सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 4

पाल्पामा ६० प्रितशत राेपाँइ सकियाे

Enter

अमेरिका बाट सारेम लाई मुष्ठिदान सहयाेग

अमेरिका मदनपोखरा समाजद्वारा सामुदायिक रेडियो मदनपोरा (सारेम) लाई करिब तीन लाख रुपैँया मुष्ठिदान सहयोग प्राप्त भएको छ। अमेरिका मदनपोखरा समाजले मदनपोखरामा जन्मभई अमेरिकामा बसोबास गरेका विभिन्न व्यक्तिहरूबाट संकलित रकम दुई लाख बयानब्बे हजार दुई सय बीस रुपैँया सारेमलाई पठाएको हो।

अमेरिका मदनपोखरा समाजले मनिग्राममार्फत् पठाएको अक्षरेपी दुई लाख बयानब्बे हजार दुई सय बीस रुपैँया आज राजेशकुमार अर्यालले सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसी र कार्यकारी निर्देशक गुणाकर अर्याललाई हस्तान्तरण गर्नुभयो। सारेम सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसीले अमेरिकामा बसोबास गर्ने मदनपोखरेली दाजुभाइ दिदीबहिनीहरूले जन्मस्थान र रेडियोप्रतिको मायाले रजत महोत्सवका अवसरमा मुष्ठिदानमार्फ्त आर्थिक सहयोग उपलब्ध गराउनुभएकोमा सबैलाई आभार र धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “तन अमेरिकामा छ, मन नेपालमा छ । यो नै देशप्रतिको माया हो ।

२०५५ सालमा मदनपोखरा स्थापित सामुदायिक रेडियो मदनपोखराले २५ वर्ष पूरा गरेको अवसरमा चैत्र २३ गते रजत महोत्सवको आयोजना गरेको छ । यो दक्षिण एशियाको पहिलो गाउँले सामुदायिक रेडियो हो । सारेमका कार्यकारी निर्देशक गुणाकर अर्यालले आफू विदेश भए तापनि स्वदेशको रेडियोप्रतिको चासो र चिन्ता लिनेहरू धन्यवादका पात्र हुन्, सबैलाई रेडियोको आशिर्वाद लागोस् भन्नुभयो।

सामुदायिक रेडियो मदनपोखराले स्थापनाकालिन समयमा स्वामित्व र सहभागिता विषयक अन्तकृया गर्ने क्रममा बन्दिपोखराका टुकलाल खातीले रेडियोको दिगोपनका लागि मुष्ठिदान चलाउनुपर्ने सुझाव दिनुभएको थियो । त्यसपछि रेडियोले समुदायबाट मुष्ठिदान र सामुदायिक वन उपभोक्ता समूहबाट दाउरादान अभियान सञ्चालन गर्दै आइरहेको छ । अमेरिका मदनपोखरा समाजका सुन्दर घिमिरेले गाउँमा बस्दा रेडियोलाई मुष्ठिदान दिएको मान्छेले विदेश बस्दा पनि संझना भइरहने र रजत महोत्सवको कार्यक्रम सुनेपछि मन त्यहीँ पुगेको बताउनुभयो । ‘अमेरिकामा बस्ने २३ जना मदनपोखराका व्यक्तिले तत्काल रकम पठाएका छौँ, अरु साथीहरूले पनि पठाउँदै जानुहुनेछ,’ घिमिरेले भन्नुभयो ।

अमेरिकाबाट मुष्ठिदानको रकम पठाउनेहरूमा विष्णु पाठक, शेषकान्त खनाल, नेत्र पाण्डे, डा गिरीराज घिमिरे, यादव खनाल, डा.सन्दीप पाण्डे, गणेशबहादुर भट्टराई, सुन्दर घिमिरे, गोविन्द घिमिरे, हरि बस्याल, भानुभक्त घिमिरे, खेमराज पाण्डे, वावुरामदेवकोटा, प्रमिना अर्याल, राधा भट्टराई, विनोद रेग्मी, विनोद भण्डारी, गीता जिसी, गोपाल जिसी, सपना पाठक, सुरज घिमिरे, नारायण अर्याल र युवराज खनाल रहनुभएको छ ।
त्यसैगरी संयुक्त राज्य अमेरीकाको बाल्टीमोर टेक्सास लगाएत बिभिन्न स्थानमा बस्दै आउनुभएका र रेडियो मदनपोखरा लाइ माया गर्दै आउनुभएका नेपाली महानुभाब हरुले मुष्ठीदान सहयोग पठाउने हुनु भएको छ । जसमा लेख बाहादुर खड्का,यादब ज्ञवाली,सन्दीप घिमिरे,बिनय खड्का,शिब मल्ल,सतिस चापागाइ,ज्ञानेन्द्र श्रेष्ठ,कमल खनाल,जोनी अयार्ल,देबेन्द्र अर्याल,सागर घिमिरे,हरी पराजुली लगाएतले एक लाख चालिस हजार पठाउने संयोजक सागर घिमिले जानकारी दिनुभयो ।

सारेमको चैत्र २२ गते पुनर्मिलन कार्यक्रम र चैत्र २३ गते रजत महोत्सव समारोहको आयोजना गरेको छ। रजत महोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्रमुख अतिथि रहेको कार्यकारी निर्देशक अर्यालले जानकारी दिनुभयो।

अमेरिकामा रहेका मदनपोखरावासीले पठाए रेडियोलाई आर्थिक सहयोग

अमेरिकामा रहेका मदनपोखरावासीले पठाए रेडियोलाई आर्थिक सहयोग

पाल्पा, तानसेनको मदनपोखरामा जन्म भई अमेरिका बसोवास गर्दै आएका मदनपोखरावासीहरुले सामुदायिक रेडियो मदनपोरा (सारेम)लाई आर्थिक सहयोग पठाएका छन् । उनीहरुले अमेरिका मदनपोखरा समाजमार्फत २ लाख ९२ हजार २ सय २० रुपैँया सारेमलाई पठाएका हुन् ।

समाजले रेडियोको रजत महोत्सवका अवसरमा मदनपोखरावासीहरुले अमेरिकामा मुष्ठिदानमार्फ्त संकलित गरेको रकम रेडियोलाई पठाएको रेडियोका पूर्व प्रवन्धक तथा वडा अध्यक्ष राजेश कुमार अर्यालले बताए । समाजले मनिग्राममार्फत् पठाएको उक्त रकम वडा अध्यक्ष अर्यालले रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसी र कार्यकारी निर्देशक गुणाकर अर्याललाई हस्तान्तरण गरे । रकम ग्रहण गर्दै समितिका अध्यक्ष जिसीले अमेरिकामा बसोबास गर्ने मदनपोखरेली दाजुभाइ दिदीबहिनीहरूले जन्मस्थान र रेडियोप्रतिको मायाले रजत महोत्सवका अवसरमा मुष्ठिदानमार्फ्त आर्थिक सहयोग उपलब्ध गराएकोमा सबैलाई आभार र धन्यवाद ज्ञापन गरे । उनले भने, ‘तन अमेरिकामा छ, मन नेपालमा छ । यो नै देशप्रतिको माया हो ।’

२०५५ सालमा मदनपोखरामा स्थापित रेडियोले २५ वर्ष पूरा गरेको अवसरमा चैत्र २३ गते रजत महोत्सव आयोजना गरेको छ । यो दक्षिण एशियाको पहिलो गाउँले सामुदायिक रेडियो हो । सारेमका कार्यकारी निर्देशक गुणाकर अर्यालले आफू विदेश भएता पनि स्वदेशको रेडियो प्रतिको चासो र चिन्ता लिनेहरू धन्यवादका पात्र रहेको बताए ।

रेडियोले स्थापनाकालिन समयमा स्वामित्व र सहभागिता विषयक अन्तक्र्रिया गर्ने क्रममा बन्दिपोखराका टुकलाल खातीले रेडियोको दिगोपनका लागि मुष्ठिदान चलाउनुपर्ने सुझाव दिएका थिए । त्यसपछि रेडियोले समुदायबाट मुष्ठिदान र सामुदायिक वन उपभोक्ता समूहबाट दाउरा दान अभियान सञ्चालन गर्दै आइरहेको छ । अमेरिका मदनपोखरा समाजका सुन्दर घिमिरेले गाउँमा बस्दा रेडियोलाई मुष्ठिदान दिएको मान्छेले विदेश बस्दा पनि संझना भइरहने र रजतमहोत्सवको कार्यक्रम सुनेपछि मन त्यहीँ पुगेको बताए । ‘अमेरिकामा बस्ने २३ जना मदनपोखराका व्यक्तिले तत्काल रकम पठाएका छौँ, अरु साथीहरूले पनि पठाउँदै जानुहुनेछ,’ घिमिरेले भने ।

सारेमको चैत्र २२ गते पुनर्मिलन कार्यक्रम र चैत्र २३ गते रजतमहोत्सव समारोहको आयोजना गरेको छ । महोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा प्रमुख अतिथि रहेको कार्यकारी निर्देशक अर्यालले जानकारी दिए ।

सोही महोत्सवका लागि  समाजले आर्थिक रकम संकलन गरी पठाएको हो । रकम पठाउनेहरूमा विष्णु पाठक, शेषकान्त खनाल, नेत्र पाण्डे, डा.गिरीराज घिमिरे, यादव खनाल, डा.सन्दीप पाण्डे, गणेशबहादुर भट्टराई, सुन्दर घिमिरे, गोविन्द घिमिरे, हरि बस्याल, भानुभक्त घिमिरे, खेमराज पाण्डे, बावुराम देवकोटा, प्रमिना अर्याल, राधा भट्टराई, विनोद रेग्मी, विनोद भण्डारी, गीता जिसी, गोपाल जिसी, सपना पाठक, सुरज घिमिरे, नारायण अर्याल र युवराज खनाल रहेका छन् ।

रजत महाेत्वषकाे अबसर पारेर सारेम ले एकछाक भाेजन दान गर्याे

सामुदायिक रेडियो पाल्पाले आफ्नो रजत महोत्सवको सिलसिलामा दमकडा नमुना माध्यमिक विद्यालय दमकडा पाल्पाका दृष्टि विहिन शाखाका सम्पुर्ण विद्यार्थीहरुलाई आज भोजन दान गरेको छ ।

कार्यक्रममा सहभागी रेडियोका अध्यक्ष झपेन्द्र वहादुर जि.सी. विद्यालयका अध्यक्ष राजेश कुमार अर्याल, प्रधानध्यापक मोहन प्रसाद सापकोटा तथा रेडियोका कार्यकारी निर्देशक गुणाकर अर्यालले रेडियो मदनपोखरा र दमकडा मा.वी. विचको दीर्घकालीन सुसम्वन्ध र समय समयमा सम्पन्न गर्दै आएका विभिन्न सहकार्यको चर्चा गर्नु भएको थियो । यो अन्योन्याश्रित सम्वन्धलाई भविश्यमा पनि दिगो राख्ने कुरालाई सवैले जोड दिनु भयो ।

दृष्टिविहिन विद्यार्थीहरुको तर्फवाट कक्षा ११ मा अध्ययनरत जगत कुंवरले विद्यार्थीहरुको जिवनमा सामुदायिक रेडियो मदनपोखरा पाल्पाले पारेको सकारात्मक प्रभावको उल्लेख गर्दै रेडियो को प्रगति र रजत महोत्सवको पूर्ण सफलताको शुभकामना दिनु भयो । विद्यालयका प्रद्यानध्यापक मोहन सापकोटाले विद्यालयको तर्फवाट रेडियो लाई मायाको चिनो समेत प्रदान गर्नु भयो ।

सामुदायिक रेडियो मदनपाेखरा ले रजत महाेत्षव मनाउने

सामुदायिक रेडियो मदनपोखराले २५ औ बार्षिक उत्सव तथा रभएकोजत जयन्ती मनाउने  छ । समाजलाई सकारात्मक सन्देश दिन, लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन, स्थानीय भाषा कला संस्कृितको प्रचार–प्रसार गर्ने गरी २३ चैत २०५६ देखि नियमित प्रसारण सुरु गरेको रेडियोले विभिन्न कार्यक्रमहरुको आयोजना गरी रजत जयन्ती मनाउने भएको हो ।

रेडियोले २०५५ साल पुस १८ मा इजाजतपत्र प्राप्त गरी २०५६ साल चैत्र २३ गतेदेखि नियमित प्रशारण शुरु गरेको थियो । पत्रकार भेटघाट कार्यक्रम गरी रेडियोले रजत जयन्ती मनाउने बारे जानकारी गराएको छ । रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्रबहादुर जिसीले हालदेखि २०८० चैत्र २३ गतेसम्म आयोजना गर्ने कार्यक्रमहरुको बारेमा जानकारी गराए । रेडियोले हालसम्म खेलेको भूमिका, पछिल्लो अवस्था, रेडियोको भविष्य, रेडियोकर्मीको भविष्य, आर्थिक अवस्थाको बारेमा रेडियोका उपाध्यक्ष एवं कार्यकारी निर्देशक गुणाकर अर्यालले जानकारी गराए । रेडियोले पत्रकार सम्मेलनबाट आएका सुझाव, आजीवन सदस्यहरुबाट आएका सुझावका आधारमा कार्यक्रमहरु तय गर्ने जनाएको छ ।

रजत जयन्तीको अवसरमा लोकतान्त्रिक संस्कार निर्माणमा सञ्चारको भुमिका बहस, समाजबाट पछाडी परेका असहाय, गरिव दुःखीलाई निःशुल्क भोजनदान, नेपाली समाजको सभ्यता संस्कृतिको बारेमा बहस, लोकवाजा तथा लोकधुनको रेडियोबाट रेकडिङ्ग, जीवन्तसम्म अभिलेख राख्ने र प्रत्यक्ष प्रशारणमार्फत जनमासमा सुनाउने, पुर्नमिलन कार्यक्रम, रक्तदाताहरुको नाम लिष्ट तयार पार्ने, स्थानीय पालिकाहरुबिच बहस सञ्चालन गर्ने, रेडियोका अहिलेसम्मका फोटो तथा भिडियोहरु सार्वजनिक गर्ने, बोली पत्रिका र भित्ते पात्रो सार्वजनिक गर्ने जस्ता कार्यक्रमहरुको नमुना तयार पारिएको अध्यक्ष जिसीले जानकारी दिए । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले रेडियोले गरेका कामहरुको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा पत्रकार किरण कौशल, मिलन विश्वकर्मा, यज्ञमुर्ति तिमिल्सीना, देव पचभैया, कृष्ण पोखरेल लगायतले रेडियोले गर्ने विविध कार्यक्रमहरु परिमार्जन गरी युग समय, परिस्थीती अनुसारको बनाउनुपर्ने सुझाव दिएका थिए । कार्यक्रम रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्रबहादुर जिसीको अध्यक्षता, सचिव राजेशकुमार अर्यालको स्वागत, रेडियोकर्मी रिमा सोमैको सञ्चालनमा भएको थियो ।

पाल्पामा जिप दुर्घटना : कम्तिमा ८जना काे मृत्यु

पाल्पामा मंगलबार अपराह्न जीप दुर्घटना भएको छ। तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

उनकाअनुसार ८ जनाको शव फेला परेको छ। अझै केहीको मृत्यु हुनसक्ने आशंका गरिएको छ। जीप २० जना सवार भएको अनुमान गरिएको छ।

दिउँसो साढे ४ बजेतिर दुर्घटना भएको हो। अहिले पनि उद्धारकार्य जारी रहेको डिएसपी श्रेष्ठले बताए। भित्री कच्ची सडकमा दुर्घटना भएको हो। जीप सडकभन्दा तल खसेको छ।

डिएसपी श्रेष्ठ आफैँ घटनास्थल पुगेका छन्।  प्रहरी र स्थानीयले  घटनास्थल पुगेर उद्धार गरिरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

 

पाल्पाको लुम्बिनी मेडिकल कलेज सहित केही अस्पतालहरु पुन: सूचीकृत

लुम्बिनी मेडिकल कलेज प्रभाषमा स्वास्थ्य बीमा कार्यक्रम लागु् हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले कलेजमा बन्द भएको सेवा सुचारु गर्न सूचीकृत गर्ने निर्णय गरेसंगै सेवा सुरु हुने भएको हो ।
बोर्डको आइतबार बसेको बैठकले पाल्पाको लुम्बिनी मेडिकल कलेज सहित अन्य जिल्लाका स्वास्थ्य संस्थामा समेत बीमा कार्यक्रम सञ्चालन गर्न सूचीकृत गरेको छ ।
बीमा बोर्डले भुक्तानीमा ढिलाई गरेको भन्दै आर्थिक वर्ष २०७९÷८०  साउनदेखि कलेजमा बीमा सेवा बन्द भएको थियो । सेवा बन्द हुँदा पाल्पाका नागरिकले स्वास्थ्य सेवाका लागि दुख पाएका थिए । सुविधाका लागि स्वासथ्य बीमा गरेपनि सेवा प्राप्त गर्न नसकेकोले अहिले बीमा नविकरण गर्नेको संख्यामा समेत कमी आएको छ । जिल्लाका ठूला अस्पतालहरुमा स्वास्थ्य बीमा सुचारु गर्न संघीय सांसद ठाकुरप्रसाद गैरे र नारायणप्रसाद आचार्य लागि पर्नुभएको थियो । उहाँहरुलाई जिल्लाका राजनीतिक दल तथा अन्य सरोकारवालाहरुले सघाउदै आएका थिए । कलेज सेवा प्रवाहका लागि सूचिकृत भएसंग जिल्लावासी खुसी हुने अवस्था तयार भएको छ ।
सूचीकृत भएका अस्पतालहरुसंग केही दिनमै सम्झौँता गरेर स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने सक्ने बोर्डले जनाएको छ । त्यसो त यसपटक बोर्डले अहिले थपिएका निजी, सहकारी, सामुदायिक तथा मेडिकल कलेजहरु आवश्यकताको आधारमा बीमितको चापका आधारमा सेवा प्रदायक स्वास्थ्य संस्था पर्याप्त नभएको स्थानलाई प्राथमिकतामा राखी यो निर्णय गरेको जनाएको छ ।
सूचीकृत भएका स्वास्थ्य संस्थामा सरकारी अस्पतालमा सेवा उपलव्ध नहुने अवस्था मात्र रिफर सेवाको लागि मात्रै हुने छ । यस्तै सूचीकृत हुने अस्पतालहरुले १०० शैयासम्म भए सातामा १ दिन, २ सय शैया सम्मको भए सातामा २ दिन र ३ सय शैयासम्म वा सो भन्दा बढी भए हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरुमा नियमित बहिरंग विशेषज्ञ सेवा उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।

पाल्पाकाे रामपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भ्रष्टाचारीलाई  छुटाउन सरकारले षडयन्त्रगरेको आरोप लगाउनुभयो ।पाल्पाको रामपुरमा आयोजित सभालाइ सम्बोधन गर्दै अध्यक्ष लामिछानेले सो कुरा बताउनुभएको हो । उहाँले सरकारलाई खबरदारी गर्दै आँखा अगाडी देश लुटिन नदिने बताउनुभएको छ । उहाँले जनताको साथ बिना देशलाई जोगाउन नसकिने आम नागरिकको साथको अपेक्षा गर्नुभएको छ । आफूले राम्रो गर्छु भन्दाभन्दै एक माथी अर्को आक्रमण,भ्रम ,हेडलाइन थपिएको बताउदै लामिछानेले जस्तो सुकै समस्यालाइ त्याग गर्न आफ्नो पुस्ता तयार भएको जिकिर समेत गर्नुभयो ।लामिछानेले लाखौं ,हजारौ मानिस बाहिरीएको बेला अब देशम केही हुन्छ कि भनी नागरिकले गरेको र दिलाएको आशाको दियो निभ्न नदिने तर अब मेरै बाको पार्टी ,हजुरबाको पार्टी भन्ने बानी हटाउनुपर्ने बताउनुभएको छ अध्यक्ष लामिछानेले जनतालाई विस्वास दिलाउन हस्ताक्षरनै गर्न परेपनि तयार रहेको बताउनुभयो । सामान्य लहर र रहरले राजनितीमा नआएको बताउदै जानेर बुझेर सोचेर आएको बताउनुभयो ।  अन्य देशको विकास हेरेर अब आफ्नो देशलाई पनि परिवर्तन गर्न पर्छ भनी आएको र परिवर्तन गर्ने अठोट लिएको लामिछानेले जिकिर गर्नुभयो ।

सिद्धार्थ राजमार्गमा अवस्थित होटल तथा रेष्टुरेन्ट अनुगमन गरिएको छ

पाल्पा जिल्लाको सिद्धार्थ राजमार्गमा अवस्थित होटल तथा रेष्टुरेन्ट अनुगमन गरिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन नगरपालिका वडा नं.८ र तिनाउँ गाउँपालिका वडा नं.५ मा अनुगमन गरिएको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका र तिनाउ गाउँपालिकाको गौणे पुल देखि भालेबास सम्मको ३१ वटा होटल तथा रेष्टुरेण्टमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत श्याम कुमार पौडेलले बताउनुभयो ।उहाँले हरेक दिन खाद्य रुपमा प्रयोग गर्ने क्षेत्रमा विशेष गरी बटुक पकैड जस्ता तारेका खानेकुराहरु घेरै मानिसहरुको स्वास्थ्यसगँ जोडिएकाले वर्षेनि संयुक्त अनुगमन गर्दै आएको बताउनुभयो । उहाँले अहिलेको अनुगमनमा देखिएका अधिकाशं कुराहरु विगतको भन्दा क्रमश सुधार हुदै गईरहेको बताउनुभयो।

अनुगमन गर्दा होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिरहेको तारेको तेल,रङ र चाउमिन गरि करिब २४ सय बराबरको संयुक्त अनुगमन टोलीले नष्ट गरेको छ । साथै अनुगमनका क्रममा सरसफाइमा विशेष ध्यान दिन र तारेका तेलमा ध्यान दिनु पर्ने निर्देशन दिएको छ ।
अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पा, घरेलु तथा साना उद्योग कार्यालय पाल्पा,जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ तथा अन्य सरोकार निकायहरुको सहभागितामा गरिएको थियो ।

भैरवस्थानका स्थानीयको आम्दानीको स्रोत ‘रोट’

 रिब्दीकोट ४ भैरवस्थानका स्थानीयले रोटबाट राम्रो आम्दानी गर्दै आएका छन । जिल्ला सदरमुकाम तानसेनबाट करिब १० किलोमिटर पश्चिमको भैरवनाथ मन्दिरमा प्रसादका रुपमा चढाउने रोट दशर्नार्थीको संख्यामा वृद्धि भएसंगै रोटको व्यापार गर्नेहरुको आम्दानी बढेको हो ।

कोरोना संक्रमणका समयमा कम भएको व्यापार पछिल्लो समय धार्मिक पर्यटकको आकर्षण बढ्दै संगै राम्रो आम्दानी हुन थालेको रोट व्यापारीले बताएका छन । ऐतिहासिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको भैवरनाथ मन्दिरमा प्रसादको रूपमा चामलको पिठोबाट बनेको माना पाथीको रोट चढाउने गरिन्छ । भक्तजनहरुको सहजताका लागि मन्दिर वरिपरी रोट बनाएर विक्री गर्ने पसलहरु रहेका छन । उनीहरुले घरमै बसेर पनि राम्रो आम्दानी गर्न सफल भएका छन ।

पहिले पहिले दर्शनार्थीले घरबाटै रोट बनाएर पूजा गर्न मन्दिर पुग्दथे भने अहिले मन्दिर परिसरमै रोट पाउने सुविधा भएपछि सहज भएको तानसेन ३ बाट मन्दिरमा पुग्नुभएकी भक्तजन रुपा कोइरालाले बताउनुभयो । भैरवनाथ मन्दिरमा चढाउनको लागि सफा, सस्तो अनि मिठो रोट मन्दिर नजिकै पाइने भएपछि भक्तजनहरूले पनि घरमा पकाएर रोट लान छाडेका छन् । घरमा पकाउन झन्झटिलो हुने हुँदा आफूले रोट किनेर नै चढाउने गरेको भक्तजन कोइरालाको भनाइ छ ।

मन्दिरको मूल गेटदेखि मन्दिर प्रवेश गर्ने सडकको छेउछाउमा रोट पकाउने पसलहरु छन । यही पसलबाट पूजा सामग्री र रोट बेचेर स्थानीयवासीले राम्रो आम्दानी गरिरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेलले बताउनुभयो । उहाँले दशर्नार्थीहरुको चाहना अनुसार मन्दिर व्यवस्थापन समितिले पनि सुपथ मूल्यमा रोट उपलब्ध गराउदै आएको जानकारी दिनुभयो ।

दसैँ, मङ्सिर, वैशाख तथा विशेष तिथि र शनिबारका समयमा अत्यधिक भिड हुने हुँदा सिजनको समयमा भएको आम्दानीले अरु समयको खर्च व्यवस्थापन गर्न सहज हुने रोट व्यापारी लक्ष्मी कार्कीले बताउनुभयो । अहिले एक माना चामलको पिठोबाट बनेको रोटको दुई सय रुपैयाँ मूल्य छ । एक पाथी पिठोबाट बनेको रोटको दुई हजार ५ सय देखि तीन हजरा ३ सय रुपैयाँसम्म मूल्य लिने गरेका छन ।

बिहान सबेरै उठेर चामलको पिठोमा, घिउ चिनी र नरिवल मोल्ने अनि रातो माटोले पोतेर चिटिक्क पारेको चुल्होमा लस्करै राखिएका पाँच, छ वटा तावामा रोट पकाउनु त्यहाँका व्यापारीको दैनिकै नै हो । मन्दिर आसपासमा रोट पकाउने र बेच्ने काममा १५ परिवार बढी संलग्न छन् । मन्दिर व्यवस्थापन समितिले व्यापारी र ग्राहकमा एकरूपता ल्याउन रोटको मूल्य तोकिदिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले बताउनुभयो । उहाँका अनुसार भक्तजनहरुको सुविधाका लागि समितिले आवश्यक सबै सेवाहरुमा सहजीकरण गर्ने गरेको बताउनुभयो ।