पुर्वखोला । चैत २१ – भारत लगाएत अन्य देशबाट आएकाहरुलाई पुर्वखोला गाउँपालिका वडा नं. ४ देवीनगरले निशुल्क मास्क र सेनिटाईजर वितरण गरेको छ ।
वडाध्यक्ष रिम प्रसाद श्रेष्ठले कोरोना भाईरसको संक्रमणबाट सुरक्षित रहन नागरिकहरुलाई मास्क र सेनिटाईजर वितरण गरेको बताउनुभयो । श्रेष्ठले बैदेशिक रोजगारिबाट आएकाहरुलाई घरघरमै गएर सामग्री वितरण गर्दै सचेत र सजग रहन आग्रह गर्नुभयो ।
पुर्वखोला गाउँकार्यपालिका सदस्य सुकुनराज विकले सबै नागरिकहरुलाई मास्क र गुणस्तरिय सेनिटाईजर या साबुनपानीले हात धुन अनुरोध गर्नुभयो ।
विकले कुनै पनी समस्या आईपरेमा नजिकैको स्वास्थ्य चौकीमा सम्पर्क गर्न र विदेशबाट आएका नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्न अनुरोध गर्नुभयो । वडा सदस्यहरु मेहर सिंह थापा, भुवन सिङ्जाली, स्वास्थ्य चौकिका प्रमुख महेश जि सिलगाएतले हरेक नागरिकहरुको स्वास्थ्य प्रती स्थानिय तह गम्भिर भएर लागेको भन्दै लकडाउनलाई अनिवार्य पालना गरेमा कोरोना भाईरसको संक्रमण बाट सहजै बँच्न सकिने बताउनुभयो ।
वडाले विपन्न घरधुरीको पहिचान र छनोट गर्ने, कुनै पनी सार्वजनिक कार्यक्रम नगर्ने, भिडभाड नगर्ने, विदेशबाट आएकाहरु अनिवार्य रुपमा क्वारेन्टाईनमा बसेको नबसेको निगरानी राख्ने लगाएतका निर्णय गरेको छ ।