कुखुराको सिखार

नारायण अधिकारी – 
चिदिपानी स्कूल मा ६ कक्षामा भर्ना हुन जादा मेरो बर्तन भैसकेको थियो । बर्तन गरेपछी जे पाइ खान हुँदैन भन्ने थियो । म सङ्ग सङ्गै एउटै बेन्चमा बस्ने झेस्काङ का थमन बहादुर थापा (लाहुरेका छोरा थिए, खाइलाग्दा लोर्के) उनी भन्जिङ पोखरामा डेरा गरी बस्थे ।

एकदिन उनले मलाई आफ्नो डेरामा बस्ने गरी लगे ।साझ खाना खाने बेलामा घरभेटी आमैले दाल, भात र कटौरामा सिखार (मासु) टक्राउनु भयो । घरमा सिखार भनेको बर्षमा दुइ फेरा मात्र खाइन्थ्यो ठूलो दशै र चैते दशैमा । ओहो ! न दशै न चैते दशै, बीचमै खान पाइयो । तहले मासु भात खाए । साझ नाच हेर्न गैयो । बुढिकोट स्कूलमा र आएर सुतियो ।

भोलिपल्ट पनि भात खादा हिजोको बाँकी टाकी मासु फेरी लुड्याइयो ।

खाना खाएर स्कूल जादा बाटोमा गफ भयो( तिमीहरु घरमा के को सिखार खान्छौ ?

खसिको ।

म त खसी कहिले खान्न । खसिको मासुले सर्दी गर्छ । सधै कुखुराको मात्र खान्छु ।

मेरो मनमा चिसो पस्यो र सोधें हिजो खाएको के को मासु हो र ?

कुखुराको त हो नि, चिनेनौ ?

म त खङरङ्गै भए । हे भगवान ! मैले कुखुराको मासु खाए त ? बर्तन गरेको, बाहुनको छोरो (कुखुरा त खानै नहुने । लौ नासियो, घरमा थाह पाए के होला ? मलाई भाउन्न भयो, ठूलै गल्ती गरेको महशुस गरें र डरले निधार, कान पूरै रातो भयो ।

स्कूल पुगेर क्लास लिइरहदा पनि मेरो मन त्यही कुखुराको सिखारमा गयो । पढाएको केहि बुझिन ।
तर सिखार को स्वाद भने जिब्रोमा झुन्डिरह्यो । खुब मिठो थियो ।

कसैलाई भन्नु भएन । तैं चुप, मै चुप ।