विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर)

विजयकुमार बौडेल –
११ माघ – पर्यटन बर्ष २०२० को प्रवद्र्धनका लागी सञ्चालन भएको विजय दौड पाल्पा २०७६ अन्र्तगत २१ किलोमीटर खुला दौड तर्फ काठमाण्डौका नरेन्द्र सिंह रावत प्रथम हुनुभएको छ ।

रावतले १ घण्टा १६ मिनेट ९ सेकेण्डमा निर्धारित दुरि पार गर्दै ५० हजार रुपैंया प्राप्त गर्नुभएको हो । दोश्रो हुन सफल रुकुमका दुर्गाराज बुढाले १ घण्टा १८ मिनेट २० सेकेण्डमा दुरि पार गर्दै ३० हजार, तेश्रो हुन सफल सुवास कार्किले १ घण्टा १८ मिनेट ३५ सेकेण्डमा दुरि पार गर्दै २० हजार र सान्त्वना हुन सफल शिव बहादुर रायमाझीले १ घण्टा १८ मिनेट ४२ सेकेण्डमा दुरि पार गर्दै ५ हजार प्राप्त गर्नुभएको छ । २१ किलोमिटर दौड्नेहरु तानसेन बजार हुँदै भैरवस्थान मन्दिर परिक्रमा गरि आएका थिए ।

त्यस्तै कक्षा १२ सम्मका छात्रहरुको ५ किमि दौडमा भक्तपुरका सागर श्रेष्ठ प्रथम हुनुभएको छ । श्रेष्ठले २० हजार रुपैंया प्राप्त गर्नुभएको छ भने दोश्रो हुन सफल काठमाण्डौका युनिस सारु मगरले १० हजार, काठमाण्डौकै प्रविण बोहोराले तेश्रो भई ५ हजार, महोत्तरीका नारायण कुमार कुसवाहाले सान्त्वना भई २ हजार प्राप्त गर्नुभएको छ । त्यस्तै छात्रातर्फको ५ किलोमिटर दौडमा हुमि बुढामगर प्रथम हुनुभएको छ । त्यस्तै खिमा सेरचन दोश्रो, सञ्जु गाहा तेश्रो र सपना सारु सान्त्वना भएका छन ।

जिल्ला समन्वय समिती पाल्पाका कार्यवाहक प्रमुख मिरा मरासिनिले विजय दौडले पाल्पाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताउनुभयो । मरासिनिले विजयी खेलाडीहरुले भोलीका दिनमा राष्ट्रको प्रतिनिधित्व गर्दै नाम राख्ने भन्दै अझ मेहेनतका साथ अभ्यास गर्न अनुरोध गर्नुभयो ।
गोरखदल गणका गणपती सुरज थापाले विजय दौड सञ्चालन गर्न सहयोग गर्ने पाल्पाका १० वटै स्थानिय तह र सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । गणपती थापाले भ्रमण बर्ष २०२० मा सम्पुर्णलाई पाल्पा घुम्न आउन निमन्त्रणा समेत गर्नुभयो ।

२१ किलोमिटर दौड पुरा गर्ने दुई महिला जमुना हिताङ्ग र सुनिता न्यौपाने तथा बेलायती नागरिक डेनियल जेम र जापानी नागरिक ताईसुके अकोरालाई समेत गणले विशेष सम्मान गरेको छ । विजय दौड पाल्पाकै अवसरमा पर्यटन बर्षलाई प्रवद्र्धनका लागी वाकाथुन दौड समेत भएको छ ।

दौडमा प्रदेश सांसदहरु नारायण आचार्य, पुरनमान बज्राचार्य, विर बहादुर राना, तानसेन नगरपालिकाका प्रमुख असोक कुमार साही, रम्भा गाउँपालिकाका प्रमुख बिष्णु भण्डारी, रिब्दीकोट गाउँपालिकाका प्रमुख नारायण बहादुर जिसी, पुर्वखोला गाउँपालिकाका प्रमुख नुन बहादुर थापा, निस्दी गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारु, बगनासकाली गाउँपालिकाका प्रमुख कृष्ण प्रसाद बस्याललगाएत सहभागी हुनुहुन्थ्यो ।