सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 36

बीसीसीआई, आइपीएल र विवाद

विश्वको लोकप्रिय क्रिकेट लिगमध्येको एक इण्डियन प्रिमियर लिग(आइपिएल)को १२औं संस्करण शनिबार(आज)बाट सुरु हुदैँछ।

यस सिजनको पहिलो खेल साविकको विजेता चेन्नाइ सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच रहेको छ। 

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाईले २०१०, २०११ र २०१८ गरी तीन चोटी आइपिएलको उपाधि उचालिसकेको छ।

यस्तै चेन्नाई चार चोटी आइपीएलको उपविजेता टोली पनि हो। २००८, २०१२, २०१३ र २०१५ मा चेन्नाई उपविजेता थियो। अर्थात चेन्नाई सबैभन्दा बढी आइपीएल खेल्ने टोली हो। 

यतिका उपलब्धि हासिल गरेपनि यस टिमले सबैभन्दा बढी बदमानी पनि खेप्नुपरेको छ।

बीसीसीआई, आइपीएल र विवाद

विश्वकै सबैभन्दा धनी क्रिकेट बोर्ड बीसीसीआईले २०१६ र २०१७ मा चेन्नाई सुपर किंग्सका मालिकहरु म्याच स्पट फिक्सिङमा सामेल भएको भन्दै टोलीमाथि प्रतिबन्ध लगाएको थियो। चेन्नाईसँगै राजस्थान रोयल्सलाई पनि यी दुई वर्ष प्रतिबन्ध लागेको थियो। 

आइपीएलमा पैसाको यति चमक दमक हुने गर्छ कि त्यसको मारबाट बीसीसीआई पनि बच्न सकेको छैन्। आईपीएलको सुरुवात गर्ने ललित मोदी नै हाल देशबाहिर लण्डनमा बसिरहेका छन्। क्रिकेटका नाममा कालोधन आर्जन गरेको आरोप लागेपछि  बीसीसीआईले उनीमाथि आजिवन प्रतिबन्ध लगाएको छ। 

आइपीएलमा पैसाको यति चमक दमक हुने गर्छ कि त्यसको मारबाट बीसीसीआई पनि बच्न सकेको छैन्। आईपीएलको सुरुवात गर्ने ललित मोदी नै हाल देशबाहिर लण्डनमा बसिरहेका छन्। क्रिकेटका नाममा कालोधन आर्जन गरेको आरोप लागेपछि  बीसीसीआईले उनीमाथि आजिवन प्रतिबन्ध लगाएको छ। 

यतिमात्रै हैन्, बीसीसीआईलाई उसका पदाधिकारी नभएर सर्वोच्च अदालतद्वारा गठित एक सुधार समितीले चलाई रहेको छ। यसअघि एन श्रीवासन बीसीसीआईको सर्वोच्च पदमा पदासिन थिए। तर, आइपीएलकै विवादका कारण उनीपनि बीसीसीआईबाट बाहिर निस्कनुपर्‍यो।

यस्तै २०१३ मा प्रहरीले राजस्थान रोयल्सका खेलाडीहरु श्रीशान्त, अजित चंदोलिया र अंकित चौहानलाई म्याच फिक्सिङको आरोपमा पक्राउ गर्यो। श्रीशांन्तमाथि सट्टेबाजीको इशाराका लागि तौलियाको प्रयोग गर्ने गरेको आरोप लाग्यो। उनले एक ओभरमा जानीबुझेर नै धेरै रन दिएको खबर पनि सार्वजनिक भयो। 

खबर पनि सार्वजनिक भयो। 

२००८ मा हरभजन सिंहले श्रीशान्तलाई थप्पड हानेको घटनाले पनि विवादको रुप लिएको थियो। परिणाम स्वरुप हरभजनलाई ११ खेलको प्रतिबन्ध लगाइयो। यस्तै २०१२ मा बलिउड स्टार तथा कोलकत्ता नाइट राइडर्सका मालिक शाहरुख खानलाई वानखडे स्टेडियममा पाँच वर्षका लागि प्रतिबन्ध लगाइएको थियो। शाहरुखले एक गार्डका साथ लफडा गरेपछि उनीमाथि लगाइएको प्रतिबन्ध चारवर्षपछि फुकेको थियो।

चेन्नाईको बैग्लोरसँग पहिलो खेल

शनिबार साँझ आफ्नो घरेलु मैदान एमए चिन्दाबरम स्टेडियममा भारतका कप्तान विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध यस सिजनको आइपिएल सुरु गर्दा चेन्नाईको मनमा पछिल्लो सिजनमा च्याम्पियन बन्दाको मिठो याद ताजै हुनेछ।

धोनीले गतवर्ष लगभग आफ्नै बलबुतामा टोलीलाई च्याम्पियन बनाउँदै कयौं क्रिकेट पण्डितहरुलाई हैरान बनाइदिएका थिए। दुईवर्षको प्रतिबन्धपछि फर्केको टिमका सदस्यमा उनले भरेको जोशले विपक्षी टोलीलाई सधैँ त्रसित बनाइराखेको थियो। 

पछिल्लो फाइनलमा शेन वाट्सनले सनराइजर्स हैदरावादविरुद्ध खेल एकतर्फी नै बनाइदिएका थिए। फाइनलमा जितका लागि १ सय ७८ रनको लक्ष्य पाएको चेन्नाईका लागि वाटसनले १ सय १७ रनको नटआउट पारी खेलेपछि ९ बल बाँकी छदै चेन्नाई च्याम्पियन बनेको थियो।

यो पनि: दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

चेन्नाईको टिममा यसपटक पनि कप्तान धोनीसँगै आईपीएलमा सबैभन्दा चलेका ब्याट्सम्यानहरु सुरेश रैना, फाफ डुप्लेसी, अंम्बाती राइडु, मुलरी विजय जस्ता खेलाडीहरु छन्। त्योसँगै केदार जाधव, ड्वेन ब्रावो, शेन वाट्सन, रविन्द्र जडेजा जस्ता अलराउण्डर टोलीमा छन्। 

दोस्रो तर्फ विराट कोहलीको कप्तानीमा खेल्ने बैंग्लोरले गतवर्ष अन्तिम चारमा पनि आफ्नो स्थान बनाउन सकेको थिएन्। टोलीमा यसपटक विराटसँगै एबी डिभिलियर्स, पार्थिव पटेल, नाथन ककाल्टर नाइल जस्ता खेलाडीहरु छन्। यस्तै बलरहरुमा उमेश यादव, टिम साउदी, युज्वेन्दर चहल तथा पवन नेगीलाई टोलीले निरन्तरता दिएको छ। 

आइपिएलमा चेन्नाई र बैग्लोर २३ पटक आमने सामने भएका छन्। जसमा १५ पटक चेन्नाईले जित हात पारेको छ भने ७ पटक बैग्लोरले जितेको छ। पछिल्लो सिजनमा यी दुईबीच भएको दुईवटा भेटमै चेन्नाईले जित हात पारेको थियो। 

यसकारण यो आईपीएल विशेष

यसपटक आइपिएल लगत्तै विश्वकप भएकाले यस सिजनको आइपिएललाई विशेष महत्वको साथ हेरिएको छ। आइपीएल २३ मार्चबाट सुरु भएर १२ मे मा सकिनेछ। विश्वकप ३० मे मा सुरु भई जुलाई १४ सम्म इंग्ल्याण्डमा चल्नेछ। 

बलमा छेडखानी गरेको आरोपमा निलम्बनमा परेका अस्ट्रेलियाका ब्याट्सम्यानहरु स्टिभ स्मिथ र डेविड वार्नर पनि यसै प्रतियोगिताबाट अन्तराष्ट्रिय क्रिकेटमा पूनरागमन गर्दैछन्। स्मिथ राजस्थानबाट खेल्दैछन् भने वार्नर हैदरावादबाट खेल्दैछन्।

दिल्ली डेयरडेभिल्सले यसपटक आफ्नो नाम परिवर्तन गर्दै दिल्ली क्यापिटल नाम राखेको छ। दिल्ली क्यापिटलबाट नेपालका युवा खेलाडी सन्दीप लामिछानेपनि खेलिरहेकाले टोलीका हरेक खेलमा नेपालीहरुको नजर रहनेछ।

तीन महिनादेखि वडाध्यक्ष वेपत्ता

बुटवल–अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष  वेपत्ता भएको तीन महिना  बितिसक्दा समेत उनको अवस्था पत्ता लाग्न सकेको छैन । 
   पुस २ गते बिहान  करिव ७ बजेको समयमा डाँडाकटेरी स्थित घरबाट निस्केका  मालारानी–२ का वडाध्यक्ष विनोद भनेर परिचित विष्णुप्रसाद भुसाल हालसम्म बेपत्ता भएका हुन् । 

वडाध्यक्षका दाजु जीवलाल भुसालले अहिलेसम्म भाइ भेटिन नसकेको भन्दै राज्यले पनि खोजछिबमा ध्यान नदिएको आरोप लगाए । 

 उनका अनुसार पुस सोही दिन विहान वडाध्यक्ष भुसाल  घरबाट आफ्नो लु १ ब १७४५ नम्वरको  मोटरसाईकल सर्भिसिङ्ग गर्न जान्छु भन्दै हिँडेका थिए । सन्धिखर्कको  गुन्टेखोलामा रहेको यामाहा  स्वरुममा लगेर मोटरसाइकल पनि छाडेका थिए ।  

 प्रहरीका अनुसार त्यसदिन उनी सन्धिखर्कको बगैचामा रहेको सिसी क्याम्मरामा देखिएका थिए । दोश्रो दिन विहान बुटवल अस्पताल लाइनमा फुटपाथमा व्यापार गर्ने उनकै छिमेकी अस्मीता पाण्डेले उनलाई देखेकी थिइन् । भेट हुँदा अस्मितासँग पश्चिमतिर जाने बताएका उनी त्यसयता कसैको सम्पर्कमा नरहेको बताइएको छ।  

दक्षिण अफ्रिकाले जित्यो टी–२० सिरिज

श्रीलंकाविरुद्ध तीन खेलको टी–२० सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले जितेको छ । शुक्रबार राति भएको खेलमा अफ्रिकाले पाहुना टोली श्रीलंकालाई १६ रनले हरायो । अफ्रिकाले एक खेल अगाडीनै सिरिज जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ६५ रन बनाए । रस्सी भानडर डुसेनले ६४ र कप्तान जेपी ड्युमिनीले ३३ रन बटुले । बलिङमा श्रीलंकाका कप्तान लाथिस मलिङ्गा, इसुरु उडाना र अलिका धनन्जयले एक एक विकेट लिए ।

एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका २० ओभरमा ९ विकेटको क्षतिमा एक  सय ६४ रनमा समेटिएको थियो । श्रीलंकाका इसुरु उडानाले ८४ रन जोडेपनि अन्य ब्याट्सम्यान त्यति चल्न सकेनन् । थिसेरा परेराले २२, निरोसन डिक्वेलाले २०, एन्जिलो परेराले ११ र धनन्जय डी शिल्भाले १० रन बनाएका थिए । अन्यले दोहोरो रन बनाउन सकेनन् ।

बलिङमा अफ्रिकाका क्रिस मोरिसले तीन विकेट लिए । डेल स्टेन र तबरेज साम्सीले दुई दुई विकेट झारेका थिए । यसअघि पहिलो खेलमा दक्षिण अफ्रिका सुपर ओभरमा विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

युरो कप छनोट : फ्रान्सकाे सहज जित, पोर्चुगल बराबरीमा रोकियो

काठमाडाैं – विश्व विजेता फ्रान्सले युरो कप छनोटमा सुखद सुरुवात गरेको छ । शुक्रबार राति भएको समूह ‘एच’को खेलमा फ्रान्सले माल्दोभालाई ४–१ गोलले हराउँलै जित हात पारेकाे हाे ।

माल्दोभाको घरेलु मैदानमा भएको खेलमा फ्रान्सको सहज जितमा एन्टोइन ग्रिजम्यानले २४ औं, राफेल भरानेले २७ औं, ओलिभर गिरोडले ३६ औं र केलियन एमबाप्पेल ८७ औं मिनेटमा गोल गरे । माल्दोभाका भ्लादिमिर एमब्रसले ८९ औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । समूह ‘एच’को अन्य खेलमा आइसल्यान्डले एन्डोरालाई र टर्कीले अल्वानियालाई समान २–० गोलले हरायो ।

यसैगरी स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो नौँ महिनापछि टोलीमा फर्किएको समूह ‘बी’को अर्को खेलमा पोर्चुगल युक्रेनसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमा युक्रेनलाई खेलमा दबावमा राखे पनि गोल गर्न नसक्दा साविक विजेता पोर्चुगलले बराबरीमा चित्त बुझाउनु परेकाे हाे । समूह ‘बी’को अर्काे खेलमा लक्जमवर्गले लिथुनियालाई २–१ गोलले पराजित ग-यो ।

समूह ‘ए’ को खेलमा इङ्ल्यान्डले चेक रिपब्लिकलाई ५–० गोलले हरायो । सोही समूहको अर्को खेलमा बुल्गेरिया र मोन्टेनेग्रोले १–० गोलको बराबरी खेले । सन् २०२० मा आयोजना हुने युरो कपका लागि युरोपका ५५ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष दुई टोलीले अन्तिम चरणमा स्थान बनाउनेछन् ।

नदी दोहन गर्न स्थानीय तहको अनुमति

बारा : बाराको निजगढस्थित बकैया खोलामा निजगढ नगरपालिकाको अनुमतिमा नदीजन्य वस्तुको अवैध उत्खनन् भइरहेको छ। नगरपालिकाले ठेक्का आह्वान गरी ओम सप्लायर्स कलैयालाई ग्राभेल, बालुवा, ढुङ्गा उत्खनन अनुमति दिएको हो। नगरपालिकाले तीन करोड ७६ लाख रुपैयाँमा एक वर्षका लागि नदीजन्य वस्तु उत्खनन गरी बिक्री गर्न टेन्डर आह्वान गरेको थियो। जसअनुसार ओम सप्लायर्सले सात करोड ७७ लाख ७७ हजार ७७७ रुपैयाँमा ठेक्का लिएको हो। नदीमा कानुनविपरीत उत्खनन भएपछि जिल्ला समन्वय समितिको संयोजक नवलकिशोर सिंहको नेतृत्वको टोली अनुगमन गरेको छ। अनुगमनका क्रममा मापदण्डविपरीत उल्खनन् भएको पाइएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए। ‘विनाप्राविधिक नदीमा बाढीको बहावको ख्याल नै नगरी उत्खखन् भएको छ,’ प्रजिअ पौडेलले भने, ‘उत्खनन्ले थप जोखिम निम्त्याउँछ।’ जिल्ला समन्वय समितिले निर्णय नआउन्जेलसम्म उत्खनन् रोक्न निर्देशन दिएको छ। आइतबार बस्ने वैठकले आवश्यक निर्णय लिने भएको छ। डिभिजन वन कार्यालय बाराका प्रमुख शिवशंकर ठाकुरले मापदण्डविपरीत उत्खनन् भइरहेको थाहा पाएपछि नगरपालिकालाई पत्रचार गरे पनि कुनै जवाफ नआएको बताए। ९० सिएमभन्दा बढी गहिराइ खन्न नमिल्ने भए पनि त्योभन्दा धेरै गहिरो पारिएको उनको भनाइ छ।

उत्तरतर्फ उत्खनन् कोहल्वी नगरपालिका र निजगढ नगरपालिकाको सीमा विवादका कारण राजमार्गस्थित बकैया पुलदेखि उत्तरतर्फ अनुमति दिएको थियो। जिल्ला समन्वय समिति बाराको वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्टअनुसार निजगढ नगरपालिकाले पुलको उत्तरतर्पm प्लट नम्बर ३ को खोला बगरबीचमा स्काभेटर लगाएर उत्खनन गर्न ठेकेदारलाई अनुमति दिइएको थियो। बकैया खोलाको उत्तरतर्फ ३ र दक्षिणतर्फ एक गरी कुल चार वटा उत्खनन प्लट रिर्पोटले निर्धारण गरेको छ। जस अनुसार प्लट नम्बर १ मा ८ लाख ४१ हजार ८७५ घनमिटर, प्लट नम्बर २ मा दुई लाख ३४ हजार ३७५ घनमिटर, प्लट नम्बर ३ मा चार लाख ९० हजार १२५ घनमिटर र प्लट नम्बर ४ मा दुई लाख १७ हजार ५०० घनमिटर नदीजन्य वस्तु उत्खनन गर्न सकिने सो रिर्पोटमा उल्लेख छ। रिपोर्टमा कुल १७ लाख ८३ हजार ८७५ घनमिटर नदीजन्य वस्तु ढुङ्गा, ग्राभेल, बालुवा उत्खनन गर्न सकिने जनाएको छ। जसमा नरकट र झाडीबाहेकका क्षेत्रसमेत भनिएको छ। पछिल्लो पटक प्लट नम्बर ३ मा १६ सय ७० मिटर लम्बाइ, ५० मिटर चौडाइ र दुई मिटर गहिराइ हुने गरी उत्खनन गर्न सकिने भनिएको थियो भने पुलको दायाबाया ५००/५०० मिटरभित्र उत्खनन गर्न निषेध गरिएको छ। खोला वस्ती र वनलाई कुनै असर नपर्ने गरी नदीजन्य वस्तु उत्खनन गर्न दिइएको निजगढ नगर प्रमुख सुरेशकुमार खनालको दाबी छ। पुलदेखि उत्तरतर्फको खोलाबगरमा स्काभेटरलगायतका मेशिन प्रयोग गरी उत्खनन गर्न नहुने भन्दै स्थानीयले विरोध गरेपछि सर्वपक्षीय छलफलपछि अनुगमन समिति गठन गरिएको थियो। अनुगमनपछि मापदण्ड बनाएर उल्खननको अनुमति दिइएको अनुगमन समितिका संयोजक नगर प्रमुख खनाले बताए। स्थानीयको विरोध वस्तीलाई संकटमा पार्ने गरी कुनै उत्खनन कार्य गर्न नहुने बकैया नागमणि सामुदायिक वन समूहका अध्यक्ष रविराज दंगाल बताउँछन्। ‘प्रत्येक वर्ष बाढीले वन क्षेत्र नोक्सान गरिरहेको छ,’ अध्यक्ष दंगालले भने, ‘नगरपालिकाले नदी नियन्त्रणतर्फ ध्यान दिनुपर्छ।’ निजगढस्थित गौरीशंकर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष केदारप्रसाद गौतमले नदी तटबन्धनलाई नै असर पार्ने गरी उत्खनन् भइरहेको बताए। मापदण्डविपरीत भएको उत्खनन् तत्काल रोक्नुपर्ने उनको माग छ। उद्योगीको दादागिरी बकैया आसपासमा सञ्चालित क्रसर उद्योगले सयौंको संख्यामा ट्रयाक्टर, टिपर सञ्चालन गरेको छ। सरकारले तीन वर्षअघि सञ्चालनमा रोक लगाए पनि हेभी इक्युपमेन्ट नदीमा खुलेआम प्रयोग हुँदै आएको छ। यहाँका क्रसर उद्योग तीन वर्षदेखि अनुमतिविना नै सञ्चालन भइरहेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को नियमावली ३४ बमोजिम आरक्ष क्षेत्रभित्र खानी खन्न, ढुंगा निकाल्न वा कुनै पनि प्राकृतिक स्रोत र सम्पदालाई खलल पुग्ने काम गर्न र गराउन नपाउने उल्लेख छ। तर, ती क्रसर उद्योगले मनोमानी ढंगले नदी खोस्रिरहेका छन्। निजगढ नगरप्रमुख सुरेश खनालले क्रसर उद्योग सञ्चालनको सम्पूर्ण कागजात पेस गर्न पत्र पठाइएको बताए। नगरपालिकाले क्रसर उद्योगको अनुगमन गरी आवश्यक कागजात माग गरिएको बताए।

मरुभूमि हुने चिन्ता चुरे पर्वत हुँदै बग्ने खोलामा भइरहेको मापदण्डविपरीत उत्खननले तराई मरुभूमि हुने सरोकारवालाको चिन्ता छ। नदीमा आउने बाढीले पुलदेखि खेतीयोग्य जमिनलाई क्षति पुर्‍याउँदै आएको छ। बाढीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया नजिकको दुधौरा पुल पटक–पटक भासिएको छ। यस्तै, अवस्था बकैया, काँट र पसाहा तथा बालगंगा, अमलेखगञ्जका २ र ३ नम्बर पुल पनि संकटमा परेका छ। पुलको ५०० मिटर वरपरबाट बालुवा, ढुंगा निकाल्न नपाइने कानुनी व्यवस्था छ। पुल छेउछाउबाट बालुवा–ढुंगा निकाल्दा र नजिकै सुकुम्बासी बस्ती बसाउँदा राजमार्गका पुलमा क्षति पुगेको छ। पुलको छेउछाउबाट बालुवा र ढुंगा निकाल्दा वर्षाको बाढीले नदीको सतह अरू खोतलेर पुलको पिलरमा क्षति पुग्दा पुल भासिएको सडक डिभिजन कार्यालय हेटौडाका प्रवक्ता जयराम अधिकारीले बताए।
Read more at: http://thahakhabar.com/news/65175

चन्दा संकलन र लुटपाट गर्न छोडिदिनु पर्ने? त्यस्तो हुँदैन : प्रधानमन्त्री

k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no l;+xb/af/df z'qmaf/ a;]sf] pBf]u –jfl0fHo k|j4{g ;Djfb kl/ifb a}7ssf] cWoIftf ub{} k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M gjLg kf}8]n, /f;;
k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no l;+xb/af/df z’qmaf/ a;]sf] pBf]u –jfl0fHo k|j4{g ;Djfb kl/ifb a}7ssf] cWoIftf ub{} k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारीमा जुट्न सरोकारवाला सबैलाई निर्देशन दिएका छन। उद्योग, वाणिज्य प्रवर्धन संवाद परिषदको शुक्रबार बसेको बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन। प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथीहरूलाई व्यवस्थित बास,सुरक्षा र अन्य प्रबन्ध मिलाउनेदेखि सम्मेलनका एजेन्डा तय गर्ने तयारीमा तीव्रताका साथ जुट्न निर्देशन दिएका हुन। परिषदका तर्फबाट सुरज वैद्यले सम्मेलनको तयारीको बारेमा बैठकलाई जानकारी गराएका थिए। नेपाल सरकारले चैत १५ र १६ गते लगानी सम्मेलन आयोजना गर्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले बैठकमा प्रधानमन्त्री ओलीले केही तत्वहरूले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने बताएका थिए। प्रधानमन्त्रीले भनेका थिए, ‘गणतन्त्र आएको छ ,संघीयता आएको छ,आवधिक चुनाव भएको छ अब के चाहिएको हो? चन्दा संकलन र लुटपाट गर्न छोडिदिनु पर्ने? त्यस्तो हुँदैन। सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न कानुन अनुसार अघि बढ्छ।‘ प्रधानमन्त्रीको यो अभिव्यक्ति प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लक्षित हो। सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि सरकारको आलोचना भइरहेको छ। राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाएको भन्दै सत्ताधारी र प्रतिपक्षी दलका कतिपय ठूला नेताहरूले नै सरकारको आलोचना गरिरहेका छन। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मुलुकका विभिन्न ठाउँमा सरकारी संरचना, टेलिफोन सेवा प्रदायक कम्पनीका संरचनामा आगजनी र बम विस्फोट तीव्र पारेपछि सरकारले उक्त पार्टीलाई प्रतिबन्धित घोषणा गरेको थियो। उक्त प्रतिबन्ध सही भएको र त्यस्ता गतिविधि गर्नेहरूप्रति सरकार अझै कडा भएर जाने प्रधानमन्त्रीले बताउँदै आएका छन। शान्तिपूर्ण राजनीतिमा आउन चाहे त्यो बाटो पनि खुला रहेको प्रधानमन्त्रीदेखि कतिपय मन्त्रीका धारणा आइरहेका छन। बैठकमा अबका दिनमा विगतका अनुभवका आधारमा सम्मेलनलाई प्रतिबद्धताका रूपमा मात्र सीमित नरही व्यवहारमै रुपान्तरण गर्न के–कस्ता कार्यक्रम बनाउन आवश्यक रहन्छ भन्नेबारेमा विस्तृत छलफल भएको सचिव ढुङ्गानाले जानकारी दिए। सार्वजनिक निजी साझेदारीको स्वरुप अर्थात् सार्वजनिक र निजी क्षेत्रबीचमा अन्तरक्रिया गर्दै मुलुकको आर्थिक विकासका क्षेत्रको पहिचान र सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले परिषद्को गठन भएको थियो। परिषदको मंसिरमा बसेको पहिलो बैठकको निर्णयअनुरुप परिषद गठन आदेश मन्त्रिपरिषद्बाट स्वीकृत भएको तथा सात विषयगत क्षेत्रले नीति पृष्ठपोषण दिनका लागि समिति गठन गर्ने गरेर अघि बढ्नु उपयुक्त हुने सुझाव पनि सो अवसरमा दिइएको थियो। सचिव ढुङ्गानाले भने, ‘आगामी लगानी सम्मेलनमा निजी क्षेत्रको सहभागितालाई कसरी प्रवद्र्धन गर्ने र सम्मेलनलाई कसरी सफल तुल्याउने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो।‘ मुलुकको आर्थिक विकासका क्षेत्र के के हुन्, अरू के हुन सक्दछन् यसमा सहभागिता कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने पाटोबाट विस्तृत छलफल भएको उक्त बैठकमा विषय विज्ञको सुझावलाई सम्बोधन गर्न नीतिगत आधार बनाएर अघि बढ्ने सहमति भएको बताइएको छ। मुलुकको पूर्वाधार, उद्योग, उच्चस्तरको कृषि उत्पादन, पर्यटन तथा ऊर्जा क्षेत्रको विकासका लागि परिषद्ले विषयगत क्षेत्र निर्धारण गरेको छ। नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले मुलुकको आर्थिक विकास र समृद्धिका लागि आगामी सम्मेलनबाट कसरी फाइदा लिन सकिन्छ भन्नेबारे विभिन्न कोणबाट छलफल भएको जानकारी दिए। उनले भने, ‘लगानीकर्तालाई यहाँको लगानी वातावरणका सम्बन्धमा कसरी बुझाएर आकर्षण गर्न सकिन्छ भन्नेबारे समीक्षा भएको बैठकमा प्रधानमन्त्रीज्यूबाट सम्मेलनलाई सफल तुल्याउन सबैको सहयोगका लागि आग्रह गर्नुभयो।‘ मुलुकमा उत्पादन बढाउन, उद्योग, व्यपार र वाणिज्य प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको परिषद विकास र समृद्धिका लागि खम्बाका रूपमा रहने विश्वास गरिएको छ । प्रधानमन्त्री मातहत रहेको उक्त परिषदले अन्तर्राष्ट्रिय व्यपार, उद्योग विकास र लगानी साथै कृषि उत्पादनमा जोड र उपभोक्ताको अधिकारको संरक्षण गर्नेजस्ता विषयमा नीति तर्जुमा, योजना र कार्यक्रम बनाउने र अनुगमन गर्ने कार्य गर्दै आएको छ। बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा पुष्पराज कँडेल, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शका पदाधिकारीलगायत निजी क्षेत्रका अरू प्रतिष्ठानका प्रतिनिधिसहभागी थिए।
Read more at: http://thahakhabar.com/news/65150

केही मिडिया र बुद्धिजीविले आँखा चिम्लेर सरकारको विरोध गरे : प्रधानमन्त्री

बुटबल : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध केही व्यक्ति र संस्था अनावश्यक रूपमा लागेको आरोप लगाएका छन। प्रदेश ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको शुक्रबार उद्घाटन कार्यक्रमा उनले सरकारले गरेका राम्रा कामको बेवास्ता गरेर विरोध मात्रै भएकोमा असन्तुष्टि जनाए। उक्त मेडिकल कलेज सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप निर्माण हुन लागेको हो। प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको बताए। उनले भने, ‘जनता सधैँ पीडामा बस्ने होइन,अब खुशी र सुखी बन्न पाउनुपर्छ। अब त्यो आत्मविश्वास लिएर अगाडि बढ्न जरुरी छ।’ प्रधानमन्त्री ओलीले सरकारले गरेको राम्रो कामको प्रचार गर्नुको साटो केही मिडियाले गलत प्रचार गरेको बताए। ‘आँखा चिम्लेर सरकारको विरोध गरिएको छ,आँखा खोल्दा जताततै विकास र समृद्धि देखिन्छ, यसमा केही मिडिया र केही बुद्धिजीवि सहभागी छन्’, उनले भने,’सिके राउतसँगको सहमतिले विखण्डनको अन्त्य भयो भनेरसमेत विरोध भयो, अरुको के कुरा।’ सरकारविरुद्ध भएका गलत प्रचार र भ्रममा नपर्न उनको अनुरोध थियो। प्रधामन्त्री ओलीले तिलोत्तमामा निर्माण हुन लागेको मेडिकल कलेज सुविधा सम्पन्न र स्तरीय सेवा प्रदान गर्ने किसिमले स्थापना गर्न जरुरी रहेको धारणा राखे। उनले भने,’रोगको निदान र उपचारका लागि अन्धविश्वास नराखी वैज्ञानिक पद्धति अपनाउनुपर्छ।’ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सरकारले ‘एक प्रदेश एक मेडिकल कलेज’को अवधारणा अगाडि सारेको बताए। उनले भने,’यो एउटा सन्तानका रुपमा तिलोत्तमाको आँगनमा निर्माण हुँदैछ,यसलाई सबैले आफ्नो सन्तानका रुपमा माया गर्नु जरुरी छ।’ महासचिव पौडेलले प्रदेशमै स्वास्थ्योपचारका क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति तयार गर्न मेडिकल कलेज महत्वपूर्ण सावित हुने बताए। तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको काम समयमै पूरा गर्नतर्फ सबैले ध्यान दिनु पर्नेमा जोड दिए।
Read more at: http://thahakhabar.com/news/65123

हाम्रो बारेमा

सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखरा, पाल्पा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मर्म र भावनालाई मुखरित गर्दै समुदायलाई सूचनाको माध्यमबाट सुसूचित गरी अग्रभागमा स्थापित गर्ने लक्ष्यका साथ स्थापित गैरनाफामुखी, जनकल्याणकारी गैरसकारी संस्था हो । सूचना प्रवाह र सामाजिक परिचालनका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्ने, सामुदायिक सशक्तीकरण गर्ने र लक्षित वर्ग दलित, जनजाति, अपाङता, ज्येष्ठ नागरिक, महिला र सीमान्तकृत समुदायको सबलीकरणमा बल पु¥याउने यसका उद्देश्यहरु हुन् । जिल्ला प्रशासन कार्यालय पाल्पामा दर्ता भएको यस संस्थाले सामुदायिक रेडियो मदनपोखरा, बोली पत्रिका र बोली दैनिक सञ्चालन गरेको छ । बोली दैनिक डिजिटल पत्रिका हो । डिजिटल पत्रिका भएकाले बोली दैनिकको पहुँच इन्टरनेटसँग जोडिएका नागरिकसँग हुन्छ । यस पत्रिका मार्फत् स्थानीय समुदायको अग्रसरता, परिवर्तनका लागि गरिएका सार्थक प्रयत्नहरु र नयाँ कुरा समाचारका रुपमा प्रकाशित÷प्रसारित हुन्छ । तथ्यमा आधारित र सत्य कुरा प्रवाह गरी सिर्जनशील र विश्वसनीय अनलाइन संस्करणका रुपमा प्रस्तुत हुने हाम्रो दृढ मान्यता रहेको छ ।

मदनपोखरामा बारीभरीको काउली नबिकेपछी फाँडेर सोत्तर

बोली । फागुन १९ – बारी बाँझो राखेमा सरकारलाई जरिवाना बुझाउनुपर्ने नितीको कुरा चलिरहेका बेला मदनपोखराका किसानले भने उत्पादित तरकारी नविकेर फाँडेका छन् ।


नेपालकै तरकारी उत्पादनको मुख्य केन्द्र भनेर चिनिने मदनपोखराका किसान रोमकान्त पाण्डेयले दुई हजार काउलीका विरुवा फाँडेर नष्ट गर्नुभयो । तानसेन ८ मदनपोखराका व्यवसायिक किसान पाण्डेयले काउली फक्रिएर धेरै ठुला भैसक्दा पनी नविकेपछी फाँड्नु परेको बताउनुभयो । “एउटै काउली तिन देखी चार किलो भैसक्दा पनी नविकेपछी फाँडिदिएँ ।” पाण्डेयले भन्नुभयो –“बारिमै मल होला भनेर फाँडिदिए, मल त किन हुन्थ्यो र चित्त बुझाउने बाटो मात्रै हो ।”


पाण्डेय जस्तै मदनपोखराका धेरै किसानको अवस्था उस्तै छ । बारीभरी फक्रिएका काउली र बन्दा छन् तर विक्रि हुँदैन । मदनपोखराकै स्थानिय बासिन्दाहरुले थोरै थोरै किनेर घरमा लग्छन्, काटेर सुकाउँछन् र पछी तरकारीको रुपमा प्रयोग गर्छन् । तानसेन ९ खर्केडाँडाका सिर्जना रुचालले एक सय रुपैंयाका दरले तिन बोरा काउली ल्याएर काटेर सुकाएको बताउनुभयो । सुकाएको काउली पछी तरकारीको रुपमा प्रयोग गर्ने रुचालले बताउनुभयो ।

तर मदनपोखराको उत्पादन यहाँको लागी पुग्ने भन्दा धेरै छ । मदनपोखरामा मात्रै दैनिक करिव ४ टन काउली उत्पादन हुन्छ । निर्यात गर्ने बजार बुटवल, तानसेन, पोखरा, नारायणगढ लगाएतका बजारमा काउली विकेको छैन ।

“बारी बाँझो राखेमा सरकारलाई जरिवाना बुझाउनुपर्ने निती सरकारले ल्याउँदै छ भन्छन्, पसिना बगाएर गरेको उत्पादनको हालत यस्तो छ ।” तानसेन ८ मदनपोखराका किसान उमेशराज घिमिरेले भन्नुभयो –“सस्तो महङ्गो जे भए पनी विके त हुन्थ्यो नी, फाँडेरै फाल्नु परेपछी त किसान के आधारले बाँच्ने ?”


तानसेन ९ तिन्टीआँपको मदनपोखरा बहुउद्देश्यिय कृषी बजार सहकारी संस्थाले भने किसानले उत्पादन गरेको काउली नगन्य मुल्यमा भएपनी विक्रि गरिरहेको छ । किसानले ४ रुपैंया किलो सम्म काउलीको मुल्य पाएका छन् । “किसानले अहिले सम्म काउली फाँड्नु परेको त छैन तर विउ, मलको पैसा समेत उठ्दैन ।” सहकारीका पुर्व अध्यक्ष पदमराज पौडेलले भन्नुभयो – “मेहेनतको त कुरै नगरौं । किसान सबै मर्कामा छन् ।”

उत्पादित काउली नबिकेर किसानले नष्ट गर्नुपर्दा समेत स्थानिय सरकार मौन बसेको व्यवसायिक किसान तोय बहादुर जिसीले बताउनुभयो । जिसीले किसानलाई राहत दिने निकायले चासो नदेखाएको भन्दै स्थानिय सरकारको महसुस गर्न नसकेको बताउनुभयो ।


तरकारी बेचेरै छोराछोरीलाई डाक्टर, ईन्जीनियर, चार्टड एकाउण्टेन्ट तथा महङ्गो खर्च लाग्ने अन्य विभिन्न प्राविधिक विषय पढाउने यहाँका किसान अहिले तरकारी नविक्दा समस्यामा परेका छन् ।

नेकपाले २० हजारको उपस्थितिमा भृकुटीमपण्डमा श्रद्धाञ्जलीसभा गर्ने

२० फागुन,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै दिवंगत भएका दुई नेताहरु भरतमोहन अधिकारी, रवीन्द्र अधिकारी र हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको सम्झनामा फागुन २३ गते भृकुटीमण्डमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने भएको छ ।

महासचिव बिष्णु पौडेलको उपस्थितिमा सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले कम्तिमा २० हजारको उपस्थितिमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय गरेको हो ।