
सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखरा, पाल्पा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मर्म र भावनालाई मुखरित गर्दै समुदायलाई सूचनाको माध्यमबाट सुसूचित गरी अग्रभागमा स्थापित गर्ने लक्ष्यका साथ स्थापित गैरनाफामुखी, जनकल्याणकारी गैरसकारी संस्था हो । सूचना प्रवाह र सामाजिक परिचालनका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्ने, सामुदायिक सशक्तीकरण गर्ने र लक्षित वर्ग दलित, जनजाति, अपाङता, ज्येष्ठ नागरिक, महिला र सीमान्तकृत समुदायको सबलीकरणमा बल पु¥याउने यसका उद्देश्यहरु हुन् । जिल्ला प्रशासन कार्यालय पाल्पामा दर्ता भएको यस संस्थाले सामुदायिक रेडियो मदनपोखरा, बोली पत्रिका र बोली दैनिक सञ्चालन गरेको छ । बोली दैनिक डिजिटल पत्रिका हो । डिजिटल पत्रिका भएकाले बोली दैनिकको पहुँच इन्टरनेटसँग जोडिएका नागरिकसँग हुन्छ । यस पत्रिका मार्फत् स्थानीय समुदायको अग्रसरता, परिवर्तनका लागि गरिएका सार्थक प्रयत्नहरु र नयाँ कुरा समाचारका रुपमा प्रकाशित÷प्रसारित हुन्छ । तथ्यमा आधारित र सत्य कुरा प्रवाह गरी सिर्जनशील र विश्वसनीय अनलाइन संस्करणका रुपमा प्रस्तुत हुने हाम्रो दृढ मान्यता रहेको छ ।