार्य सुरु गर्न नसकेको , स्थानीय पाठ्यपुस्तक छपाई नभएको , कार्यपालिकाले तय गरेको निर्णय कार्यनयन नभएको जस्ता गुनासो सल्लाह सुझाव राखेका थिए ।
सभाका सदस्यहरुले राखेको गुनासोलाई गाउपालिकाका अध्यक्ष नुन बहादुर थापा उपाध्यक्ष भागिरथि भट्टराई प्रशासकिय प्रमुख सुन्दर प्रसाद श्रेष्ठले सम्बाेधन गर्नुभएको थियो ।

गाउसभामा यस वर्ष ५ लाख भन्दा माथिका अायाेजना मध्य सबै भन्दा उत्कृष्ट काम गर्ने तल्लो लेमधेम माेटरबाटाे स्तराेन्नति अायाेजना उपभोक्ता समितिका अध्यक्ष सन्ताेष कुमार बारघरे सचिव सुनिता ढेंगा , कार्यक्रम अधिकृत विनाेद नेपाल , स्वास्थ्य तर्फ पदम बहादुर थापा दर्लामि , कम्पुटर अपरेटर मन कहादुर सारु , कृषि पशु शाखाबाट हरि प्रसाद उपाध्याय सिग्देल , वडा सचिवबाट रुमि सरा दिसुवा मगर , कार्यालय सहयोगी शान्ति अाचार्यलाइ नगद सम्मानपत्र दाेसल्लाले सम्मान गरेको थियो ।

गाउपालिकाकाे गाउसभाकाे अधिवेशन गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

राष्ट्रिय धानदिवसमा राेपाँइ उत्सव,कृषक सम्मान

राष्ट्रिय धान दिवसमा रोपाइँ उत्सव !
कृषि ज्ञान केन्द्र पाल्पा र तानसेन नगरपालिकाको आयोजनामा माडीफाँट दमकडामा राष्ट्रिय धान दिवस तथा रोपाइँ उत्सव सम्पन्न भएको छ ।

कृषि सेवा केन्द्र दमकडाको व्यवस्थापनमा भएको कार्यक्रममा रोपारीहरूबीच छिटो रोप्ने प्रतियोगिता र महिला पुरूष हिले दौड प्रतियोगिता भएको छ । स्थानीय कृषकहरूले वाली र असारे गीत पनि घन्काएका थिए । पञ्चेबाजाको तालमा रोपाहारहरूले नाच्दै धान रोपेको दृष्य हेर्नलायक थियोे । प्रतियोगिताका बिजेता प्रथम, द्वितीय, तृतीय र शान्त्वना हुनेलाई कृषि यन्त्र पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका ज्ञवाली गैरे, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी, कृषि ज्ञान केन्द्रका प्रमुख अरविन्द मणि त्रिपाठी, सुन्तला जात फलफूल विकास केन्द्रका प्रमुख जोगेन्द्र कान्दु, तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्याल लगायतले धान दिवस मनाइरहँदा किसानको समस्याका विषयमा छलफल हुनुपर्नेमा जोड दिनुभयो । यस वर्षको धान दिवसको नारा “धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” रहेको छ ।

राष्ट्रिय धान दिवसमा कृषक सम्मान
पाल्पा जिल्लाभित्र कृषिलाई मुख्य पेशा बनाएका रैनादेवी छहरा ४ अम्लाबासका दुर्गा प्रसाद कोइराला (सुन्तला नर्सरी), बगनासकाली ८ का झबिन्द्र बस्याल (पुष्प खेती), तानसेन ७ का महेश्वर पन्त (फलफूल खेती; आँप र लिची विशेष) उत्कृष्ट कृषकका रूपमा र तानसेन ८ का उमानाथ घिमिरे (कन्ये/सिताके च्याउ) सर्वोत्कृष्ट किसानका रूपमा सम्मान गरिएको छ । सर्वोकृष्ट कृषकलाई नगद १० हजार र उत्कृष्टहरूलाई नगद ५ हजार रूपैयाँ र प्रशंसापत्र सहित सम्मान गरिएको हो ।

पाल्पा अस्पताल तानसेन पाल्पाको ११३ औ वार्षिकउत्सव

पाल्पा अस्पताल तानसेन पाल्पाको ११३ औ वार्षिकउत्सव तथा भवन शिलान्यास कार्यक्रम आज अस्पतालको प्राङगठमा विविध कार्यक्रम गरि सम्पन्न गरेको छ ।
कार्यक्रममा असपताल विकास समिति सदस्य तथा तानसेन नगर पलिकाका प्रवक्ता यादव सिङ कार्किले उपस्थित सम्पुर्णलाइ स्वागत गर्दै अस्पतालको विगत को अवस्था, वर्तमान अवस्था र भावि रणनितिको बारेमा जानकारि गराउनुका साथै अस्पतालको सम्रगको जानकारि गराउनुभएको थियो |
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनि प्रदेश सरकारका स्वास्थ्य मन्त्रि खेम सारुले समारोह को उढ्घाटन गर्नुका साथै अस्पतालमा बन्न लागेको नया भवनको शिलान्यास गर्नु भएको थियो |प्रमुख अतिथि सारुले कार्यक्रममा
कार्यक्रममा अस्पतालका मेसु डाक्डर रामेश्वर देवकोटाले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालको परिचय, अस्पतालको अवस्था, पाल्पामा बिरामिको अवस्था, , अस्पतालले दिने सेवाहरुको बारेमा जानकारि,दैनिक अस्पतालमा आउने बिरामिहरुको तथ्याङ्क, अस्पतालमा रहेका अनेक समस्या हरुको जानकारि गराउदै, अस्पतालमा ८४ जना कर्मचारि रहेको र भावि रणनितिहरुको जानकारि गराउनुका अस्पतालकोसम्रग जानकारि गराउनु भएको थियो |कार्यक्रम अस्पताल विकास समितिका सदस्य शशि श्रेष्ठ र कार्यक्रमकै अवसरमा अस्पतालमा विगतका समयमा सेवा प्रवाह गर्नै पुर्व कर्मचारिहरुलाइ सममान पत्र, दोसल्ला सहित सम्मान गरिएको थिपो |
कार्यक्रममा पाल्पाका सम्पुर्ण सरकारि कार्यालय हरुको तर्फबाट पाल्पाका प्रमुख जिल्ला अधिकारि तोय नारायण सुवेदिले अस्पताललाइ शुभकामना दिदै अस्पतालको समस्याहरुको बारेमा जानकारि गराउदै सरकारले उच्च प्राथमिकता राख्नु पर्ने बताउनु भयो |
कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले अस्पताललाइ शुभकामना दिदै अस्पताललाइ यहा।सम्म ल्याउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिनु भयो | साथै उहाले अस्पतालको भोतिक,अार्थिक तथा सम्रग विकासका लागि आफ्नो व्यक्तिगत तथा तानसेन नगरको सम्पुर्ण सहयोग रहने प्रद्दिबद्ता जनाउनु भएको छ ।

ग्राहकलाई लुम्बिनी मेडिकलमा २५ प्रतिशत छुट

 ग्लोबल आईएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबीच ग्लोबल आईएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारीमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका हुन् ।सहमति अनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एव्म बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई अस्पतालको सेवा तथा औषधी उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेेछ । 

अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओ.पी.डी. र अपरेशन लगायतका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरुले गुणस्तरीय स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए ।

पोखरेलले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पारे । यसैगरी, ग्लोबल आईएमई बैंकका लुम्बिनी प्रदेश प्र्रमुख शान्ता शिवाकोटीले लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरे ।

 ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका विभिन्न समयसान्दर्भिक छुट योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

पाल्पाको देउराली र ख्याहाको सिमानामा मंगलबार अपराह्नदेखि डढेलो लागेको छ 

 गाउँपालिका–१ र २ को संसारकोट डाँडामा लागेको डढेलो निभाउने प्रयास जारी रहे पनि नियन्त्रणमा आउन नसकेको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिएका छन् ।

हार्थोकदेखि देउराली हुँदै ख्याहा जोड्ने सडकअन्तर्गत तल्लो र माथिल्लो भागमा अपराह्न १ बजेतिरबाट डढेलो सुरु भएको हो । सल्लाको जंगलमा लागेको डढेलो नियन्त्रणमा लिन तानसेन नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सब–डिभिजन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा, जनप्रतिनिधि खटिएका छन् ।

ख्याहाको गैरागाउँ, देउरालीको पोखरडाँडा, लघुवा, डम्बक लगायतका गाउँ डढेलोको जोखिममा रहेको छ । खानेपानीको मुहान, ट्यांकी, विद्युत् ट्रान्सफर्मर जोगाउन सकिए पनि नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताए । वडाध्यक्ष पोखरेलका अनुसार देउरालीको पोखरडाँडा क्षेत्र जोखिममुक्त भएको छ भने ख्याहाको गैरागाउँ, देउरालीको डम्बक र लघुवा अझै पनि जोखिममा रहेको छ । डढेलो ख्याहाको मधुवन सामुदायिक वन र देउरालीको लेक सामुदायिक वन क्षेत्रमा लागेको रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन् । दुई वटा सामुदायिक वनका झण्डै १० हेक्टर डढेलोले सखाप पारिसकेको र जंगलमा अझै डढेलो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ

कार्यालयका अनुसार डढेलो नियन्त्रणका लागि प्रयास भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले बताए । ‘नियन्त्रणको प्रयास जारी राखेका छौं,’ उनले भने, ‘एउटा बस्ती जोगाइएको छ । थप बस्तीलाई जोखिमबाट बचाउने प्रयास गरेका छौं ।’

पाल्पाको तिन्टीआँपमा तेस्रो कृषि मेला सम्पन्न

“कृषि उत्पादन बढाऔं परनिर्भरताको अन्त गरौं” भन्ने मुल नाराका साथ तेस्रो कृषि मेला प्रर्दशनी २०८१ तानसेन ९ तिन्टीआँपमा सम्पन्न भएको छ । मदनपोखरा संगम बहुउद्धेश्यिय सहकारी संस्थाको आयोजना तथा तानसेन नगरपालिका वडा नं ९ को प्रर्वद्धनात्मक सहयोगमा कृषी मेला सम्पन्न भएको हो ।
कृषि मेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले यस्तो खालको कृषि कार्यक्रमले किसानको श्रमलाइ सम्मान गर्न सघाउ पु¥याउने बताउनु भएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति समेत रहनु भएका सांसद गैरेले कृषि क्षेत्रमा मदनपोखराले देशमै छुट्टै पहिचान बनाएको कुरामा जोड दिदै २००८ साल तिरै भएको कृषी आन्दोलन मदनपोखरा बाटै सुरु भएकोमा मदनपोखरेलीमा सधै गर्व गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा नेपाल सरकारका पुर्व मन्त्री सोमप्रसाद पाण्डेले मदनपोखराले कृषि क्षेत्रमा गरेको लगन, परिश्रमले गर्दानै आजको मदनपोखरामा परिचित भएको बताउनु भएको छ । उहाँले मदनपोखराका कृषकहरुको दुखसुखमा आफु सधैव साथमा रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला संमन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरे, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु काकी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, उद्योग वाणिज्य संघ पाल्पाका सचिव विदुर घिमिरे लगायतले कृषि क्षेत्रमा भएका समस्याहरुका बारेमा सबैले चासोदिनु पर्नेमा जोड दिदै यस तर्फ सम्बन्धित निकाय गम्भिर भएर लाग्नु पर्ने बताउनु भएको छ । मेलामा किसानले विभिन्न कृषि उत्पादनसम्बन्धी स्टल राखिएको थियो खाद्यान्न, तरकारी , फलफुल , दलहन , तेलहनका सामाग्री प्रर्दशनमा राखीएको हो केरा, तरुल, फर्सी, मकै, धान, पिँडालु, विभिन्न प्रजातिका विरुवा, घरेलु कृषि औजार राखिएका थिए
प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषि यन्त्र उपकरण, बीउविजन, नर्सरी विरुवा प्रदर्शनी तथा बिक्रीवितरण स्टल राखिएको सहकारीका अध्यक्ष घनश्याम घिमिरेले बताउनुभयो ।
कार्यक्रमकै अवसरमा मदनपोखरामा कृषि क्षेत्रमा अमुल्य योगदान पुर्याउनु भएका ५ जना अगुवा कृषकहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा तानसेन ९का वडाध्यक्ष राजेश कुमार अर्यालको स्वागत मन्तव्य सहकारीका उपाध्यक्ष सन्तोषकुमार अर्यालको संचालन चलेको हाे ।

तानसेन नगरपालिका -९ मदनपोखरामा शनिबार (भोलि) तेस्रो कृषि मेला हुने भएको छ

मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा तेस्रो कृषि मेला प्रदर्शनी हुने भएको हो। मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कृषि व्यवसाय कृषि उद्यम र कृषि पर्यटन प्रवर्द्धन गर्न मेला आयोजना गरिएको हो ।

´कृषि उत्पादन बढाऔं , परनिर्भरताको अन्त्य गरौं` भन्ने नाराका साथ तिन्टी आँप खेल मैदानम हुन लागेको हो ।

कृषि मेलामा कृषकहरुले उत्पादन गरेका कृषि सामाग्री हरु प्रर्दसनी को रुपमा राखीनेछ ।मेलामा कृषि बाली, बाख्रा कुखुरा, रैथाने बाली, कृषि औजार, बीउबिजन प्रदर्शनी हुनेछ ।
पशु रोग निदान तथा गोबर परीक्षण, बाली रोग निदान शिविर, प्लान्ट क्लिनिक, माटो परीक्षण शिविर, कृषि उद्यम अनुभव आदानप्रदान लगायतका स्टल रहने सहकारीका अध्यक्ष घनश्याम घिमिरेले बताउनुभयो ।

किसानले आफैले बनाएका खानाका परिकार, किसानकै गीत, नाटक र नृत्य, कृषक समूहहरूको झाँकी र्‍याली मेलाका आकर्षण रहने उहाँले बताउनुभयो ।

मध्यस्थताकर्ता, बिचौलिया, र दलालहरू विना किसानहरूको उपभोक्तासँग र वस्तु तथा सेवा प्रदायकसँग पहुँच स्थापित होस् भन्ने अभिप्रायले कृषि मेला आयोजना गरेको वडा नम्बर ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । किसानको हित, परस्पर लाभ र सम्मानसँग यो मेला जोडिएको उनले बताउनुभयो । स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न यो मेलाले सहयोग गर्नेछ ।

मेला सम्पन्न गर्न ५ लाख खर्च लाग्ने अनुमान गरिएको छ। उत्कृष्ट किसानलाई पुरस्कृत गरिनेछ ।

मदनपोखरा तरकारी खेतीले परिचीत छ। गतवर्ष यहाँबाट ६ सय मेट्रीक टन तरकारी निर्यात भएको थियो। २ करोडभन्दा बढीको कारोबार भएको व्यवस्थापक अनिसा ढकालले बताउनुभयो ।

यो वर्षको ६ महिनामा ४२२ मेट्रीक टन तरकारी निर्यात भइसकेको छ ।

मदनपोखरामा काउली, बन्दा, भाण्टा, टमाटर, खुर्सानी, काक्रो, धनिया, साग, मुला, गाजर, सिमी बोडी उत्पादन हुन्छ ।

३०० बढी किसान सहकारीमा सुचिकृत भएर व्यवसायिक खेती गर्दै आएका छन् । पत्रकार सम्मेलन कार्यक्रम सहकारी का सचिव बेद प्रसाद सुवेदी को संचालन र अध्यक्ष घनस्याम घिमिरे को अध्यक्षतामा सम्पन्न भएको हो ।

कृषि उत्पादन बढाअाै परनिर्भर अन्त्य गराैं

 नेपाल सरकारका पुर्व गृह तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठले स्थानीय उत्पादनको प्रर्वद्धनमा सहकारीले खेलेको भुमिका महत्वूर्ण भएको बताएका छन् । पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नम्बर ९ तिन्टीआँपमा रहेको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारीले आयोजना गर्न लागेको तेस्रो कृषि मेला प्रर्दशनीको तयारी बैठकलाई सम्बोधन गर्दै पुर्वमन्त्री श्रेष्ठले सहकारीले स्थानीय उत्पादन, विकास तथा प्रर्वद्धनको लागि महत्पूर्ण भूमिका खेलेको भन्दै प्रसंसा समेत गरेका हुन । श्रेष्ठले उत्पादनमा आधारित, कृषि उपजसँग जोडिएका मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी जस्ता सहकारी नै किसानका सहयोगी हुन्, समृद्धिका सम्वाहक हुन् भनेर प्रशंसा गरे । कतिपय सहकारीहरूलाई नियमनको खाँचो औंल्याउदै उनले सहकारीले किसानको हितको मेला कृषि मेला गर्न लागेकोमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सहकारीका अध्यक्ष घनश्याम घिमिरेले सहकारीले गर्दै आएका कार्यको विषयमा जानकारी दिदै अघिल्लो बर्ष सहकारीले आयोजना गरेको कृषि, मेला प्रर्दशनीको विषयमा थप जानकारी समेत गराउँदै आगामी मेला सफल बनाउनको लागि सबैले सहकार्य गर्नुपर्ने धारणा राखेका थिए ।
मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा यहि फागुन ३ गते किसानको आफ्नै मेला नाम दिएर तेस्रो कृषि मेला पर्यटन प्रर्दशनी आयोजना गर्दै छन् । ‘कृषि उत्पादन बढाऔं, परनिर्भरता अन्त्य गरौं भन्ने मुल नाराका साथ मेला आयोजना गर्न लागिएको सहकारीका अध्यक्ष घिमिरेले जानकारी दिए । प्रर्दशनीमा प्रतियोगीतात्मक कृषि प्रर्दशनी, रैथाने बाली प्रर्दशनी, प्रतियोगीतात्मक बाख्रा, कुखुरा प्रर्दशनी, कृषि यन्त्र उपकरण प्रर्दशनी, बीऊ विजन प्रर्दशनी तथा विक्रि वितरण, नर्सरी विरुवा विक्री वितरण सहित पशुरोग निदान तथा गोबर परिक्षणको कार्यक्रम राखिएको छ । यस्तै कृषि संवाद कार्यक्रम, कृषि परिकारका स्टकलहरु, प्लान्ट क्लिीन समेत सञ्चालन गरिने र जैविक मल उत्पादन प्रर्दशनी र माटो परिक्षण समेत गरिने अध्यक्ष घिमिरेले जानकारी दिए । मेलाको तानसेन नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय प्रर्वद्धकको रुपमा रहेको छ ।

प्रेस चौतारी नेपाल पाल्पाको साधारणसभा तथा अधिबेशन सम्पन्न

facebook sharing button
twitter sharing button
sms sharing button
sharethis sharing buttonसमृद्धिका लागी सञ्चार कर्म , प्रेस चौतारीको मुल मर्म भन्ने नारा सहित प्रेस चौतारी नेपाल पाल्पा जिल्ला साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ ।

प्रेस चौतारी नेपाल केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि बस्नेतले बोल्दै पाल्पाको प्रेस चौतारी इतिहास संगै चौतारीको श्रेष्ठताका बिषयमा बोल्नु भएको छ । सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागी तत्थको आधारमा सत्य स्थापित गर्न प्रेस चौतारी लाग्नु पर्ने बताउनु भएको छ ।
सरकारले ल्यायको नियमन पत्रकारीता र पत्रकारका लागी होइन अनियन्त्रीत दौडिएको सामाजिक सन्जाललाइ नियमन नगरी नहुने देखिएको बताउदै विद्ययकमा त्रुटी भए चौतारी अगाडि लाइनमा आन्दोलन गर्ने समेत जानकारी गराउनु भएको छ ।
राज्य व्यवस्था अनुगमन निरीक्षण तथा ठाकुर गैरेले बोल्दै पछिल्लो समय ठुलो मिडिया लगायत मिडियाहरु सङ्कटमा रहेको भन्दै भ्रामक , तथ्य बिहिन , आधार हिन समाचार र सामाजिक सन्जालले जित्दै जादा यस्तो अराजकता अन्त्यकालागी नितिगत नियमन निकाय आबश्यक रहेको बताउनु भएको छ । उहाँले एक फरक प्रसङ्गमा ८० को दशक बिकासको बर्ष हुने बताउदै यस्को सुरुवाद सिद्धार्थ राजमार्गको ब्रेक थ्रु , दैलेख को पेट्रोल खानि उत्खनन , जस्ता बिकासको बारेमा जानकारी गराउदै सबैले आफुलाइ गर्ने प्रश्न हार्थोक मोटरबाटो टेन्डर भएको भन्दै बिकासका लहर जानकारी गराउनु भएको छ ।
शुभकामना दिनेहरुमा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले बोल्दै बढ्दो अराजकताले अहिले समाजलाइ कतालाने हो भन्दै उहाँ पछिल्लो समय नेपालीले बिरोध गर्दै आइरहेको भएकोले हुन सक्छ जे कोपनि जस्को पनि बिरोध गरेको पाइन्छ भन्दै अराजकता अन्त्यका लागी यो चौतारी सफलता तर्फ जावस भन्नु भएको छ उहाँ एक फरक प्रसङ्गमा अहिले सरकार ८४ सम्मै जाने बताउनु भएको छ ।

नेकपा एमाले केन्द्रिय सल्लाहकार मेघराज शर्माले पत्रकारहरुले अहिले छाडापन आफैले पत्रकारहरुले नै हटाउन पर्ने भन्दै शर्माले समानुपातिक बिज्ञापनका कुरा व्यावहार नभएको भन्दै जसले चाप्लुसि गर्छ उसले बिज्ञापन पाउने स्वच्छ पत्रकारीता गर्नेले नपाएको समेत जिकिर गर्नु भएको छ ।
नेकपा एमाले पाल्पाका अध्यक्ष ओम बहादुर घर्तीले सुशासनका लागी बिकास, भ्रष्टाचार, बेथितिका विरुद्ध पत्रकारले कलम चलाउनु पर्नेमा जोड दिनु भएको छ ।
पुर्वखोला गाउँपालीकाका अध्यक्ष नुन बहादुर थापाले राज्य, सम्बिधान र व्यवस्था प्रति अहिलेको आक्रमणलाइ मिडियाका माध्यमबाट सकारात्मक भुमिका निर्वाह गर्दै खोजि पत्रकारीता गर्दै लुकेर रहेका सम्भावनालाइ बाहिर ल्याउन पर्ने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष कमलराज तिमिल्सिना , प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधब अर्याल लगायतले आफ्नो शुभकामना दिनु भएको छ । वक्ताहरुले बोल्ने क्रममा पत्रकारीता नयाँ अनुहार आउन नसकेको साथै पत्रकारीताको बिकासका लागी नयाँ ढंगले लाग्नु पर्ने बताउनु भएको छ
प्रेस चौतारी नेपाल पाल्पा शाखा उपाध्यक्ष बन्दना पोखरेलको स्वागबाट सुरु गरीएको साधारणसभाको अध्यक्षता नेपालका अध्यक्ष कृष्ण कार्की र सन्चालन सचिब नारायण न्यौपानेले गर्नु भएको हो । कार्यक्रममा सहयोग गर्नेलाइ सम्मान र स्वास्थ पत्रकारीता गर्ने सन्तोष ज्ञवालीलाइ सम्मान गरीएको छ ।

‘मानव’ कविता कृति विमोचन

सहिद दिवसको सन्दर्भ पारेर पाल्पाली कवि तेजनारायण ढकालद्वारा लिखित ‘मानव’ कविता सङ्ग्रह बुधबार विमोचन भएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख एवम् साहित्यका डा. टंकप्रसाद पन्थ, पत्रकार सेनानी मेघराज शर्मा, तानसेन बहुमुखी क्याम्पसका प्रमुख एवम् साहित्यका पुष्कर अथक रेग्मी र सर्जक तेजनारायण ढकालले संयुक्तरूपमा कृति विमोचन गर्नुभएको हो ।
कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै साहित्यकार पुष्कर अथक रेग्मीले ३३ वटा अनुष्टुप शैलीमा समाविष्ट कविताहरू सरल र विचार प्रधान भएको बताउनुभयो । कवितामा सर्जकले कवितामार्फत वर्तमान समयमा मानव क्रियाकलाप, नाता सम्बन्ध, वर्गीय चेतना, जीवन दर्शन लगायतका कुरा मुखरित गर्नुभएको छ ।
सर्जक/प्रकाशक तेज नारायण ढकालको आयोजनामा भएको कृतिमा प्रमुख अतिथि डा. टंक पन्थले नयाँ प्रतिभाबाट छन्दमा कृति प्रकाशन हुनु नेपाली साहित्यको लागि साझा सम्पत्ती हुने विचार राख्नुभयो । सहिद दिवसकै सन्दर्भमा समाविष्ट कविता वाचन गर्दै उहाँले राष्ट्रको योगदानको लागि स्रष्टाले सिर्जनामार्फत आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, वरिष्ठ पत्रकार मेघराज शर्मा, प्रगतिशिल लेखक संघ पाल्पाका अध्यक्ष रामप्रसाद अर्याललगायतले कविताहरूमा समसामयिकताको यथार्थभाव, मानवीय स्वभाव, सद्भाव स्वतन्त्रता लगायतका विषयवस्तु सशक्तरूपमा अटाएको भन्दै स्रष्टा ढकाललाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

स्रष्टा तेजनारायण ढकालको अध्यक्षतामा भएकोमा कार्यक्रमको सञ्चालन स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष एवम् साहित्यकार भोजराज भट्टराईले गर्नुभएको थियो । कवितामार्फत कविले समकालिन नेपाली समाजको अवस्थालाई छाम्ने प्रयास गर्नुभएको छ । मानव कवितासंग्रहमा ३३ वटा कविताहरू समाविष्ट गरिएको छ ।